साहित्य

Nov 192017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा विशिष्ट आख्यानकार शङ्कर कोइरालाको ८८औँ जन्मजयन्ती मनाइयो । सो अवसरमा रु. १० हजार राशिसहितको शङ्कर कोइराला स्मृति पुरस्कार आख्यानकार भाउपन्थीलाई अर्पण गरियो ।

प्रमुख अतिथि वाङ्मय शताब्दीपुरुष डा. सत्यमोहन जोशीले भने— शङ्कर कोइराला अत्यन्त सरल, शालीन र लज्जालु प्रकृतिका लेखक हुनुहुन्थ्यो । उहाँका कृतिहरू उत्कृष्ट भएपनि प्रचारबाजीमा नपरेका हुँदा खैरिनीघाट बाहेक अन्य कृतिहरू ओझेलमा परेका छन् । हामीले नेपाली साहित्यका उत्कृष्ट कृतिहरूको पहिचान गर्नुपर्छ र अनुवाद गरेर नोबेल साहित्य पुरस्कारका लागि प्रस्तावित गर्नुपर्दछ ।

समालोचक डा. तुलसी भट्टराईले शङ्कर कोइरालाका ५०वटा कृतिहरूको चर्चा हुनुपर्ने उल्लेख गर्दै श्री कोइरालाको नाममा स्थापित पुरस्कार भाउपन्थीलाई दिइएकोमा सत्पात्रलाई छनोट गरिएको कुरा उल्लेख गरे भने पुरस्कृत साहित्यकार भाउपन्थीले पनि शङ्कर कोइरालाको नाममा पुरस्कार पाउँदा आफू अत्यन्त प्रसन्न भएको बताए ।

समारोहमा दायित्व वाङ्मय प्रतिष्ठानका सचिव  केशवराज पन्तद्वारा लिखित आत्मसंस्मरण ‘स्मृतितरङ्ग’ पनि विमोचन भएको थियो भने उक्त कृतिका बारेमा प्रा.डा. कृष्णचन्द्र शर्माले समीक्षात्मक मन्तव्य दिँदै भनेका थिए— आत्मसंस्मरण लेख्न सजिलो छैन । आत्मसंस्मरणका पाठले लेखकको जीवनी पढेर त्यसबाट प्रेरणा पाउन सक्नुपर्दछ ।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कृतिकार केशवराज पन्तले लेखकीय मन्तव्य दिएका थिए भने प्रा. रामप्रसाद दाहाल, डा. लेखप्रसाद निरौला, यादव भट्टराई र शङ्कर कोइरालाका सुपुत्र अनिल कोइरालाले पनि मन्तव्य राखेका थिए ।

Oct 052017
 
पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार प्रदान

नेपाली साहित्यिक पत्रकारितामा लामो समयदेखि आबद्ध वरिष्ठ पत्रकार नगरेन्द्र राज शर्मा र रोचक घिमिरेलाई यसवर्षको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट ‘पद्मश्री साधना सम्मान’ अर्पण गरिएको छ । यस्तै ‘पद्मश्री साहित्य पुरस्कार’बाट युवाकवि नवराज पराजुलीलाई प्रदान [ थप …]

Aug 072017
 
एनआरएनसँघ केन्द्रीय कार्यदलको निर्णय अमेरिकाकी निर्वाचन समिती प्रमुखलाई अमान्य

एनआरएन अमेरिकाको अध्यक्षमा गौरी जोशीको उम्मेद्वारीबारे बल्झेको विवाद झन् बल्झिएको छ । केन्द्रीय कार्यदलले दिएको सुझावविपरित एनआरएन अमेरिकाकी निर्वाचन समिती प्रमुख बन्दिता शर्मा दाहालले जोशीको उम्मेद्धारीको लागि आवश्यक योग्यता नपुगेको कुरा फेरि दोहोर्याएपछि विवाद अझ [ थप …]

Jul 272017
 
मिजौरीमा आदिकवि  र युवाकविको स्मृति दिवश

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा आदिकवि भानुभक्त  आचार्य  र युवाकवि मोतीराम भट्टको स्मृति दिवश  सम्पन्न भएको छ । कार्यक्रम गत जुलाई २२ मा सेन्ट लुइस मिजौरीमा  सम्पन्न भएको हो । मिजौरी च्यापटरकी अध्यक्ष [ थप …]

Jul 272017
 
उफ्! युरोपमा हुर्केका केटाकेटी ...

