पुस्तक

Mar 122015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

पुस्तक समिक्षा

अनेसासको अनुसार युरोपेली नेपाली डायस्पोरा र उनको बारेमा म पछि कुरा गर्छु । ऐले तत्काल हुलाकीले दिएको यो दीपेन्द्र के.सी.को कृतिकै समीक्षामा पस्न मनलागिहाल्यो । नर्थ सि को किनारबाट कविता सङ्ग्रहलाई उत्तर अमेरिकाको ईस्टकोस्टबाट हेर्दा धन्यवाद दिन मन लाग्यो कविलाई । प्रथम दर्शन नै अन्तिमको परिणाम हो । पुस्तकको सुरुमा नै दीपेन्द्र केसीका केही शब्दहरुमा प्रथम अनुच्छेद पढ्दासाथ डायस्पोरामा पाइने अविज्ञ धेरै लेखक कवि मध्येका दीपक होइनन् भन्ने छर्लङ्ग थाहा भयो । अनि पछि फर्काएर परिचय हेरें कविता संग्रहको कृति प्रथम भए पनि कवि दीपक के.सी. को ‘धौलाश्री’ साप्ताहिकको सम्पादक भएको अनुभवले अझ प्रमाणित गर्यो कि कच्चा खेलाडी होइन रहेछन् । उनको आफ्नो लेखकीय नै गहिरो भूमिका लाग्यो।

Dipendra KCअरु कसैको भूमिका प्रशस्ति खोज्न नचाहने रहेछन् आफ्नो बुद्धिवर्कतमा विश्वास गर्ने कविको पुस्तक रहेछ भन्ने निष्कर्ष निक्लियो । ‘नर्थ सि को किनारबाट’ यो कविता संग्रह हो । यसका लेखक दीपेनद्र के.सी. (वि.सं.२०३२) हो । यसको प्रकाशन अनेसास बेल्जियम च्याप्टरले वि.सं. २०७० को विजयादशमीको दिन पारेर प्रकाशित गरेको हो । यसमा ३० वटा मोती जस्ता साना तर चम्किला कविता छन् । लुभेन, बेल्जियममा बस्छन् । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुनुले राजाको विस्थापन मात्र गरेन नेपाली राजनीति र अर्थतन्त्रमा नयाँ मूल्य स्थापना र तिनलाई संस्थागत गर्नुपर्ने समस्या तेस्र्यायो जुन आजसम्म भएको छैन।

देशको मूल कानून नै बन्न सकेको छैन । अर्थ व्यवस्थामा कुनै सुधार नभएको र शान्ति सुरक्षाको अभावले नेपालीहरु समुद्रपार लाग्ने गतिमा तीब्र चाप आएको हुँदा देश भित्र र बाहिर दुवैतिर नेपालीहरु आफ्नो अस्तित्व हीनता बोधले संघर्षमा उत्रनु परेकै छ । एन आर एनका मागहरु अपुरा द्वैध नागरिकता न्यूनता आदि कारणले मान्छे महद्बाट इषद् हुन गै रहेको अनुभूति भै रहेको आप्रवासीको दुःखद क्षणमा यी कविता लेखिएर छापिएका छन् । यो अवस्थालाई सुनियोजत तरिकाले समायोन गर्न सके नेपाली विश्वग्राममा व्यवस्थित तरिकाले अझ विकसित हुनसक्ने सम्भावनाहरुलाई पनि यसले सङ्केत गरेको छ।

वस्तु पक्ष :
१. डायस्पोरिक भोगाइ इच्छित भूमि
आप्रवासको भोगाइको अभिव्यक्ति कृतिका करिब सबै कवितामा पाइन्छ । ‘शुभ कामना जवानीको शहरलाई’ कविताले नेपालीहरुको धेरै नै बसोबास भएको मध्य बेल्जियमको यौटा शहर लुभेनका परिवेश चित्रणमा उनी डुबेका छन् र कविको हुनु लुभेनमा छ र त्यहाँको एक्लोपनको भोगाई त्यहीको यौटा बगैंचामा अडेस लाएर कहिले सोच्छ कहिले कल्पन्छ अतीत सम्झदै त्यो शहरलाई पुरा जवानी दिएको अचम्मको अनुभूति गरेको कुरा यो कविता सङ्ग्रहले स्थापित गरेको छ।

