बेल्जियमको एउटै नगरपालिकामा ४ नेपाली उमेदवार

आउँदो अक्टोबरमा बेल्जियममा हुने नगरपालिकाको निर्वाचनमा लुभेन नगरपालिकामा मात्रै ४ नेपाली उमेदवार हुने भएका छन् । यहाँको प्रख्यात विश्वविद्यालयका कारण लुभेन विश्वभर परिचित छ । र यही लुभेन नगरपालिकाको एक प्रमुख आप्रवासी समुदायका रूपमा नेपालीहरू रहेका छन् । यसै कारण यहाँका प्रमुख राजनीतिक पार्टीहरूले नेपालीलाई मैदानमा उतारेका हुन् । लुभेन नगरपालिकामा लामो समयदेखि चुनाव जित्दै आएको S.P.A. ले सूर्य ढकाललाई…

Comments Off on बेल्जियमको एउटै नगरपालिकामा ४ नेपाली उमेदवार

नयाँ वर्षका अवसरमा लुभेनमा नेपाल महोत्सव

नेपलाी नयाँ वर्ष २०७५ तथा ११ औं नेपाल महोत्सव एनआरएन बेल्जियमको आयोजना तथा नेपाली राजदूतावास, यहाँस्थित विभिन्न नेपाली तथा स्थानीय सँस्थाहरुको सहआयोजनामा हिजो १४ अप्रिल २०१८ का दिन मनाईयो । महोत्वसको उदघाटन प्रमुख अतिथी बेल्जियमका लािग नेपाली राजदूत लोक बहादुर थापाले पानसमा मैन प्रज्वलन गरी गरेका थिए ।  महोत्सवको उदघाटन सत्रमा महामहिम राजदूत थापाले लगानी र पर्यटनको लागि नेपाल सुरक्षित…

Comments Off on नयाँ वर्षका अवसरमा लुभेनमा नेपाल महोत्सव

लुभेनमा चैते दशैं कार्यक्रम

बागलुड. समाज बेल्जियमको आयोजनामा लुभेनमा गत २६ मार्चका दिन साँस्कृतिक कार्यक्रमका साथ चैते दशैं पर्व मनाइयो । बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाले प्रमुख अतिथीको आसनबाट उदघाटन गर्दै विदेशमा पनि आफनो मौलिक सँस्कृतिलाई जोगाउनु सह्रानीय भएको बताउनु भयो । उदघाटन कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहाल, एनआरएन केन्द्रीय सचिव जानकी गुरुड., स्थानीय लुभेन नपाका उपमेयर रुदवानी, लुभेन नपाकी साँस्कृतिक…

Comments Off on लुभेनमा चैते दशैं कार्यक्रम

‘नेपाल आइडोल्स’ साँगीतिक साँझ एन्टवर्पमा

नेपाली  साँगीतिक क्षेत्रमा नयाँ पुुस्तावीच रोचक प्रतिस्पर्धाबाट ख्याति आर्जन गर्दै स्थापित  गायकहरु बुुद्ध लामा, प्रताप दास र निशान भट्टराई उदघोषक शुुशील नेपालका साथ साँगीतिक प्रस्तुुतिका लागि २९ मार्चदेखि यूूरोप आउने कार्यक्रम तय भएको  छ । यूरोपका विविध राष्ट्रहरुमा कार्र्यक्रमहरु दिने सिलसिलमा एनआरएन बेल्जियमको आयोजनामा शनिवार ७ अप्रिल २०१८ का दिन अपरान्ह २ः३० बजेदेखि एन्तोर्पेनमा साँगीतिक कार्यक्रम हुुने भएको छ ।…

Comments Off on ‘नेपाल आइडोल्स’ साँगीतिक साँझ एन्टवर्पमा

बेल्जियमको पृथकतावादी पार्टीबाट नगरपालिका निर्वाचनमा नेपाली उमेदवार

बेल्जियमको फ्लेमिश राष्ट्रवादी दल एन.भे.आ. (न्यू फ्लेमिश एलायन्स) ले यहाँको पर्यटकीय सहर ब्रुजको नगरपालिका बोर्डमा नेपाली मूलका कुशल श्रेष्ठलाई उमेदवार बनाउने भएको छ । २४ वर्षिय श्रेष्ठ १५ वर्षको उमेरमा बेल्जियम आएका थिए । उनका अभिभावकहरू त्यस पहिल्यै बेल्जियममा आएर काम गरिरहेका स्थायी बासिन्दा हुन् । एन.भे.आ. बेल्जियमको सबैभन्दा ठूलो र सत्तारूढ दल हो । शान्तपूर्ण रूपमा र नागरिक सचेतता…

