प्रमुख समाचार

Nov 232017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

– पंचम अधिकारी

मुलुकमा चुनावको हावा लागेको छ र मेरो भाइ भने ‘राइट टु रिजेक्ट’ मागिरहेको छ । ऊ भन्छ- ‘नत्र भोट हाल्न बुथमा पनि जान्न ।’

‘चुनावमा भोट नहालेर के गर्छस् त ?’ मैले सोधेँ ।

‘केही गतिलो काम’, उसले भन्यो । ‘जस्तो कि, घरमा बसेर गीत सुने भो वा हजुरआमाको कपाल रंगाइदिए भो । केही उपती त हुन्छ । भोट हालेर के हुन्छ !’

उसको तर्क आफ्नो ठाउँमा नराम्रो होइन । तर, आवधिक निर्वाचन भनेको लोकतन्त्रको इन्जिन हो । उसो त निर्वाचनको महत्त्व बारेमा एक ठेली किताब नै लेख्न सकिन्छ । तर, यहाँ उसलाई दुई मिनेटमा कुरा बुझाउनुपर्ने थियो । मैले केही भन्न खोजेँ तर शब्दहरू भित्रभित्रै गाँठो परेजस्तो भयो ।

मान्छेहरू भन्छन् पैसाले खुसी किन्न सक्तैन । तर, नेपालमा पैसाले भोट चाहीँ किन्न सक्छ । माओवादी नेता गोपाल किरातीले भने- ‘मैले दुइटा किड्नी बेचे पनि एक करोड आउँदैन । त्यति नभए चुनाव जितिँदैन । त्यसैले मैले लड्न चाहिन ।’

उनले मसला थपेर भनेका हुनन् त ? सायद नहोला । नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइरालाले भने- ‘मैले मागेको भए टिकट त पाउँथे, तर चुनाव जित्ने पैसा मसँग छैन ।’

पीडादायी कुरा, हैन त ?

हो । हाय नियति !

तर, जे भए पनि चुनाव हाम्रै अगाडि छ र कुरा गरौं – हुनेवाला चुनावकै ।

अब, भोटकै पनि आफ्नै मर्म छ । ठमेलमा जति आतंक मच्चाए पनि मनाङमा दीपक मनाङेले धेरै मान्छे आफ्ना बनाएका छन् रे ! एक ठाउँमा लुटेर अर्को ठाउँमा त्यही लुटको एक अंशले ‘समाज सेवा’ गरेर चुनाव जित्न खोज्ने नौटंकी नर्तक धेरै छन् यसपटक । तर, अहिले यहाँ चर्चा गर्न खोजेको उमेदवारको होइन, भोटरको हो ।

भोटर पनि आफ्नै प्रकार छन् । नाकको प्रकार हेरेर भोट हाल्ने छन् यहाँ । त्यो लठ्ठक र तपाईं खग्गु बुद्धिजीवीको भोट गणना हुने त बराबरै हो । लोकतन्त्रको जति बखान गरे पनि असलियत त्यही हो ।

तर, तर्क चाहिँ के पनि गर्न सकिन्छ भने समाज वा देशमा विविधतामा एकता हुन्छ । त्यसैले समाजका विविध अंगहरू, जस्तै – समाजसेवी, कर्मचारी, प्रहरी, गुन्डा, डाक्टर, ठेकेदारको प्रतिनिधित्व हुने गरी संसद्को संरचना बन्नु समावेशी राजनीतिको झलक हो । जाबो चटनी त तरह तरहका हुन्छन् – टमाटरको चटनी, पुदिनाको चटनी, निबुआको चटनी, अमलाको चटनी, धनियाको चटनी, अरू तपाईं नै थप्नुस् । भनेपछि, थरीथरी स्वादका (वा पेसाका भनौ) राजनीतिककर्मी हुनु जायजमात्र होइन आवश्यक पनि हो । अनि थरीथरी रंगका राजनीतिक पार्टी बन्नु पनि उत्तिकै स्वाभाविक हो । बरू, यो कम्युनिस्ट गठबन्धन र लोकतान्त्रिक गठबन्धन भनेर दुईटा कित्तामा सीमित गर्नु चाहिँ लोकतन्त्र कमजोर बनाउने काम हो भन्न सकिन्छ । त्यसरी एमाले र माओवादीलाई एउटै नाम ‘वाम’ दिने हो भने नेताको नाम पनि एकैथरी हुनुपर्र्थ्यो। वामप्रसाद ओली, वामकमल दाहाल ‘वामचण्ड’, वामकुमार नेपाल, वामबहादुर थापा होस् भन्ने आवाज उठ्न सक्छ । त्यस्तै अर्को कित्ताका नेता लोकबहादुर देउवा, लोकचन्द्र पौडेल, लोकशमशेर राणा, डा. लोकराम भट्टराई भनिनेछन् । कति निरस !