नयाँ थलो भनौं इच्छित भूमिमा बसेर पनि कति कुरा गुम्ने त्रास हुन्छ, गुम्छ त्यो पीडा असहय हुन्छ । एक पटकको नेपाली सदाको नेपाली हुन चाहन्छ उता नेपालमा भने यताको पीडा कति हुन् कति ? यसको ज्वलन्त उदाहरण हो कविता “नयाँ राष्ट्रियताको शहरमा”। कवि दीपेन्द्र के.सी.लेख्छन् किन हो हर एक दिन फेरिएका राष्ट्रियतासँगै एक फेर जन्मन्छु र एक फेर मर्छु म। नयाँ परिचयमा जारी जन्म र मृत्यु आधा बाँचेर मरेको छु र आधा मरेर बाँचेको छु (पृ. ५७) । आप्रवासी हुन कति पीडादायी हुन्छ त्यो मृत्युसित दाँजिएको छ र त्यो आफ्नो राष्ट्रबाट मृत्यु बराबरको अनुभूति हुन्छ।

नयाँ राष्ट्रियता शहरमा धेरै जङ्ग बहादुर उभिएका छन् तिनको अगाडि २+२ पाँच भन भने पाँच नै भन्नु पर्छ यो पीडा पुरानो तानाशाहको दबाबमा बस्नु भन्दा कता कता यो अल्प संख्यक सीमान्तकृत भएर अर्काको धम्की पनि सहेर बस्नुपर्ने आजको स्वेच्छाले वरण गरिएको विवशता पीडादायी हुन्छ । यसमा मान्छे अझ बढी अवमाननाको शिकार हुन्छ । मुद्दा हाल्न पनि मिल्दैन तर सजायका कोर्रा आपैmलेखानु पर्छ।

dp-kc north sea२. मूल स्थान नेपाल राष्ट्रको भक्ति
नेपालको समसामयिक राजनैतिक आर्थिक र सीमानाका कुराले कविलाई पोल्छ । डायस्पोराको कविता मात्र हैन कवि स्वयम्मा कवि डायस्पेरिक चिन्तन छ त्यसको आँकडा लिइन्छ । त्यसैले यो ‘चाबी उतै छ’ कविता कवि बेल्जियममा बसेर पनि नेपालीकोे चित्तको परिणाम हो । त्यहाँको अशान्ति, बेकारी, सिमाना थिचोमिचो हुँदा पार्टीका नेताहरु केही गर्न सक्दैनन् यो न सक्नुको पछाडि भारत प्रति समर्पणवादी प्रवृत्तिको रोल छ।

त्यसलाई उनी चाबी भन्छन् भारतले चाहे नेपाललाई जे पनि गरेको इतिहास छ यसबाट होशियार भएर कुनै पनि नेता अगाडि बढ्न सकेनन् । यही दुःखको कुरोलाई यी आप्रवासी कविले उठाएका छन् । परम्परागत रुपमा दक्षिणी उपनिवेशवादी देश भारतको विरोध र राष्ट्रवादको सुरक्षा र स्वाभिमानको सम्बर्धनमा यो कृतिले जोड दिएको छ (पृ.३१) । ‘बाँकी प्रश्न’ कविता अर्को उदाहरण हो । रहस्यपूर्ण तरिकाले राष्ट्रियताको विवृति दिएको छ।

३. अभिघात
अभिघात पुरानो पूर्वीय समालोचनाले करुण रसको कुरा गथ्र्यो पश्चिमले त्रासदीको त्यस्तै कुरा डायस्पोरा समालोचनाले अभिघातको नामबाट विवेचना गर्छ यद्यपि यौटै कुरा हैन तापनि दुवैको बस्तु चाहि पीडा नै हो, एकाकी, विच्छेद तद्जन्य पीडा नै हो । ‘आप्रवासी भीष्म’ कविता यसको उत्तम उदाहरण हो । भीष्म प्रतीक्षा गरेर परिवार र राष्ट्र समेतलाई उत्थान गर्ने लक्ष्य लिएर अगाडि बढेको नेपाली आप्रवासी भएको हो तर आप्रवासीले हार्नु नै परेको छ । लेख्छन् :

