नोबेल साहित्य पुरस्कार अफ्रिकी मूलका गुरनाहलाई

यस वर्ष अर्थात २०२१ को नोबेल पुरस्कार साहित्यतर्फ तान्जानियामा जन्मेर बेलायतमा बसोबास गर्ने अब्दुलरजाक गुरनाहलाई दिने घोषणा गरिएको छ । उपनिवेशवादको असर तथा संस्कृति र महादेशहरूबीचको खाडलमा शरणार्थीको भाग्यको इमान्दार तथा सहानुभूतिशील चित्रण गरेकोमा गुरनाहलाई पुरस्कार दिइएको नोबेल एकेडमीले जनाएको छ । युरोपको राजनीतिदेखि अर्थनीतिसम्म अध्यागमन र विदेशी मूलका जनताको समिश्रणको सवाल केन्द्रीय बहश बन्दै गर्दा यो समाचार आएको छ…

Comments Off on नोबेल साहित्य पुरस्कार अफ्रिकी मूलका गुरनाहलाई

अनेसासको डेनमार्क च्याप्टरमा सापकोटा

विश्वका विभिन्न देशमा संजाल रहेको नेपाली साहित्यकारहरुको ठुलो संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० डेनमार्कको पुनर्गठन भएको छ। गत शनिबार युवाकवि नवराज पराजुली 'युरोप कविता कन्सर्ट-२०१९' अन्तर्गत आफ्नो कार्यक्रम लिएर डेनमार्कको कोपन्हेगन पुगेको समयपारी आयोजित एक भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो। शशि ढकाल नेतृत्वको सो समाजको डेनमार्क च्याप्टर अब कवि, गीतकार तथा पत्रकार प्रकाश सापकोटाको संयोजकत्वमा हस्तान्तरित भएको छ।…

Comments Off on अनेसासको डेनमार्क च्याप्टरमा सापकोटा

साहित्य महासंघ साउथ युकेको अध्यक्षमा जानुका राई

विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूके शाखाको प्रथम अधिवेशनले जानुका राईको अध्यक्षतामा ३१ मार्चमा नयाँ नेतृत्व चयन गरेको छ। नयाँ समितिको उपाध्यक्षमा करिष्मा घम, महासचिवमा थिर थापा, सचिव सन्ध्या गुरुङ र सदस्यहरुमा क्रमशः बि. सी. राई, लाहाङ चेम्जोङ र सल्लाहकारहरुमा विश्वास दीप तिगेला, घनबहादुर थापा, गणेश पुन, सुरेन्द्र इङनाम, औतारि साईला र शिवकुमार राई चयन भएका छन् भने शाखाको संरक्षकमा…

Comments Off on साहित्य महासंघ साउथ युकेको अध्यक्षमा जानुका राई

शङ्कर कोइराला पुरस्कार भाउपन्थीलाई

दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा विशिष्ट आख्यानकार शङ्कर कोइरालाको ८८औँ जन्मजयन्ती मनाइयो । सो अवसरमा रु. १० हजार राशिसहितको शङ्कर कोइराला स्मृति पुरस्कार आख्यानकार भाउपन्थीलाई अर्पण गरियो । प्रमुख अतिथि वाङ्मय शताब्दीपुरुष डा. सत्यमोहन जोशीले भने— शङ्कर कोइराला अत्यन्त सरल, शालीन र लज्जालु प्रकृतिका लेखक हुनुहुन्थ्यो । उहाँका कृतिहरू उत्कृष्ट भएपनि प्रचारबाजीमा नपरेका हुँदा खैरिनीघाट बाहेक अन्य कृतिहरू ओझेलमा परेका छन्…

