विश्व

Nov 192017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

सन् १९९९ मा १७ जना साथीहरूसँग मिलेर ज्याक माले ई–कमर्स वेबसाइट अलिबाबा सुरु गरेका थिए । यो कम्पनी खोल्न आवश्यक ६० हजार डलर उनले आफ्ना ८० जना साथीसँग ऋण खोजेर जुटाएका थिए । अहिले ज्याक चीनकै तेस्रो धनी व्यक्ति भएका छन् । फोब्र्स पत्रिकाले सन् २००७ का लागि उनलाई चीनको तेस्रो धनी व्यक्तिको सूचीमा राखेको छ । उनलाई यति धेरै सफलता दिलाउने कम्पनीको नाम अलिबाबा नैचाहिँ उनले किन राखे ? विभिन्न अन्तर्वार्तामा उनले यसको कहानी सार्वजनिक गर्दै आएका छन् ।

उनले व्यवसायको सोचमा रहँदै गर्दा कम्पनीको नाम के राख्ने भनेर कल्पिरहेका थिए । उनको दिमागमा ‘अलिबाबा’ नाम घुमिरहेको थियो । तर, उनले यो नाम सबैका लागि रुचिकर हुन्छ कि हुन्न भनेर परीक्षण गर्न चाहिरहेका थिए । एक दिन उनी अमेरिकाको क्यालिफोर्नियामा पर्ने सनफ्रान्सिस्कोस्थित एउटा कफी पसलमा बसिरहेको थिए । त्यहाँ एउटी वेट्रेस आइन् । ज्याकले वेट्रेसलाई सोधे– तिमी अलिबाबालाई चिन्छौ ? जवाफमा तिनले भनिन्– खुल जा सिमसिम ।

वेट्रेसको जवाफ सुनेलगत्तै ज्याकले सो नाममा स्वीकृति जनाए । कफी पसलमा भएको यो परीक्षाणपछि उनले अन्य ३० व्यक्तिलाई पनि उही प्रश्न गरे, अलिबाबा चिन्छौ ? उनले सकेसम्म फरक–फरक देशका व्यक्तिलाई यो प्रश्न गरेका थिए । जर्मनी, चीन, जापान, भारतलगायत देशका जनतालाई उनले प्रश्न गरेका थिए । सबैले अलिबाबालाई चिन्ने जवाफ फर्काए । सोही कफी सपमा उनले आफ्नो कम्पनीको नाम अलिबाबा राख्ने अन्तिम निर्णय गरे र अलिबाबाले एक वेबसाइट कम्पनीको रूप लियो ।

एक अन्तर्वार्तामा ज्याकले भनेका छन्, ‘अलिबाबा चोर थिएनन् । उनी दयालु थिए र व्यापार कसरी गर्ने भन्ने पनि जानेका थिए । उनले गाउँलेहरूलाई पनि सहयोग गरेका थिए ।’

खासमा अलिबाबा एउटा लोक कथाका पात्र हुन् । अलिबाबा र ४० चोरको कथा ‘अलिबाबा एन्ड फोर्टी थिभ्स’ १८औँ शताब्दीमा युरोपियन अनुवादक एन्टोनी गेलान्डले ‘वान थाउजेन्ड एन्ड वान नाइट’ पुस्तकमा संकलन गरेका थिए । कथामा अलिबाबाको चरित्र काठ काट्ने (उड कटर)को छ । जे होस्, लोक कथाका यी पात्र विश्वका धेरै देशमा १८औँ शताब्दीदेखि चर्चामा छन् । त्यसैले ज्याकले कम्पनीको नाम नै अलिबाबा रोजे । अलिबाबा जसरी सबैका लागि थिए, त्यसैगरी अलिबाबा कम्पनी सबैका लागि खुलेको हो भन्ने सन्देश ज्याक नामबाटै दिन चाहन्थे । नभन्दै उनको कम्पनी दुनियाँभरका मान्छेहरूले कारोबार गर्न सक्ने बन्यो ।

Jul 272017
 
इ.यु. अध्यक्ष जँ क्लाउड जंकरले मेर्केलको फोन रिजेक्ट गरे

युरोपकी सबैभन्दा शक्तिशाली व्यक्ति भनेर जर्मन चान्सलर एन्जेला मेर्केललाई चिनिन्छ । उनको कललाई नामंजुर जो कसैले गर्न सक्दैन । तर मेर्केल कै समर्थनमा युरोपियन युनियनको अध्यक्ष भएका जँ क्लाउड जंकरले उनको फोन कल ‘रिजेक्ट’ गरेर [ थप …]

Jul 262017
 
पोर्चुगलमा नेपाली ठगहरूको बिगबिगी

उत्तरी र पश्चिमी युरोपमा अध्यागमन कानूनहरू कडा हुँदै गएपछि नेपालीहरूको आकर्षण दक्षिणी युरोपेली देश पोर्चुगल बनेको छ । युरोपियन युनियनको सदस्य राष्ट्र पोर्तुगल अध्यागमन कानूनमैत्री देश मानिन्छ । त्यसैले युरोपभरि कागजी समस्या भएका नेपालीहरू यहाँ [ थप …]

Jul 242017
 
क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

क्यानेडियन प्र.मं. जस्टिन ट्रुदो टोरोन्टोले हिजो श्री स्वामीनारायण हिन्दू मन्दिरको दसाैं वार्षिक कार्यक्रममा भाग लिंदै प्रार्थना गरे । उनले क्यानडाका हिन्दू समुदाय र क्यानेडियन मूल्य र मान्यताहरूबीच सामन्जस्यता रहेको उल्लेख गरे । पूजाका क्रममा उनले [ थप …]