मैले अपिल गर्ने – कुनै अदालत नै छैन
संघर्षरत छ आप्रवासी तर परिवेश अवरोध बनेर सुख शान्ति र प्रगतिमा वाधा दिइरहेछ यही त विडम्बना हो । कविता लेख्छन् :
मलाई लगभग ढालिसकेका छौ
अगाडि उभ्याएर
“आप्रवासी” शिखण्डीलाई ।
आप्रवासी भीष्म
अभिघातको यो भन्दा अर्को के पीडा हुन सक्छ । आपूmले रोजेको डायस्पोरामा आफ्नै शिखण्डी उभिएको देखेर पनि जीवनको समराङ्गणमा भीष्म बनेर उभिनु परेको छ।

४. अतीत मोह –

एक पृष्ट कथा’ कवितामा यो रोदीको घन्काइमा अतीत मोह स्मृतिमा आएको छ । जस्तै:
विछोडको रात देउरालीमा
दुवैले रुमाल आँसुले भिजाएकै हो
आँखाभरि ती दृश्यहरु
कोपरी रहन्छन्
टर्चलाइटको फोकस झैं

एक पृष्ट कथा – यो कविता परदेश बेल्जियममा लेखिएकोले परिवेश बेल्जियम आउनु पथ्र्यो तर बेल्जियममा भन्दा बढी अतीत मोहले (नोस्टाल्जियमले गर्दा नेपाल कै ढुङ्गेधारा आउँछ । यस सन्दर्भमा यो कविताको डायरी, कथा, प्रवासी यी सबै पर्यायवाची शब्द हुन् । कविताका आप्रवासी पीडाको अवचेतनामा भएको वासले पुरानो कलाको हर एक वस्तु अतीतको स्मृति बनेर बेल्जियममा आएका छन्।

५ं स्वप्न, संचेतनाको प्रयोग
आप्रवासमा आउँदा लाएको ऋण तिर्न लामो अवधि काम गरी थकित भएको सुषुप्तावस्थाको आप्रवासी स्वप्न देख्छ ऋण नै तिरेको छैन कसरी घरको मरमत हुने ? उसको घरको चौकोस भत्केको नै छ । सपना त लालीगुराँस कै थियो र छ तर मरुभूमिमा जीवन बिताउनु परेको छ । यो वस्तुका नमुना हो कविता ‘एक पृष्ट कथा’।

६. समसामयिक चेत
नर्थ सि को किनारबाट’ कविता सङ्ग्रहले नेपालको आजको राजनैतिक सङ्क्रमणको चित्रण र विश्वका विभिन्न कुनाका कुरा समेटेर कविता दिएको छ । यौटा नमुना कविता हो ‘निर्णय हुन बाँकी छ’ । सम्विधान बन्न न सकेको चिन्ताको सजीव चित्रण गरिएको छ यसमा । विद्रोही छ कविता । आज भारत र चीनको निर्देशन आएको छैन, आकाशवाणी कसैको नभएकोले नेताहरुले सहमति गर्न सकेका छैनन् र सम्बिधान बन्न सकेको छैन भन्दै कविताले व्यङ्ग्य गर्दछ । भत्किएको जगलाई र नेताहरुको दिवालियापनको पर्दाफास गर्छन्।

“अझै बेला भएको छैन र ?” कवितामा कवि दीपकको मूल भूमि नेपाल प्रतिको प्रेम महानतम वस्तुको रुपमा बेल्जियममा देखिएको छ । एक पत्रकार पनि धेरै भावुक भएर कविता लेख्न सक्छन् भन्ने मैले सोचेको थिइन । कवितामा डायस्पोराबाट नागराफल्स जस्तै धाराप्रवाह राष्ट्र प्रेमको गाथा देखिएको छ । यसै कारणले त कविता सङ्ग्रह समसामयिक चेतको प्रखर उदाहरण हुन सकेको छ।