Comments Off on शङ्कर कोइराला पुरस्कार भाउपन्थीलाई

पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार प्रदान

नेपाली साहित्यिक पत्रकारितामा लामो समयदेखि आबद्ध वरिष्ठ पत्रकार नगरेन्द्र राज शर्मा र रोचक घिमिरेलाई यसवर्षको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट ‘पद्मश्री साधना सम्मान’ अर्पण गरिएको छ । यस्तै ‘पद्मश्री साहित्य पुरस्कार’बाट युवाकवि नवराज पराजुलीलाई प्रदान गरियो ।यो सम्मान हरेक बर्ष दिइन्छ । प्रतिष्ठानले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन दिइने साहित्यिक पुरस्कार विहीवार एक समारोहकाबीच यस वर्षमा तीनजना सर्जकलाई प्रतिष्ठानका अध्यक्ष…

Comments Off on पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार प्रदान

मिजौरीमा आदिकवि र युवाकविको स्मृति दिवश

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा आदिकवि भानुभक्त  आचार्य  र युवाकवि मोतीराम भट्टको स्मृति दिवश  सम्पन्न भएको छ । कार्यक्रम गत जुलाई २२ मा सेन्ट लुइस मिजौरीमा  सम्पन्न भएको हो । मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीको सभापतित्वमा आयोजित  सो कार्यक्रममा आदिकवि भानुभक्त  आचार्य  र युवाकववि मोतीराम भट्टको  व्यक्तित्वमाथि प्रकाश पारिएको थियो भने थुप्रै सहभागीहरूले आ-आफ्नो रचनाहरू  वाचन गरेका थिए…

Comments Off on मिजौरीमा आदिकवि र युवाकविको स्मृति दिवश

संरक्षण कविता आन्दोलनको चौथो कार्यक्रम सम्पन्न

संरक्षण कविता आन्दोलन यूरोपको चौथो कार्यक्रम ९ जुलाईका दिन स्थानीय लुभेनमा सम्पन्न भयो । नेपालमा सरुभक्तको अगुवाईमा वि.स. २०५३ देखि शुरु भएको यो ग्रामीण र प्राकृतिक बिम्बमा साक्षात्कार सहित स्थलगत रचना र वाचनको नवीन प्रयोग अन्तर्राष्ट्रिय रुपमा गत वर्षदेखि बेल्जियमबाट पनि शुरुवात गरिएको छ । मुक्तककार बिमल गिरीको सभापतित्व, आन्दोलनका सदस्य सचिव विष्णु सापकोटा व्दारा संचालित कार्यक्रममा आन्दोलनका यूरोप संयोजक…

Comments Off on संरक्षण कविता आन्दोलनको चौथो कार्यक्रम सम्पन्न

मदन पुरस्कारका लागि श्रेष्ठ सूचीका नौ कृति

मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कार पाउन लायक उत्कृष्ट नौ कृतिको सूची सार्वजनिक गरेको छ । गुठीको विधान अनुरूप २०७३ सालको मदन पुरस्कारका निम्ति प्राप्त भएका कूल १ सय ९५ पुस्तक मध्येबाट ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको मदन पुरस्कार गुठीले जानकारी गराएको छ । यिनै नौ कृति मध्येबाट सर्वश्रेष्ठ कृतिलाई २०७३ सालको मदन पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले…

Comments Off on मदन पुरस्कारका लागि श्रेष्ठ सूचीका नौ कृति

 ‘युरेसियाको स्पर्श’ लण्डनमा सार्वजनिक

     लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ सार्वजनिक गरियो । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक  डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । अभिब्यक्ति स्वतन्त्रताका लागि कानूनद्वारा संरक्षित ऐतिहासिक स्थल स्पिकर्स कर्नरबाट पुस्तक सार्वजनिक गर्न पाउँदा आफूलाई खुशी लागेको कुरा शर्माले बताए  ।         बेलायतका नेपालीहरुको साहित्यमा रुची देखेर प्रशन्नता ब्यक्त गर्दै आगामी दिनमा…