Jul 222017
 
उदयपुरमा सुतेको बेला हात्तीको आक्रमणले मृत्यु

हात्तीको आक्रमणबाट उदयपुर बेलका नगरपालिका– ३ का ५८ वर्षीय रामबहादुर मगरको मृत्यु भएको छ । कोशीटप्पु हुँदै बेलका जंगलबाट आएका जोडी हात्तीले हिजो बिहान आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । आफ्नो घर बाहिर [ थप …]

Jul 142017
 
१९६० को दशकमा अफगानिस्तान

लामो समयसम्म गृहयुद्ध झेलेको अफगानिस्तानको नाम सुन्ने बित्तिकै एक खालको ध्वंसात्मक चित्र दिमागमा आउँछ । सन् १९६० को दशकमा अफगानिस्तानको यो फोटो डेनभरपोस्टबाट लिइएको हो। 

Jul 132017
 
विश्वका उत्कृष्ट सहरको सूचिमा न्यूयोर्क पहिलो, आम्स्टरडाम नवाैं

बस्न, ब्यापार गर्न र भ्रमण गर्न लायक सहरहरूको खोजिमा गरिएको सर्वेक्षणमा न्यूयोर्कले बाजी मारेको छ । पेरिसको बजार अनुसन्धानसंबन्धी एक कम्पनी IPSOS ले सो सर्वेक्षण गरेको हो । यसै वर्ष २६ देशमा गरिएको सर्वेक्षणमा  न्यूयोर्क सूचिको [ थप …]

Jul 132017
 
गोल्डन भिसा स्किम भजाएर लिस्बोनकी वकिलले विदेशीबाट टन्न कमाइन्

पोर्चुगलको गोल्डन भिसा स्किम भजाएर लिस्बोनकी एक चर्चित वकिलले टन्न कमाएको भनी जुडिसियल प्रहरीले पक्राउ गरेको छ । उनले विदेशबाट लाग्ने त्यस्तो भिसामा ठगी गरी ६ मिलियन युरो कमाएको प्रहरी आरोप छ । मारियो आन्तोनिया [ थप …]

Jul 112017
 
बेल्जियमको बुर्का निषेध कानूनलार्इ युरोपेली कोर्टको समर्थन

बेल्जियमको बुर्का निषेधसंबन्धी कानूनलार्इ मानव अधिकारसंबन्धी युरोपेली कोर्टले उचित ठहर्याएको छ ।  सार्वजनिक स्थानमा मुस्लिम महिलाहरूले लगाउने बुर्कालार्इ बेल्जियममा सन् २०११ मा लागू गरेको कानूनले गैरकानूनी मानेको थियो । र यस कानून मुताबिक ब्रसेल्समा जरिवाना [ थप …]

Jul 092017
 
राष्ट्रसंघीय उपमहासचिवको प्रस्तावित भ्रमणमा सरकारको नामंजुरी

नेपालको तीन दिने  भ्रमणमा आउने तयारीमा रहेका राजनीतिक मामिलासम्बन्धी राष्ट्रसंघीय उपमहासचिव जेफरी फेल्टम्यानलाई तत्काल नेपाल नआउन सरकारले आग्रह गरेको छ । नेपाल सरकार र न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि कार्यालयसँग समन्वय नगरी एकतर्फी रूपमा भ्रमण तालिका [ थप …]

Jul 092017
 
इन्स्ट्राग्रामबाट लाखौं कमाउँछन् रोनाल्डो, सेलेना

इन्स्ट्राग्रामको एउटा तस्बिरबाटै स्पेनीश क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लाखौं रकम कमाइ गरेका छन् । इन्स्ट्राग्राम सेडुलर्स हुपरले गरेको एक अध्ययनले रोनाल्डोले इन्स्टाग्राममा गरेको एक पोस्टबाटै तीन लाख १० हजार पाउन्ड रकम कमाइ [ थप …]

Jul 072017
 
सिक्किममा स्वतन्त्रताको आगो सल्काउने वैकल्पिक चिनियाँ कुटनीति

कुटनीतिमा एक देशको कमजोरीलाई समातेर अर्को देशले त्यो संवेदनासँग जिस्किने र त्यसबाट फाइदा लिने प्रयाश गरेका अनेकन उदाहरण पाइन्छन् । नेपाल कै सन्दर्भमा पनि भारतले मधेशीहरूको एक टुकुडीलाई समातेर यस्तै खेल खेलीरहेको जगजाहेर छ । [ थप …]

Jul 042017
 
मेस्सीको विवाहको भव्य तयारी

अर्जेन्टिनाका चर्चित फुटबल स्टार लियोनल मेस्सीको वैवाहिक समारोहको लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने गरेका मेस्सीको विवाहको खबरले उनका समर्थक तथा विश्वभरका फुटबल समर्थकहरुले बिशेष चासोको रुपमा [ थप …]

Feb 112017
 
बेल्जियम पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा ?

बेल्जियम र अमेरिकाका एक देशका नागरिक अर्को देश जाँदा अग्रिम भिसा लिनु पर्दैन । तर अमेरिकी अधिकारीहरूले यो नियममा कडाइ गर्न सक्ने सूचना बेल्जियम सरकारलाई दिएका छन् । बेल्जियन पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा प्रावधान [ थप …]

Jan 192017
 
फिफा वरियतामा नेपाल दक्षिण एसियामा तेस्रो

फिफाले  बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ [ थप …]