कला पक्ष
रुपक बिम्ब :
दुई वर्ष पुग्न आँटि सक्यो
युरोको शिकारी जङ्गल पसेको

यूरो, डलर, पौण्ड र जिन्दगी – विश्व बजारमा द्रव्य आर्जन गर्न निक्लेको बिम्ब हो शिकारी, ‘जङ्गल’ यो जङ्गलले शहरलाई उज्यालोको विपर्याश बिम्ब दिएको छ एकातिर भने अर्कोतिर यसले विदेशी भूमिमा पैसा कमाउन पस्ने अवैध र भूमिगत नेपालीहरुको लागि डि.सी., लन्डन, पेरिस र ब्रसेल्स सिटी हैनन् जङ्गल हुन् किन कि ती नेपालीलाई त्यहाँ सिभिक अधिकार केही हुन्न न उनीहरुको त्यहाँ रैथाने घर नै हुन्छ । यो बिम्ब मात्र नभएर यथार्थ पनि हो । यो शिकारीको महत्वाकाँक्षा र सपना कति महान छ कि उसले खतरनाक जङ्गल घुमिसक्यो तर लक्ष्यको भेद भएको छैन बरु उसैलाई अरुले शिकार गरेको पाउँछ, पशु बाघ हैन मान्छे शिकारीको अनुभव गर्छ त्यति हैन उसलाई लाग्छ उसको पहिचान नेपाली हो त्यसको प्रमाण उसका टपरी, सालको पात र छोरा छोरी भेट्न यो दश वर्ष पछिको जङ्गल बास पछि फर्कने इच्छा । आज विश्व बजारमा पैलिएको प्रतिनिधि हो नायक हो उनीहरुको प्रतीक हो । उनीहरुको आत्म कहानी हो यो कविता भएर पनि आख्यान हो प्रवासी नेपालीको। कविता ‘तटमा पोखिएको प्रेम’ कवि प्रेमको परिभाषा खोजिरहेछन् उत्तरी सामुद्रिक किनारको बालुवामा । आप्रवासमा नेपाली जिन्दगी कति रुखो छ त्यसको लागि यो बिम्ब कति गहन छ।

यी तटमा
जहाँ एक हुल प्रेमी
खोजिरहेछन् एउटा परिभाषा प्रेमको
नुनीला आँसु घोप्टिएको
बालुवामा ।

यो कति वृहद् बिम्बले बनेको छ कि आजको डायस्पोरामा प्रेमका आँसुको झोल जति पोखे पनि हराउँछ। केही मोल छैन । कस्तो पीडा हो ! असह्य त्यस्तै बिम्बको हैसियतमा ‘नयाँ वर्षको शुभकामना’ कवितामा आशाका घरहरु, रहरका आँगनहरु, कल्पनाका बासी मन्जिलहरु, प्रसाद गुण युक्त आलङ्कारिक शब्द शय्याले कति भावाद्रेक बनाउने अनुभूतिको पूञ्ज छ यहाँ। वसन्त ऋतुमा सुख र शान्तिको बिम्ब उतारेका छन्। यो कविताले सौन्दर्यको अमोध वरदान पाएको छ। नयाँ वर्षको शुभकामना, नवप्रतिभाको कृतिहरुको अग्रपंक्तिमा रेखाङ्कित हुने यो काव्य कसरी किन विद्वत्वर्ग र कला प्रेमीबाट लुकेको छ ! आश्चर्य छ।

अरु कवितामा करुणाद्रताले सौन्दर्य सिर्जना गरेको छ भने यो कवितामा वासन्तिक श्रृङ्गारले सौन्दर्य भरिएको छ । ‘तीन टुक्राहरु’ कविताको पहिलो टुक्राले प्रदर्शित गरेको बिम्ब, प्रकृति बिम्ब, जीवन जगत र रुपक अलङ्कार बिम्ब र रातलाई मानवीकरण गरिएको छ । ‘तिमी प्रति’ कवितामा प्रयोग भएका ‘पसिनाका तेल हालेर, आकाँक्षालाई खोपामा राखेर, परेलीका बलेसीहरु’, यस्ता बिम्बात्मक शब्दशय्याले कृतिका कविताहरु सिंगारिएका छन् । कुँदिएका शब्दले दिवार चिनिएका छन् । पीडामा मलहम लगाइएका छन्।
सौन्दर्य कविताका अन्तिम हरफहरु हुन् यी –
दुई थोपा आँसु साँच्ने छु
फूल झैँ झर्दाको दिन
तिम्रो सौन्दर्य
मेरो शहरमा