7 Comments

नयाँ वर्ष २०७५ को अवसरमा लुभेनमा नेपाल महोत्सव

नेपालको सँस्कृतिक एवँ पर्यटन प्रवद्र्धन, स्थानीय स्तरमा समाजिक सहभागिताका लागि एनआरएन बेल्जियमव्दारा हरेक वर्ष आयोजना गरिने नेपाल महोत्वस यो वर्ष नेपाली नयाँवर्ष २०७५ सँगै बेल्जियमको लुभेन  शहरको स्टेशनमा आउँदो १४ अप्रिल शनिवार आयोजना गरिने भएको छ । नेपाली राजदूतावासको सँरक्षकत्वमा स्थानीय लुभेन नगरपालिका, नेपाली पर्यटन दूतहरु, स्थानीय गैसस महासँघ एआईएफ, बेल्जियम नेपाल मैत्री सँघ,   बेल्जियमस्थित सम्पूर्ण नेपाली सँघसंस्थाहरु सहआयोजक रहेका…

Comments Off on नयाँ वर्ष २०७५ को अवसरमा लुभेनमा नेपाल महोत्सव

ब्रसेल्समा घरको मूल्य घट्यो

सन् २०१७ को जनवरीदेखि सालको अन्तसम्मको मूल्य दर हिसाब गर्दा ब्रसेल्समा घरको मूल्य घटेको पाइएको छ । यो घटेको दर सरदरमा २.५ प्रतिशत रहेको छ । मूल्य विश्लेषण अनुसार २०१७ को जनवरीमा ४ लाख ३० हजार युरोमा पाइने घर अहिले १० युरो सस्तोमा किन्न पाइन्छ । तर फ्ल्याटको मूल्य भने ३ प्रतिशतले बढ्दो छ । ब्रसेल्समा एउटा फ्ल्याटको सरदर मूल्य २…

Comments Off on ब्रसेल्समा घरको मूल्य घट्यो

बेल्जियमका आधा रेस्टुरेन्टमा ब्ल्याकबक्स जोडिएका छैनन्

बेल्जियमका ८० प्रतिशत रेस्टुरेन्टमा ब्ल्याकबक्स  जडान भए पनि आधा जसो रेस्टुरेन्टमा कार्यान्वित हुने गरी ब्ल्याकबक्स कनेक्टेट छैनन् । 'ला लिब्र बेल्जिक' पत्रिकाको समाचार अनुसार २७ हजार रेस्टुरेन्टले ब्ल्याकबक्सको मशिन जडान त गरेका छन् तर केवल २० हजार रेस्टुरेन्ट मात्र कर कार्यालयको प्लग-इनसँग जोडिएका छन् । सबै रेस्टुरेन्टहरू कर कार्यालयको प्लग-इनसँग नजोडिनुमा राजनीतिक नेतृत्वको कम चासो भएको आलोचकहरूले बताएका छन् । आउँदो चुनावलाइ…

Comments Off on बेल्जियमका आधा रेस्टुरेन्टमा ब्ल्याकबक्स जोडिएका छैनन्

१९ फ्रेब्रुअरीमा ब्रसेल्समा प्रजातन्त्र दिवस

६८ अाैं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ब्रसेल्सस्थित नेपाल दूतावासले एक शुभकामना कार्यक्रमको आयोजना गरेको छ । १९ फ्रेब्रुअरी सोमबार आयोजित सो कार्यक्रममा बेनेलक्स मुलुकहरू ( बेल्जियम, नेदरल्याण्ड र लक्जेमबर्ग) मा बसीरहेका सबै नेपालीहरूलाइ आमन्त्रण गरिएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा निमन्त्रणा  पत्रमा स्थान र समय उल्लेख गरिएको छ ।  

Comments Off on १९ फ्रेब्रुअरीमा ब्रसेल्समा प्रजातन्त्र दिवस

बेल्जियममा गैरकानूनी ‘ट्रान्जिट’ आप्रवासी निशानामा

बेल्जियन गृहमन्त्री यान जान्बोनले बेल्जियम हुँदै यताउता गर्ने गैरकानूनी 'ट्रान्जिट' आप्रवासीलाइ निशाना गरी नीति बनाएका छन् । सो कुरा उनले सोमबार यहाँको एक पत्रिकालाइ दिएको अन्तरवार्तामा उल्लेख गरेका हुन् । बेल्जियन राजमार्ग हुँदै मानव अोसारपसार हुने तथ्य खुल्दै गएपछि जान्बोनले सुरक्षा गस्ती बढाउन प्राइभेट कम्पनीलाइ समेत साथ लिएका हुन् । जसअनुसार ट्रेन स्टेशन, बन्दरगाह र राजमार्गहरूमा प्रहरी निरिक्षण बढाइएको छ ।…

