सात महिनामा बेल्जियमको वेस्ट फ्लान्डर्समा तिन हजार ‘ईलेगल’ पक्राउ

गत जनवरीदेखि हालसम्म बेल्जियमको वेस्ट फ्लान्डर्स प्रान्तमा मात्र ३,०७६ जना गैरकानूनी आप्रवासी पक्राउ परेको सो प्रान्तका गभर्नरले उल्लेख गरेका छन् । पछिल्लो दुई महिनामा हरेक हप्ता सरदर एक सय जना पक्राउ परिरहेको उनले बताए । वेस्ट फ्लान्डर्स नर्थ सीसँग जोडिएको बेल्जियमको पश्चिमी प्रान्त हो । जहाँबाट इङ्गलिस च्यानलको साँघुरो सामुद्रिक यात्रा पार गरी यु.के. पुग्न सकिन्छ । समातिएका गैरकानूनी मान्छेहरू…

Comments Off on सात महिनामा बेल्जियमको वेस्ट फ्लान्डर्समा तिन हजार ‘ईलेगल’ पक्राउ

एनआरएनसँघ बेल्जियममा भ्यागुताको धार्नी

एनआरएन सँघ बेल्जियममा भ्यागुताको धार्नी जुटाउनका लागि जोडतोडले कसरत भैरहेको छ । पछिल्लो कसरत हो काँग्रेससमर्थित जनसंपर्क समितिको सिता सापकोटाको आधिकारिक पक्ष र एमाले समर्थित प्रवासी नेपाली मंचको आधिकारिक गुटको समझदारी । र, त्यसको प्रतिरोधमा आएको माओवादी, राजावादी र जनजातिवादीको गुटीय समझदारी । रमाइलो त के छ भने प्रवासी नेपाली मंचले यसअघि माओवादीसँग यस्तै समझदारी गरेको थियो । तर त्यसको…

Comments Off on एनआरएनसँघ बेल्जियममा भ्यागुताको धार्नी

कोत्रेकको आवासीय क्षेत्रमै गाँजा खेती, फेरारीसहित पक्राउ

कोत्रेकको एक आवासीय क्षेत्रमा गाँजा खेती गर्ने एक युवालार्इ प्रहरीले पक्राउ गरेको छ । उसको घर र बगैंचा पनि सिल गर्न अदालतले आदेश दिएको छ । उसको कम्पाउन्डबाट १ फेरारी कार, १ स्पिडबोट र आधा मिलियन युरो (करिब ६ करोड रूपैयाँ) नगद जफत भएको छ । अनाैठो गन्ध आएपछि छिमेकीहरूले प्रहरीलार्इ खबर गरेको र उसको घर परिपरिको जग्गाबाट ५०० गाँजाका…

Comments Off on कोत्रेकको आवासीय क्षेत्रमै गाँजा खेती, फेरारीसहित पक्राउ

दस दिने गेन्ट फेस्टिबल शुरू

दस दिने गेन्ट फेस्टिबल अस्ति शुक्रवार शुरू भएको छ । पहिलो दिनमा करिब ९० हजार उपस्थिति रहेको अनुमान गरिएको छ । बेल्जियमको गेन्ट फेस्टिबल फ्लान्डर्सका चर्चितमध्येको एक हो । शुरूवातको पहिलो दिन सापेक्षिक रूपमा शान्त रहेको प्रहरीले जनाएको छ । तैपनि ७३ जनाले ट्राफिक जरिवाना र ६३ जनाले सार्वजनिक स्थानमा पिसाब गरेको जरिवाना पाएका थिए ।

Comments Off on दस दिने गेन्ट फेस्टिबल शुरू

बेल्जियममा पेन्सन बढ्यो

बेल्जियमको संघीय संसदले पेन्सन बढाउने नयाँ विधेयक पास गरेको छ । जसअनुसार पुरा अवधि काम गरेको एक बेल्जियन कामदार/जागीरेले आउँदो सेप्टेम्बरबाट कम्तिमा १ हजार २ सय १२ युरो ४५ सेन्ट प्रति महिना पाउँनेछन् । बेल्जियममा केही अपवादका पेशा बाहेक एक मान्छेले जीवनमा ४५ वर्ष काम गर्ने मान्यता राखिन्छ र जेसुकै पेशा गरेको भए पनि कानूनी रूपमा काम गरेपछि पेन्सनको हकदार…