सौन्दर्यलाई हाँक दिने यो कविता सौन्दर्यलाई लानत दिने छ कि घृणा गर्ने ऊ सौन्दर्य कवि तिम्रो कवितामा नै मुछिन आएको छ । त्यसैमा घुलेको छ त्यसैमा भुलेको छ अरुतिर नजर छैन । छिमेकी र विश्वास कवितामा प्रयोग भएको गोमन शब्दले भारत र चीनको चारित्रिक प्रतीकको काम गरेको छ । देशान्तरको दर्द देशको अवस्था र आक्रमण गर्ने दुइ वटा कीराहरु : यहाँ पुग्दा म यसरी पग्लिएँ कि म ताकम धारापानी ढुङ्गे धारामा छु वा अमेरिकाको जुकुजीमा सबै यौटै पारावार भएको थियो पसिनाको आवेग र भावनाको आमा बाबा, भाइ बहिनीहरुको वाल सखा सखीहरुको वर्षा भएको थियो । म रुझेको थिएँ।

लुभेनको गलीमा यी कविताको चङ्गुलमा । मेरी प्रियाले कहाँ हराएको भनेर बोलाउँदा थाहा पाएँ, मेरो हातमा ‘नर्थ सि को किनारबाट’ पुस्तक थियो मुठ्ठी भित्र कविता ‘छिमेकको विश्वास, नेपालको दुवैतिर गोमनले मौका हेरेर’ बसेका छन् । नेपालको शान्तिको परिवारको बच्चा कति बेला हात पर्छ भनेर भारत र चीन धुर्त नीतिको यसले प्रतीकात्मक रुपले पर्दाफास गरेको छ । यो ‘छिमेकी र विश्वास’ प्रतीकात्मक कविता हो । सुन्दर प्रयोग छ । कलात्मक कविता छ यो।

नर्थ सि को किनारबाट यसको नाम राखिएको छ । यसको नेपालीमा ‘उत्तरी सागरको किनाराबाट’ हो भन्ने लेखकीयमा छ । त्यसको साथ लेखकीयले पुस्तकको सार र स्वरुप बारे साधारणीकरण गरी दिएको अन्तरप्रेरणाको गरेको छु । स्टेटमेन्टको कृतिले समुचित प्रयोग गरेको छ । पुस्तकको सार र स्वर नै लेखकको यो स्टेटमेन्ट हो जुन् पूर्णतः चरितार्थ भएको छ । त्यो साधारणीकरण हो यो लेखकको शब्दमाः

अन्तप्रेरणाको अनुभूतिहरुमा म डायस्पोरीय समाज, वाध्यताहरु, राष्ट्रिय बेथिती, युगीन यथार्थ र विसङ्गतिहरु, वैयक्तिक गुनासो, विरह, वेदना र नैराश्यता, जटिलता क्षेत्रीय परिवेश र कता कता श्रृङ्गारिक रागहरुमा पनि स्वच्छन्द बिम्ब र प्रतीकको साथमा उभिने प्रयास गरेको छु (लेखकीय दीपेन्द्र के.सी.) ।
दीपेन्द्र के.सी.को ‘नर्थ सि को किनारबाट’ कविता सङ्ग्रह यसको नाम राखिएको छ । यो नाम युरोपेली नेपाली डायस्पोरा साहित्यसित जोडिएको छ । यो कृतिको क्षेत्रमा भएको साहित्यको अलिकति संकेत दिदा अन्यथा न लागोस् । खासगरी घ. पश्चिमी युरोपेली नेपाली डायस्पोरा साहित्य यसभित्र अस्टिया, बेल्जियम, फ्रान्स, जर्मनी, लेच्टेरलेन्डस्, र स्विट्जरल्याण्ड पर्दछन् । कृष्ण वजगाईंका कृतिहरुः रोड म्याप, हिंउको तन्ना (बि.सं. २०६५) , यन्त्रवत् (ई. २००७), स्रस्टा र डिजिटल अन्तर्वार्ता (वि.सं.२०६७), बिमल गिरीः मनका तरेलीहरु– –(वि.सं.२०६६), पंचम अधिकारीः पथिक प्रवासन (उपन्यास), संजु बजगाई–समुद्र र सपना (कथा संग्रह)। अब उहाँहरुका कृति लन्डनबाट आउलान् दुवै लेखक सर्नुभएको छ । यी कृतिहरुमध्ये सन्जु र पंचमका कृति बाहेक सबै अनेसासका प्रकाशन हुन् । त्यस्तै फ्रान्सका हरिहर अर्यालको ‘स्वदेश तिमीलाई खोज्दछ’ कविता संग्रह आदि यो क्षेत्रमा छन् । अरु पनि खोजेर तिनको समीक्षा र इतिहास लेखिनुपर्दछ।