Comments Off on  ‘युरेसियाको स्पर्श’ लण्डनमा सार्वजनिक

बेल्जियमको एन्टवर्पमा संरक्षण कविता आन्दोलन

बेल्जियमको एन्टवर्पमा “संरक्षण कविता आन्दोलन, यूरोप” को तेश्रो कार्यक्रम काव्य-गोष्ठी र काव्य-बहससहित १२ फेब्रुअरीमा सम्पन्न भयो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी एनआरएन सँघका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा आन्दोलनको प्रभाववारे प्रकाश पारेका थिए भने आन्दोलनका संयोजक दीपेन्द्र के.सी.ले आन्दोलनबारे चर्चा गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा स्रष्टाहरु शँकर बजगाई, जगदीश सापकोटा, युवराज गुरुङ, जमुना गैरे बाँस्तोला, मोहन खत्री, परमानन्द…

Comments Off on बेल्जियमको एन्टवर्पमा संरक्षण कविता आन्दोलन

बेलायतमा बजगाईंको ‘कवच’ सार्वजनिक

     लघुकथा लेखनमा छुट्टै पहिचान बनाइसकेका बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथा सङ्ग्रह 'कवच' नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शको निवास 'श कर्नर'मा आफैले सार्वजनिक गरेका छन् ।        बेलायतको 'एयोट सन्ट लरेन्स'मा अवस्थित निवासमा करिब पैतालिस वर्ष  बिताएका बर्नाड शको त्यहीँ निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिक स्थल तथा…

Comments Off on बेलायतमा बजगाईंको ‘कवच’ सार्वजनिक

साहित्यकार तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित

साहित्यकार तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सोमवार बेल्जियमको लुभेनमा आयोजनागरेको एक कार्यक्रममा सम्मान गरेको थियो । कार्यक्रममा सम्मान ग्रहण गर्दै कवि श्रेष्ठले प्रवासमा रहने नेपालीहरुको हृदयमा नै राष्ट्रियता रहिरहने तथा भाषाको संरक्षणले साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याउने हुदा  विदेशमा नेपालीहरुको भाषाप्रतिको सचेतना तथा सक्रियताको प्रशंसा गरेका थिए ।  कार्यक्रमका अतिथी एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतमले…

Comments Off on साहित्यकार तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित

बेल्जियममा१०८ औ लक्ष्मी जयन्ती सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ लक्ष्मी जयन्ती मनाएको छ । राजधानी ब्रसेल्स स्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा नोभेम्वर १२ तारिख शनिवार नेपाल ब्रसेल्स मिलन केन्द्र संगको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमका राजदूत लोकबहादुर थापाले दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्वघाटन गर्नु भएको थियो । राजदूत थापाले…

Comments Off on बेल्जियममा१०८ औ लक्ष्मी जयन्ती सम्पन्न

नर्वेमा पहिलो पटक देवकोटाको सम्झना

युरोपेली मुलुक नर्वेमा पहिलो पटक नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना गरिएको छ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेको आयोजनामा मंगलवार नर्वेको बोडोमा भएको १०८ औ लक्ष्मी जयन्ती कार्यक्रममा कविहरुले देवकोटाको चर्चा परिचर्चा गर्दै सम्झनामा आ आफ्ना रचना वाचन गरेका थिए । अनेसास नर्वेले आयोजना गरेको यो पहिलो कार्यक्रम हो । देवकोटाको तस्विरमा फूलमाला अर्पण गर्दै राष्ट्रियगानबाट शुरु गरिएको कार्यक्रममा खुम ढकाल,…

1 Comment

नर्वेमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन

प्रवासमा नेपाली भाषा साहित्यको पवर्द्धन गर्ने उद्वेश्यले युरोपियन मुलुक नर्वेमा रहेका नेपालीहरुले मंगलवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेको गठन गरेका छन । बिष्णुमाया विभुको अध्यक्षमा गठित समितिमा उपाध्यक्ष खुम ढकाल, महासचिब बरुण पौडेल र कोषाध्यक्षमा  सुमन धिमाल निर्वाचित भएका छन । आगामी दुई वर्षे कार्यकालको लागि सदस्यमा  सरिता थापा , दिपक महत , देवी चरण चम्लागाँई , प्रदिप अधिकारी ,…

1 Comment