अरू जेजे भए पनि भोट हाल्नु चाहीँ लोकतन्त्रको अपरिहार्य तत्त्व हो र मैले मेरो भाइलाई यसबारे कन्भिन्स गर्नु छ । हेर भाइ ! राजनीतिकर्मीहरूलाई तिम्रो भोटको आवश्यकता छ । तिम्रो भोटबिना उनीहरूले माखो मार्न पाउँदैनन् । तिमीले भोट दिएर जिताएपछि मात्र राजदूत, जीएम, प्रहरी प्रमुख, जासुस प्रमुख, भन्सार प्रमुखको नियुक्ति र सरुवाबढुवाको ठेक्कापट्टा हात लाग्छ । त्यो वैधता दिन पनि तिमीले भोट हाल्नुपर्छ ।

भाइको तर्क छ- ‘मैले भोट नहाले पनि अरू त छन् । म चाहिँ आत्मसम्मानका निम्ति भोट हाल्दिन । हाल्नै परे ‘भोट टु रिजेक्ट’ छान्न पाउनु पर्छ ।’

अब यो अरूलाई रिजेक्ट गर्ने भनेको अरू सबै बेठीक, मै ठीक भनेको न हो । अथवा भनौ, आफैँलाई भोट हालेजस्तै हो । हुन त हो, आफैँलाई भोट हाल्दा कम्तीमा पछुतो मान्नुपर्दैन, खेर गयो भनेर निराश भइँदैन । चित्त नबुझे आफैसँग गनगन गर्न पाइयो ।

तर भाइ, अहिले तिमीलाई आफैसँग गनगन गर्ने अधिकार पनि छैन । विनाअधिकारको अधिकार भनेकै मतदानको अधिकार हो । अठार वर्ष पुगेर तिमीले यो नैसर्गिक अधिकार पाएका हौ । (मतलब छैन- बुद्धिमानी होऊ की मूर्ख !) तिमीले नाटक भन वा नौटङ्की, एकथोक गर्नै पर्छ । तिमीले गधा छान वा डङ्की, एउटा छान्नै पर्छ । रूख छान, सूर्य छान वा हँसियाहथौडा छाप- एउटा त छान्नै पर्छ ।

यो छान्ने कुराको प्रसंग आउँदा मलाई बहिनीको याद आउँछ । बाउआमाले एकदिन बहिनीसँग भनेका थिए- ‘तँलाई मन लागेको केटा छान् ।’

मेरी बहिनी साह्रै खुसी थिई त्यो दिन । उसले शब्दमा केही भन्नै परेन, उसको अनुहारको चमकले त्यो बताइरहेको थियो । परम्परागत परिवारमा हुर्केकी मेरी बहिनीलाई बाउआमाले दिएको त्यो स्वतन्त्रता उसका निम्ति क्रान्तिकारी छलाङ थियो ।

त्यही मेसोमा बाउआमाले बिहेबारे पालैपालो केही सुझावहरू पस्के, बहिनीसँग :

बिहे आफ्नै जातकोसँग गर् ।

आफ्नो समुदायभन्दा टाढा नजा ।

आफ्नोभन्दा कमजोर आर्थिक हैसियत नहोस् ।

आफूभन्दा कम पढेको नहोस् ।

उसको परिवारिक इज्जत हाम्रोभन्दा कम नहोस् ।

बाबुआमाका केही सर्त थिए तर आफ्नो भविष्य आफै छान्न पाएँ भनेर फुरफुर थिई बहिनी ।

तर, बैशाख बित्यो र बित्यो मंसिर पनि । अर्को बैशाख आयो । मेरी बहिनीले बिहेयोग्य केटो देखाउन सकिन । ‘आफैँ छान्छेस की हामीले हेर्नुपर्छ ?’ एकदिन आमाले भन्नुभयो ।