यो क्षेत्रका लेखकहरुको लामला आएका छन् यी प्रतिभाशाली कवि। कुनै पनि जातिको साहित्य र कलाको समुन्नति कुनै एक जनाको प्रयासबात हुन्। त्यो यस्तै सामुहिक प्रयासले सपन्न हुने कुरा हो। दीपेन्द्र के. सी. यो कृतिका लेखकको अर्को परिचय हो – उनी अनेसास बेल्जियम च्याप्टरका बर्तमान अध्यक्ष पनि हुन्। उनको पालामा यही आउने अगस्त १६ र १७ मा युरोपेली नेपाली डायस्पोराका साहित्यकारहरूको युरोप क्षेत्रीय सम्मेलन हुने कुराको जानकारी आयोजकहरूले दिएका छन्। यो कृतिमा जति रहस्य छ त्यति नै सामर्थ्य सम्मेलनको तयारीले देखाएको छ। यो डायस्पोरा पनि ठूलो छ।

– होमनाथ सुवेदी

May 192014
 
सुन्दर शैली र बिम्बमा उदभाषित ‘नर्थ सी को किनारबाट’.......!

एक दिन मेरो मुहार पुस्तिका (फेसबुक) मा एकजना अपरिचित साहित्यकार मित्रबाट ‘हुलाक ठेगाना पठाइदिने’ अनुरोध आयो । त्यो अनुरोध थियो साहित्यकार भाइ दीपेन्द्र के.सी. को । आफ्ना सद्यप्रकाशित कविता कृति उपहारस्वरूप पठाउनका लागि उहाँलाई ठेगाना [ थप …]

Jan 112014
 
 अमेरिकाबाट "लजाएका परेलीहरू"

साहित्यकार शरद निरोलाको नयाँ कविता-सँङ्ग्रह “लजाएका परेलीहरू” भर्खरै प्रकाशित भएको छ | वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको हस्तलिखित भूमिकासहितको यो सङ्ग्रहमा श्री निरोलाका ४२ वटा कविताहरू छन् | भिन्नभिन्न स्वादका ती कविताहरूमध्ये अमेरिकानिवासी कविले आफ्नो [ थप …]

Dec 222013
 
अमेरिकामा 'बुद्धवाद्का तीन आयाम' पुस्तक

भर्जिनियाको राजधानी रिचमण्ड निवासी लेखक तथा पत्रकार पशुपति घिमिरेको हालै प्रकाशित कृति” बुद्धबाद्का तीन आयाम ”गत आइतबार मंगसिर ३० गते भर्जिनियामा बिमोचन भएको छ | भर्जिनिया राज्यको राजधानी रिच्मण्ड स्थित घिमिरे निवासमा रिचमण्डका नेपालीहरुले सामुहिक [ थप …]

Nov 162013
 
नारी सौन्दर्य पुस्तक

सुन्दर बन्ने चाहना कुन युवतीमा नहोला र ? यही सुन्दर बन्ने चाहनामा युवतीहरू आफ्नो सुन्दरतालाई निखारता दिन महँगो शुल्क तिरेर पार्लर धाउने गर्छन्। तर पनि सोचेजस्तो सन्तुष्टि पाउन सकेका हुँदैनन्। यही कुरालाई ध्यानमा राखी सौन्दर्यविद् [ थप …]