Comments Off on बेल्जियममा पेन्सन बढ्यो

बेल्जियमको बुर्का निषेध कानूनलार्इ युरोपेली कोर्टको समर्थन

बेल्जियमको बुर्का निषेधसंबन्धी कानूनलार्इ मानव अधिकारसंबन्धी युरोपेली कोर्टले उचित ठहर्याएको छ ।  सार्वजनिक स्थानमा मुस्लिम महिलाहरूले लगाउने बुर्कालार्इ बेल्जियममा सन् २०११ मा लागू गरेको कानूनले गैरकानूनी मानेको थियो । र यस कानून मुताबिक ब्रसेल्समा जरिवाना तिरेका २ महिलाले मानव अधिकारसंबन्धी युरोपेली कोर्टमा स्वतन्त्रताको हनन् भएको भन्दै मुद्दा दायर गरेका थिए । युरोपेली कोर्टले सरकारी कानूनलार्इ जायज मानेको हो ।

Comments Off on बेल्जियमको बुर्का निषेध कानूनलार्इ युरोपेली कोर्टको समर्थन

एक महिनामा बेल्जियमबाट ४४७ विदेशी डिपोर्ट

गत एक महिनामा मात्र बेल्जियमले ४४७ विदेशीलार्इ डिपोर्ट गरेको छ । त्यसमध्ये एक हिस्सा आपराधिक गतिविधिमा जेलमा रहेका हुन् भने बाँकी नामंजुर गरिएका शरणार्थी स्टाटसका आवेदक हुन् । सिरिया संकटपछि सन् २०१५ मा ५० हजारले बेल्जियममा शरणार्थी हुन आवेदन दिएका थिए । त्यसमध्ये आधालार्इ स्वीकार गरिएको र बाँकीलार्इ क्रमिक रूपमा डिपोर्ट गरिने यहाँका अध्यागमन मन्त्री थियो फ्रांकेनले बताएका छन् ।

Comments Off on एक महिनामा बेल्जियमबाट ४४७ विदेशी डिपोर्ट

कार पार्कमा बँदेल आक्रमण

लिमबर्गको बेरिङ्गनमा एक महिलालार्इ बँदेलले आक्रमण गरी घाइते बनाइदिएको छ । जगिङ् गरेर फर्कंदै गर्दा कार पार्कमा बँदेल एक्कासी आएर हान्न थालेपछि आफ्नो कुकुरले छेकेर बचाएको पिडित भेर्ले भानहोभले बताएकी छिन् । बेल्जियममा यस्ता घटना फाट्टफुट्ट हुने गर्दछ ।

Comments Off on कार पार्कमा बँदेल आक्रमण

डा. लुक बोकुर अध्यक्षतामा नेपाल-बेल्जियम मैत्री सँघ पुनर्जागृत

जुलाई १ शनिवार बसेल्समा सम्पन्न नेपालका शुभेच्छुकहरूको एक भेलाले नेपाल-बेल्जियम मैत्री सँघ (Nepal-Belgium Friendship Association- BNFA) लाई पुनर्जागृत गर्दै डा. लुक बोकुरको अध्यक्षतामा तदर्थ समितिको गठन गरेको छ । डा. बोकुर नेपालमा चेपाङहरूको हितमा कृयाशील व्यक्तित्व हुन् । समितिको उपाध्यक्षमा श्रीमति हिल्द बोम्स, कोषाध्यक्षमा रवीन्द्र श्रेष्ठ र सचिवमा रोजर द ग्रोन (नेपालका अवैतनिक कन्सुलर) चयन भएका छन् । त्यस्तै भिक्टर…

Comments Off on डा. लुक बोकुर अध्यक्षतामा नेपाल-बेल्जियम मैत्री सँघ पुनर्जागृत

ज्यादा नगद बोक्दा ब्रसेल्स एयरपोर्टमा रंगेहात

ब्रसेल्स एयरपोर्टबाट धेरै नगद पैसा बोकेर यात्रा गर्न खोज्ने १६ सय जनालाई भन्सार अधिकारीहरूले रंगेहात समाते । सन् २०१६ को एक वर्षको अवधिमा सो कार्यवाही भएको यहाँको ‘द तेइद’ म्यागजिनको समाचारमा जनाइएको छ । बेल्जियन कानून अनुसार एक जनाले १० हजार युरोसम्म नगद लैजान पाउँछ र त्यसभन्दा बढी रकम भए भन्सार अधिकारीहरूलाई जानकारी दिनुपर्छ । हालसम्म ब्रसेल्स अन्तर्राष्ट्रिय एयरपोर्टमा यस्तो…

Comments Off on ज्यादा नगद बोक्दा ब्रसेल्स एयरपोर्टमा रंगेहात

ब्रसेल्समा नयाँ वर्ष कार्यक्रम सम्पन्न

नेपाल ब्रुसेल्स मिलन केन्द्र बेल्जियमले गएका बर्षझै, नयाँ नेपाली बर्ष २०७४ साललाई भब्यताको साथ स्वागत गर्दै शुक्रबार १४ अप्रिल २०१७ माबेल्जियमको राजधानी ब्रुसेल्समा भब्यताको साथ सम्पन्न गरेको छ | संस्थाका अध्यक्ष यज्ञ बहादुर गुरुङ्को सभापतित्वमा र बेनेलक्सका महमहिम राजदुत श्री लोक बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको एसकार्यक्रममा , सभापति र प्रमुख अतिथि लगाएत बिशिस्ट अतिथिहरु एन आर एन केन्द्रिय…