त्यसपछि मेरी बहिनी आत्तिन थाली । उसलाई मनपर्ने केटाहरू नभएका होइनन्, थिए । तर, बाबुआमाले दिएको क्याटगोरीभित्र पर्ने कोही थिएन । अनि बल्ल उसले पत्तो पाई उसको छनोटको सीमितता पहिल्यै निर्धारित थियो । अझ खासमा भन्दा कस्तो खाले केटासँग बिहे गर्नुपर्छ भनेर बाउआमाले छानिसकेका थिए । बहिनीलाई सिर्फ मन खेलाउने ठाउँ दिएका थिए । जति मन खेलाएर मच्चिए पनि ऊ थच्चिने ठाउँ त्यही थियो ।

मेरो भाइ भने बहिनीजस्तो सोझो छैन, त्यति सजिलै फकिइहाल्ने । अर्काको चालमा फँस्छु कि भनेर उसले भोट हाल्दिन भनेको छ र हाल्नै परे ‘भोट टु रिजेक्ट’ मागेको छ । उसलाई राम्ररी थाहा छ यो देशमा भोट हाल्नेले होइन गन्नेले जित्छ । तर, कुरो कसले जित्छ भन्ने पनि होइन, लोकतन्त्रको लोकलाज बचाउने हो । यो लोकतन्त्र बचाउन भोट हाल्नैपर्छ र म गम्दैछु, यो ठिटोलाई भोट हाल्न कसरी फकाउने !

Nov 192017
 
अलि बाबा अर्बपति

सन् १९९९ मा १७ जना साथीहरूसँग मिलेर ज्याक माले ई–कमर्स वेबसाइट अलिबाबा सुरु गरेका थिए । यो कम्पनी खोल्न आवश्यक ६० हजार डलर उनले आफ्ना ८० जना साथीसँग ऋण खोजेर जुटाएका थिए । अहिले ज्याक [ थप …]

Oct 162017
 
एनआरएन संघ अध्यक्षमा भवन भट्ट निर्वाचित

गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । अध्यक्षमा भट्टको प्रतिस्पर्धी जमुना गुरुङ घले  थिइन् । २००३ स्थापना भएको एनआरएनएको निर्वाचनमा पहिलो पटक प्यानलगत आधारमा चुनाव भएको हो । निर्वाचित हुनेमा सचिवमा [ थप …]

Aug 212017
 
बार्सिलोना घटनापछि ब्रसेल्समा विशेष सावधानी

ब्रसेल्सको सपिङ स्ट्रिट ‘सिटी टु’ एरियामा विशेष खालको अवरोध पोस्ट राखिने भएको छ । बार्सिलोनाको राम्ब्लासमा भएको आतंककारी घटनापछि सो निर्णय लिइएको हो । ‘सिटी टु’ एरियाका ब्यापारीहरू बार्सिलोनाको जस्तो घटना दोहोरिने हो की भनी चिन्तित [ थप …]

Jul 272017
 
एनआरएन संघको अध्यक्षलाई अनुशासन समितिमा उजुरी, महासचिवलाई कार्यवाहीको माग

चुनावको मुखमा एनआरएन संघको विवाद: गैरआवासीय नेपाली (एनआरएन) संघको विश्व सम्मेलनको पूर्वसन्ध्यामा एनआरएन संघ अमेरिकामा ह्वारह्वार्ती फैलिएको विवादले केन्द्रीय नेतृत्वलाई नराम्ररी फँसाएको छ । यो विवादमा केन्द्रीय अध्यक्ष र महासचिव राम्रैसँग टकराएपछि विश्वभरका एनआरएनकर्मीहरूमा पक्ष-विपक्षमा ध्रुविकरण [ थप …]

Jul 262017
 
पोर्चुगलमा नेपाली ठगहरूको बिगबिगी

उत्तरी र पश्चिमी युरोपमा अध्यागमन कानूनहरू कडा हुँदै गएपछि नेपालीहरूको आकर्षण दक्षिणी युरोपेली देश पोर्चुगल बनेको छ । युरोपियन युनियनको सदस्य राष्ट्र पोर्तुगल अध्यागमन कानूनमैत्री देश मानिन्छ । त्यसैले युरोपभरि कागजी समस्या भएका नेपालीहरू यहाँ [ थप …]

Jul 132017
 
एनआरएन संघको चक्रव्यूह

गैरआवासिय नेपाली (एनआरएन) सँघमा अहिले चुनाव लागेको छ । र चुनावले तात्तिएका र रापिएकाहरू केही नारा उरालिरहेका छन् । सबैभन्दा चर्चित नारा बनेको छ- एनआरएन सँघलाई धनी होइन प्रवासीको संस्था बनाउँ, ब्यापारीको होइन गरिखानेको संस्था [ थप …]