Nov 022013
 
‘शान्ता’ उपन्यासको दोस्रो संस्करण, अनलाइन संस्करण र अङ्ग्रेजी अनुवाद

वरिष्ठ पत्रकार एवम् मानवअधिकारकर्मी पुरुषोत्तम दाहालद्वारा लिखित ‘शान्ता’ उपन्यासको दोस्रो संस्करण बजारमा आएको छ ।अङ्ग्रेजी अनुवादसमेत प्रकाशोन्मुख रहेको ‘शान्ता’ उपन्यासको दोस्रो अनलाइन संस्करण पनि आजै सार्वजनिक गरिएको छ । मानवीय संवेदना, विवेक र अङ्गदानसँग जोडिएको [ थप …]

Oct 212013
 
यौन विज्ञान प्रबन्ध ‘सृष्टिको रोमान्स’ बजारमा

यौन चिकित्सक सुबोधकुमार पोखरेलको यौन विज्ञानमा आधारित प्रबन्धको सङ्गालो ‘सृष्टिको रोमान्स’ नामक कृति बजारमा आएको छ। सो पुस्तकमा हस्तमैथुनः आवश्यकता कि विवशता, यौन, यौवन, मैथुन र संभोग, यौवनको बगँैचाको पहिलो फूल, दाम्पत्य जीवन, श्लील र [ थप …]

Oct 032013
 
युरो-नेपाल गतिविधिबारे पौडेलको पुस्तक विमोचित

बेल्जियममा रहेका नेपालीहरूका गतिविधि तथा नेपाल र युरोपेली देशहरूको सम्बन्धको बारेमा एक सँग्रहका रूपमा लेखक दीपकज्योति पौडेलको पुस्तक ‘युरो-नेपाल सामान्य ज्ञान’ हिजो बेल्जियमको लुभेनमा विमोचित भयो । बेल्जियम र युरोपेली सँघका लागि नेपाली राजदूत राममणि [ थप …]

Jun 232013
 
आठ सय वर्ष पुराना नेपाली ग्रन्थ अमेरिकाबाट नेपाल फिर्ता

नेपालमा चोरी भएर अमेरिका पुगेका आठ सय वर्ष पुराना ऐतिहासिक पुस्तकहरू नेपालमा फर्काइने भएको छ । अमेरिकामा लिलाम बढाबढमा बिक्री गर्न लागिएका १२औं शताब्दीताकाको ऐतिहासिक एबं धार्मिक ग्रन्थहरू विशेष पहलमा नेपालले फिर्ता पाएको छ । [ थप …]

Jun 112013
 
रुखको कापमा जंगली झिंगा भन्किरहेका थिए

यो कहालीलाग्दो अँध्यारो रात थियो । चिसो थियो । त्यसैले आँगनमा दाउरा बालेर आगो ताप्दै गरेका थियौँ । मीठो गफ पनि चलिरहेको थियो । मेरा कुरा सुन्ने चासो, चाख हुन्छ आमामा । मेरा साना–साना कुरामा [ थप …]

Apr 032013
 
‘द सुप्रिम ह्युमन’ उपन्यास नेपाली र अंग्रेजीमा

 ‘द सुप्रिम ह्युमन’ नामक औपन्यासिक कृति नेपाली र अंग्रेजी दुवै भाषामा आउने भएको छ । लेखक रमेश पौडेलद्वारा लिखित यो पुस्तक नेपाली संस्करण डिकुरा पब्लिकेसनबाट र अंग्रेजी संस्करण डोरेन्स पब्लिकेसन अमेरिकाले प्रकाशनमा ल्याउन लागेका हुन् [ थप …]

Mar 042013
 
'चक्रव्यूहमा चन्द्रसूर्य'को लोकप्रीयता

पुस्तक प्रकाशनको क्रम बढे पनि मोफसलमा लेखक-पाठक अन्तरक्रिया खासै हुने गरेको छैन । यो पृष्ठभूमिमा ‘चक्रव्यूहमा चन्द्रसूर्य ‘ का लेखक सरोजराज अधिकारी भेटिँदा शुक्रबार पाठकहरूले घेरिहाले ।   विवादित र चर्चित विषयवस्तुका कारण छोटो अवधिमै सांगि्रला बुक्सले तेस्रो [ थप …]