Comments Off on बेल्जियममा गैरकानूनी ‘ट्रान्जिट’ आप्रवासी निशानामा

क्याट बेल्जियमको अध्यक्षमा भुवन सुवेदी

परोपकार नै मानवीय धर्म हो भन्ने मुल मन्त्रलाइ अात्मसाथ गर्दै २००५ मा स्थापित यस चितवन सहायता कोष बेल्जियमले १२ औं वसन्त पार गर्दै छैटाैं अधिवेशन भव्य रूपमा सम्पन्न भयो । कोषका अध्यक्ष श्री दिनेश प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास ब्रसेल्सका महामहिम राजदुत श्री लोक बहादुर थापा हुनुहन्थ्यो भने विशिष्ट अतिथीमा गैर अवासीय नेपाली संघ बेल्जियमका…

Comments Off on क्याट बेल्जियमको अध्यक्षमा भुवन सुवेदी

एनआरएन संघ अध्यक्ष घलेको एन्टवर्पमा भेटघाट कार्यक्रम 

एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेको उपस्थितिमा यही २५ सेप्टेम्वरमा एन्तोरपेनमा स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भयो । राष्ट्रिय गीतसँगै मैन प्रज्वलन गरी कार्यक्रमका प्रमुख अतिथी महामहिम राजदूत लोक बहादुर थापा, विशेष अथिती अध्यक्ष घले तथा कार्यक्रमका सभापति एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहालले सँयुक्त रुपमा कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा यूरोपका अन्य राष्ट्र तथा अमेरिका र अष्ट्रेलियाबाट पनि एनआरएनका…

Comments Off on एनआरएन संघ अध्यक्ष घलेको एन्टवर्पमा भेटघाट कार्यक्रम 

ब्रसेल्समा दसैं मनाइने

आउँदो सेप्टेम्बर २४ आइतबारको दिन दिउसोको  बजेदेखि नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा ब्रसेल्लमा बडादसैं मनाउने कार्यक्रम  तय भएको केन्द्रका महासचिव हरीश्रेष्ठले बताएका छन् ।
 
पाल ब्रुसेल्स मिलन केन्द्रले ब्रुसेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर  दसैको मनोरञ्जनका साथमा खानपिन तथा सुभकामना आदानप्रदान मात्रै नभएर स्थानियकलाकारहरुको जोडदार प्रस्तुतिको  साथमा दु:पिडा  थकानको भारि बिसाउने प्रयत्न गर्नेछ|

(more…)

Comments Off on ब्रसेल्समा दसैं मनाइने

बेल्जियममा मोती जयन्ति

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा १५२ औं मोती जयन्ती १० सेप्टेम्वरका दिन लुभेनमा मनाइयो । नेपाली साहित्यमा गजल लेखनका अगुवा, समालोचक एवँ अन्वेषक भट्टलाई सम्झदै दीप प्रज्वलनबाट शुरु कार्यक्रम  अनेसास बेल्जियमका  का.वा. अध्यक्ष राजकुमार पुडासैनीको सभापतित्वमा भएको थियो ।  जयन्तीमा बिमल गिरी, दीपेन्द्र के.सी, राजकुमार पुडासैनी, बिष्णु सापकोटा, सौरभ कारञ्जित, मोहन खत्री, माधव सापकोटा, परमानन्द सापकोटा, राम प्रसाद सापकोटाले…

Comments Off on बेल्जियममा मोती जयन्ति

ब्रसेल्समा तीज मनाइने

आउँदो जुलाई २० आइतबार ब्रसेल्समा नेपाली नारीहरुको महान पर्व हरितालिका तीज कार्यक्रम आयोजना हुने भएको छ।   नेपाल ब्रुसेल्स मिलन केन्द्रको आयोजनामा हुन गईरहेको यस वर्षको तीज कार्यक्रमको उदेश्य बेल्जियममा रहनु भएका नेपाली दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर तीजको मनोरञ्जनका साथमा खानपिन तथा सुभकामना आदानप्रदान गर्ने भएको हुदा आगामी अगस्त २० तारिख आइतबार  बेल्जियममा रहनु भएका सम्पूर्ण दिदिबहिनीहरु तथा दाजुभाइहरुको उपस्थितिकाको लागि…

Comments Off on ब्रसेल्समा तीज मनाइने