Jul 072017
 
सिक्किममा स्वतन्त्रताको आगो सल्काउने वैकल्पिक चिनियाँ कुटनीति

कुटनीतिमा एक देशको कमजोरीलाई समातेर अर्को देशले त्यो संवेदनासँग जिस्किने र त्यसबाट फाइदा लिने प्रयाश गरेका अनेकन उदाहरण पाइन्छन् । नेपाल कै सन्दर्भमा पनि भारतले मधेशीहरूको एक टुकुडीलाई समातेर यस्तै खेल खेलीरहेको जगजाहेर छ । [ थप …]

Jul 042017
 
मेस्सीको विवाहको भव्य तयारी

अर्जेन्टिनाका चर्चित फुटबल स्टार लियोनल मेस्सीको वैवाहिक समारोहको लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने गरेका मेस्सीको विवाहको खबरले उनका समर्थक तथा विश्वभरका फुटबल समर्थकहरुले बिशेष चासोको रुपमा [ थप …]

Jul 042017
 
जर्मनी कन्फेडेरेसन कप च्याम्पियन

जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा चिलीलाई १–० गोलअन्तरले पराजित गर्दै विश्व विजेता जर्मनी च्याम्पियन बनेको हो। जर्मनीको जितमा २०औँ मिनेटमा लर्स स्टेन्डलले गरेको गोल नै निर्णयक बन्यो। समूह [ थप …]

Mar 232017
 
राजनीतिमा मौलाएको ठेक्कापट्टा र गुण्डागर्दी हट्नु पर्छ: नारायणकाजी श्रेष्ठ (भिडियो अन्तरवार्ता)
www.youtube.com/watch?v=-ks4CQy-yL4&t=207s

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दलहरुले ठेक्कापट्टा र कमाइ धन्दाको पेशा राजनीति बनाएकाले नै नेपालको आज यस्तो अबस्था भएको बताएका छन्। माओवादी केन्द्रका अन्तराष्ट्रिय ब्युरो प्रमुख समेत रहेका नेता श्रेष्ठले युरोप भ्रमणको क्रममा एक अन्तरबार्ताको [ थप …]

Mar 202017
 
साउदीमा गैरकानुनी आप्रवासी कामदारलाई तीन महिने आममाफी

गैरकानुनी रुपमा साउदी अरबमा रहेका आप्रवासी कामदारलाई त्यहाँको सरकारले ३ महिना अर्थात ९० दिने आममाफी दिने घोषणा गरेको छ । साउदीका राजकुमार, उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघन बिनाको देश’ अभियान सुरु गर्दै आगामी [ थप …]

Mar 072017
 
निम्न आय हुनेले बेल्जियममा पाउँछन शैक्षिक भत्ता

बेल्जियम सरकार द्वारा पढाइमा थप आर्थिक सहयोग (के हो Studietoelagen ?) बेल्जियममा फ्लेमिस सरकारले, निम्न आम्दानी भएका परिवारहरुलाई पठन पाठनमा बाधा नहोस भनेर थप सुबिधा स्वरुप दिने आर्थिक सहयोगलाइ Studietoelagen भनिन्छ  । यो सुबिधा भाषाका पाठशाला र उच्चबिधालयहरुमा [ थप …]

Feb 252017
 
सशस्त्र समूह र विप्लव माओवादी नै चुनावमा सुरक्षा खतरा

आगामी स्थानीय तहको निर्वाचनमा तराई मधेसका सशस्त्र समूह, सीके राउत, मधेसी मोर्चाको आन्दोलन र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि सुरक्षाका लागि ‘थ्रेट’ रहेको सुरक्षा अधिकारीले बताएका छन् । निर्वाचन आयोगले निर्वाचन सुरक्षाबारे चारवटै [ थप …]

Feb 242017
 
इतिहासका पाठहरु सिक्नको लागि हुन, बेच्नका लागि होइनन्

– माधव सापकोटा  जनसंपर्क समितिको चुनाव नजिकिंदै गर्दा दिदी र भाई चुनाव लड्ने साइत जुरेको छ, बेल्जियममा । भाईले ढिपी झिक्यो छाडि दिउँ न त भनेर दिदीले ठुलो मन बनाए पनि हुनेथ्यो ! मैले दिदीको [ थप …]