दीपक राना सिद्धार्थको तीन सन्तान मध्येको सबैभन्दा जेठो छोरो हो । १९ वर्षको उमेरमै सहरका नामूद उद्योगपतिका छोराछोरीसँग उस्को बाक्लो हिमचिम भयो । छोराको साथीसँगाती देख्दा सिद्धार्थ छक्क प‍र्‍यो । एकाध वर्षपछि उसले असलियत बुझ्दैछ [ थप …]

Jul 132017
 
सानो सेक्रेट

कथा ♦ पंचम अधिकारी ♦ सुविनलाई अत्यन्त हतारो थियो ।  यसै पनि बाहिर जाने भनेपछि उसका खुट्टा खरायोका जस्ता हुन्थे । डेढ महिना छोटो समय होइन । समुद्र जाँदा, बास्केटबल खेल्दा, साइक्लिंग गर्दा, नेचर हाइक जाँदा, पौडी [ थप …]

Jul 112017
 
संरक्षण कविता आन्दोलनको चौथो कार्यक्रम सम्पन्न

संरक्षण कविता आन्दोलन यूरोपको चौथो कार्यक्रम ९ जुलाईका दिन स्थानीय लुभेनमा सम्पन्न भयो । नेपालमा सरुभक्तको अगुवाईमा वि.स. २०५३ देखि शुरु भएको यो ग्रामीण र प्राकृतिक बिम्बमा साक्षात्कार सहित स्थलगत रचना र वाचनको नवीन प्रयोग [ थप …]

Jul 092017
 
मदन पुरस्कारका लागि श्रेष्ठ सूचीका नौ कृति

मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कार पाउन लायक उत्कृष्ट नौ कृतिको सूची सार्वजनिक गरेको छ । गुठीको विधान अनुरूप २०७३ सालको मदन पुरस्कारका निम्ति प्राप्त भएका कूल १ सय ९५ पुस्तक मध्येबाट ‘श्रेष्ठ सूची’ [ थप …]

Jun 042017
 
तिम्रो लोग्ने खै ?   

कथा ♦ पंचम अधिकारी♦ दक्षिणी ब्रसेल्सको त्यो पार्कमा जाँदा सुनिता सुर्ताले सिट्ठी थिई । त्यही पार्क, जसले उसको दिमागमा धपेडीको घण्टी बजाइरहन्छ । पोखरीको पल्लोपट्टिको व्यस्त पाटोले कहिल्यै आकर्षण गरेन । वल्लोपट्टिको त्यो ठिंग रूखको [ थप …]

 Tagged with:
May 022017
 
लोकल हिरो

कथा पंचम अधिकारी ♦ म एकदम शान्त र लजालु ठिटो हुँ । एकदिन मेरो स्तर उकास्नै पर्‍यो भनेर निश्चय गरेँ । २३ वर्षे उमेरमा कम्प्युटर इन्जिनियर भएर पनि गोज्याङ्ग्रो नाम मैले नै कमाएको थिएँ । पढ्न [ थप …]

 Tagged with:
Apr 182017
 
ए नयाँ बर्ष !

आज फेरि हाम्रो नेपाली क्यालेनडरले एउटा नयाँ फन्को मारेको छ नेपाली जनमानसमा फेरि एउटा अलौकिक आशाको किरण परेको छ–२ तर क्यालेनडरका दिनमात्रै अघि बिकाश त उही धेरै पछाडीनै छ महंगी, अव्यवस्था, अराजकता, दुर्गन्ध र फोहोर [ थप …]

Apr 182017
 
ब्रसेल्समा नयाँ वर्ष कार्यक्रम सम्पन्न

नेपाल ब्रुसेल्स मिलन केन्द्र बेल्जियमले गएका बर्षझै, नयाँ नेपाली बर्ष २०७४ साललाई भब्यताको साथ स्वागत गर्दै शुक्रबार १४ अप्रिल २०१७ माबेल्जियमको राजधानी ब्रुसेल्समा भब्यताको साथ सम्पन्न गरेको छ | संस्थाका अध्यक्ष यज्ञ बहादुर गुरुङ्को सभापतित्वमा [ थप …]

Mar 202017
 
 ‘युरेसियाको स्पर्श’ लण्डनमा सार्वजनिक

     लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ सार्वजनिक गरियो । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक  डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । अभिब्यक्ति स्वतन्त्रताका लागि कानूनद्वारा संरक्षित ऐतिहासिक स्थल स्पिकर्स [ थप …]

Feb 122017
 
बेल्जियमको एन्टवर्पमा संरक्षण कविता आन्दोलन

बेल्जियमको एन्टवर्पमा “संरक्षण कविता आन्दोलन, यूरोप” को तेश्रो कार्यक्रम काव्य-गोष्ठी र काव्य-बहससहित १२ फेब्रुअरीमा सम्पन्न भयो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी एनआरएन सँघका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा आन्दोलनको प्रभाववारे प्रकाश पारेका थिए भने [ थप …]

Jan 312017
 
बेलायतमा बजगाईंको 'कवच' सार्वजनिक

     लघुकथा लेखनमा छुट्टै पहिचान बनाइसकेका बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथा सङ्ग्रह ‘कवच‘ नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शको निवास ‘श कर्नर‘मा आफैले सार्वजनिक गरेका छन् [ थप …]