More

Sep 212017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा वर्तमान अध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। शनिबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै उनले २०१७—२०१९ कार्यकालका लागि आफू अध्यक्षको उम्मेदवार हुने बताएका हुन्।

उम्मेदवारी घोषणा गर्न अयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमाका लागि एनआरएन वैदेशिक रोजगार आपत्कालीन कोषको रकम परिचालन गर्न सकिने जनाए।

अध्यक्ष प्रत्यासी भट्टले प्रत्येक राष्ट्रमा भएका एनआरएनए शाखा (एनसीसी) ले एउटा परियोजना निर्माण गर्ने परिकल्पना पत्रकार सामु सुनाएका थिए। ′हरेक एनसीसीका एक विशेष परियोजना परिकल्पना गरिएको छ, सामाजिक उद्यमशीलतालाई प्रवद्र्धन गरी महिला तथा युवा सहभागिता वृद्धि गरिने कार्यक्रम रहनेछ′, उनले भने। हाल गैरआवासीय नेपाली संघका विश्वभरि ७७ एनसीसीहरु रहेका छन्। ती सबैले एउटा—एउटा परियोजना सञ्चालन गर्दा गैरआवासीय नेपालीका नेपालमा ७७ परियोजना हुनेछन्।

गैरआवासीय नेपालीको सामूहिक लगानी नेपाल भित्र्याउन एवं वैदेशिक रोजगार कोषलाई अझ विस्तार गर्न आफूले जोड दिने उनको भनाइ थियो। हाल एनआरएनए वैदेशिक रोजगार कोषमा करिब दुई करोड ५० लाख रुपैयाँ रहेको छ।
वर्तमान नेतृत्वले अघि बढाएका लाप्राक नमुना बस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड तथा सामूहिक लगानीलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए।

संस्थागत संरचना परिवर्तनका लागि अध्यक्ष शेष घलेले प्रस्ताव गरेको भिजन ट्वान्टी ट्वान्टीबारे गैरआवासीय नेपाली संघमा मत विभाजनको स्थिति छ।

‘साथीहरुको विवाद सो प्रस्तावको कन्टेन्टमा हो। संस्थाको गतिशीलताका लागि भिजन आउनु सामान्य प्रक्रिया हो′, उनले भने, ‘यसलाई सकेसम्म पहल गर्छु। दुवै पक्षलाई ब्यालेन्स गर्ने ट्रिकी गेमको रुपमा मैले यसलाई प्रस्तुत गरेको छैन।′

Sep 012017
 
ब्रसेल्समा भब्यताकासाथ तीज सफल

नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिज अगस्ट २० आइतबार  बेल्जियमको ब्रसेल्स सहरमा धुमधामका साथ मनाइयो  ।नेपाल ब्रुसेल मिलन केन्द्रको आयोजनामा सम्पन्न भएको सोकार्यक्रममा ब्रुस्सेलबासी महिला दिदिबहिनी मात्रै नभएर  बेल्जियमका अन्य सहरबाट पनि राता सारी र भरिपूर्णघरगहनाले सजिएर आउने दिदिबहिनीहरुको घुइचो उतिकै थियो। साथमा  नेपालीदाजुभाइहरुको भिड पनि कम थिएन तीजका गीतमा रमाउदै नाच्दै आफुलाई सात समुन्द्र पारीको अनुभूतिलाइ धेरै हदसम्म कमाएको हसिलो अनुहारहरुमा प्रष्ट देखिन्थ्यो । नेपाल ब्रुसेल मिलन केन्द्रका अध्यक्ष यज्ञ बहादुर गुरुङको अध्यक्षता र बेनेलक्सका  कार्यबाहक महामहिम राजदुत श्री सुधिर भट्टराईको प्रमुख आतिथ्यमा सुरु भएको यस कार्यक्रममा एन. आर. यन. बेल्जियमका अध्यक्ष गंगाधरगौतम , उपाधक्ष्य पदम  गुरुङ, ब्यबसायी संघ बेल्जियमका अध्यक्ष सि पि भट्ट, लगाएत अन्य थुप्रै संघ सस्था बाट पाल्नुभएका बिशिस्ट व्यक्तिहरुको  उपस्थिति थियो  । र उद्घाटन कार्यक्रम संगसंगै  संगसंगै  २३ जुनमा नर्वेमा फुटबलमा भाग लिएर आउने खेलाडीहरुको स्वागत र धन्यवाद समारोह गर्दै उहाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो। यस कार्यक्रममा, कार्यक्रम संयोजिका संगीता कार्कीले स्वागत भाषण गर्नुभएको थियो भने संस्थापक अधक्ष्य पारश गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने एन. आर. यन. बेल्जियमका अधक्ष्य गंगाधर गौतम, कार्यबाहकमहमहिम राजदुत श्री सुधिर भट्टराई र अध्यक्ष यज्ञ बहादुर गुरुङले  छोटो मिठो मन्तब्य दिनुभएको थियो । बेल्जियम भरिका २५० भन्दा बढी महिला दिदिबहिनी र दाजुभाईको उपस्थिति भएको एस कार्यक्रममा दिउसै देखि रातीसम्मै नाथाकिकनै दिदि बहिनी नाचेर रमाइलो गरे [ थप …]

Jul 272017
 
एनआरएनसँघ बेल्जियममा भ्यागुताको धार्नी

एनआरएन सँघ बेल्जियममा भ्यागुताको धार्नी जुटाउनका लागि जोडतोडले कसरत भैरहेको छ । पछिल्लो कसरत हो काँग्रेससमर्थित जनसंपर्क समितिको सिता सापकोटाको आधिकारिक पक्ष र एमाले समर्थित प्रवासी नेपाली मंचको आधिकारिक गुटको समझदारी । र, त्यसको प्रतिरोधमा [ थप …]