Comments Off on ब्रसेल्समा नयाँ वर्ष कार्यक्रम सम्पन्न

ब्रसेल्समा नयाँ वर्ष २०७४ मनाइने

आउँदो अप्रिल १४ शुक्रबार बेलुका ५ बजेदेखि नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा ब्रसेल्समा नेपाली नयाँवर्ष २०७४ मनाउने कार्यक्रम रहेको छ । सो अवसरमा बेल्जियममा रहेका नेपाली बन्धु र नेपाली सँस्कृतिलाइ माया गर्ने सबैलार्इ आमन्त्रण गरिएको छ ।    नेपाल ब्रसेल्स मिलन केन्द्रले ब्रसेल्समा रहनु भएका नेपाली दाजुभाई तथादिदिबहिनीहरु एकैथैलोमा भेला गराएर  मनोरञ्जनका साथमा खानपिन तथा शुभकामना आदानप्रदान  मात्रै नभएर बेल्जियमका चर्चित गाएक नारायण धितालको साथमा स्थानिय कलाकारहरुको जोडदारप्रस्तुतिले दु:ख, पिडा र थकानको भारि बिसाउने प्रयत्न गरिने नेपाल ब्रसेल्स मिलन केन्द्रका महासचिव हरी श्रेष्ठले बताउनु भएको छ| यसको निम्ति नेपाल ब्रसेल्स मिलन केन्द्रले निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न आव्हान गरेको छ- Øबेल्जियम स्थित नेपाली संघ सस्था बाट पाल्नुहुने प्रतिनिधिले  कृपया०७/०४/२०१७…

Comments Off on ब्रसेल्समा नयाँ वर्ष २०७४ मनाइने

महामन्त्री शशांक कोईराला बेल्जियममा

नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशनलाई सम्बोधन गर्न नेता  नेपाली काँग्रेसका महामन्त्री शशांक कोईराला शुक्रवार बेल्जियम आईपुगेका छन्। कोईरालासँगै केन्द्रिय प्रतिनिधिको रुपमा काँग्रेस नेता सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्यद्वय एनपी साउद र चन्द्र भण्डारी पनि  बेल्जियम आईपुगेका छन्। आईतबार हुने समितिको अधिबेशनमा कोईरालाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै छन्। जनसम्पर्क समिति बेल्जियमको मार्च ५ मा अधिबेशन हुँदैछ। आगामी नेतृत्वका लागि सीता…

Comments Off on महामन्त्री शशांक कोईराला बेल्जियममा

ब्रसेल्समा बिमा तालिम

नेपाली व्यवसायी संघ बेल्जियमको आयोजना र नेपाल ब्रसेल्स मिलन केन्द्र ब्रसेल्सको संयोजनमा बेल्जियमबासी नेपालीहरूका निम्ति बिमाबिज्ञद्वारा तालिम  एवंअन्तरक्रिया कार्यक्रम हिजो आइतवार सम्पन्न भयो। उक्त अवसरमा अनिवार्य रुपमा गर्नुपर्ने बिमा, स्वेच्छिक् बिमा, ब्यवसायीले गर्नुपर्ने बिमा , जीवन बिमा, कार बिमा (दुर्घटना भएमा Europees aanrijdingsformulier-EAF कसरी भर्ने) जस्ता विविध बिमासम्बन्धि जानकारीमूलक सूचना प्रवाहित गरिएको थियो । तालिममा नेपाली व्यवसायी संघको बेल्जियमको तर्फबाट अध्यक्ष…

Comments Off on ब्रसेल्समा बिमा तालिम

बेल्जियमको एन्टवर्पमा संरक्षण कविता आन्दोलन

बेल्जियमको एन्टवर्पमा “संरक्षण कविता आन्दोलन, यूरोप” को तेश्रो कार्यक्रम काव्य-गोष्ठी र काव्य-बहससहित १२ फेब्रुअरीमा सम्पन्न भयो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी एनआरएन सँघका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा आन्दोलनको प्रभाववारे प्रकाश पारेका थिए भने आन्दोलनका संयोजक दीपेन्द्र के.सी.ले आन्दोलनबारे चर्चा गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा स्रष्टाहरु शँकर बजगाई, जगदीश सापकोटा, युवराज गुरुङ, जमुना गैरे बाँस्तोला, मोहन खत्री, परमानन्द…

Comments Off on बेल्जियमको एन्टवर्पमा संरक्षण कविता आन्दोलन