Jul 042017
 
एनआरएनको युरोप बैठक फ्र्यांकफर्टमा

गैर आवासीय नेपाली संघको दशौ युरोपेली क्षेत्रीय बैठक तथा आठौ महिला सम्मेलन जुलाई २९ र ३० मा जर्मनीको फ्र्यांकफर्टमा हुँदैछ । ‘युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता’ भन्ने नाराका साथ हुने सो भेला एनआरएन भवन निर्माण सहयोगार्थ [ थप …]

Jan 312017
 
गैंडाको खागसहित कौशलटारबाट दुईजना पक्राउ

प्रहरीले गैंडाको खागसहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१५, कौशलटारबाट २ जनालाई पक्राउ गरेको छ । २ सय ५८ किलोग्राम तौल भएको गैंडाको १ थान खागसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ [ थप …]

Jan 122017
 
www.youtube.com/watch?v=7vrju5IKpQg

मधेशबादी दलहरुको माग पुरा गर्न अगाडी सारिएको संविधान संशोधन ( पाँच नम्बर प्रदेश टुक्राउनेगरी आएको विधेयक ) विरुद्ध आन्दोलन गरिरहेका अर्घाखाँचीवासीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेतामाथि आक्रोस पोखेका छन्  । सदरमुकाम सन्धीखर्कस्थित टुँडिखेलमा विहिवार आयोजित अर्घाखाँची महोत्सवमामा [ थप …]

Sep 042016
 
बागलुङमा बन्जीजम्पिङ स्थल निर्माण सुरु

सहासिक पर्यटकलाई आकर्षित गर्न बागलुङमा बन्जी जम्पिङ् पुलको निर्माण सुरु गरिएको छ । बागलुङको नारायणस्थान र पर्वतको कुश्मा बजार जोड्नेगरी पुल निर्माण गरेर बन्जी जप्प सञ्चालन गर्ने तयारी गरिएको हो । बन्जी जम्प सञ्चालनका लागि [ थप …]

Aug 052016
 
ट्रम्प राष्ट्रपति हुन अयोग्य: ओबामा

अमेरिकामा रिपब्लिकन पार्टिका राष्ट्रपतिय उम्मेदवार डोनल्ड ट्रम्प उक्त पदका लागि अयोग्य भन्दै राष्ट्रपति ओबामाले उनको चर्को आलोचना गरेका छन्। ओबामाले अझैपनि रिपब्लिकन पार्टिले ट्रम्पको उम्मेदवारी समर्थन गरिरहेकोप्रति समेत प्रश्न उठाएका छन्। विगतका रिपब्लिकन उम्मेदवार भन्दा [ थप …]

May 132016
 
एउटै सङ्गीतमा ३२१ कलाकारको स्वर

एउटै सङ्गीतमा ३२१ कलाकारले स्वर दिने भएका छन् । मुलुकमा पछिल्लोपटक बिग्रँदै गएको जलवायु परिवर्तनको संरक्षण र सम्बद्र्धनका लागि एउटै सङ्गीतमा ३२१ जना कलाकारले चेतनामूलक जानकारी दिन लागेका हुन् । कलाकार निपेश ढाकाको अग्रसरतामा आगामी [ थप …]

May 132016
 
पाथीभरामा पर्यटक बढे

पूर्वको धार्मिक शक्तिपिठ तथा पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न यो वर्ष सबैभन्दा धेरै धार्मिक पर्यटक आएका छन् । गर्त वर्षको भूकम्पले थिलथिलो बनेको पूर्वी पहाडको पर्यटन क्षेत्र पाथीभरा मन्दिरको दर्शनका लागि आउने धार्मिक [ थप …]

Apr 192016
 
कोहिनुर हिरा कसको ?

विगत लामो समयदेखि भारत तथा बेलायतबीच कोहिनुर हिराका स्वामित्वको विवाद रहँदै आएको छ । यसै सन्दर्भमा भारतको केन्द्रीय सरकारले अदालतमा पेश गरेको एक जवाफले निकै चर्चा पाएको छ । अदालतलाई दिइएको जवाफमा केन्द्र सरकारले भारतले [ थप …]

Apr 192016
 

संसार हल्लाएको पानामा पेपर्ससँग नेपालको सन्दर्भ जोडिएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । सो प्रकरणमा नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारीसमेत जोडिएको हुनसक्ने देखिएपछि आयोगले चासो देखाएको हो । आयोगका प्रवक्ता [ थप …]

Mar 122016
 

नेवार पत्रकार राष्ट्रिय मञ्च नेवाः पत्रकार राष्ट्रिय दबूको दोस्रो काठमाडौँ जिल्ला अधिवेशनले नातिकाजी महर्जनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रेखा शाक्य, रत्न महर्जन र विराज राजोपाध्याय, सचिवमा प्रजित शाक्य, [ थप …]

Feb 242016
 

देशभर सञ्चालित घरेलु तथा साना उद्योगबीच भएको प्रतिस्पर्धामा म्याग्दीको हातेकागज उद्योग प्रथम भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको घरेलु तथा साना उद्योग विकास विभागले काठमाडौँमा गरेको प्रदर्शनीमा राम्चे गाविस–२ नांगीमा रहेको हिमाञ्चल हातेकागज उद्योगले प्रथम स्थान [ थप …]

Feb 242016
 
प्रचण्डकी बुहारीको एमाओबदी बैठकमा बिलौना

‘न मेरो विवाह दर्ता छ, न त छोराको जन्म दर्ता । लौ, मेरो डिएनए परीक्षण गरिदिनुस् । प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर चिनाउने मसँग के छ आधार ।’ माघ १० र ११ गते [ थप …]