Blogs

Oct 052017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

नेपाली साहित्यिक पत्रकारितामा लामो समयदेखि आबद्ध वरिष्ठ पत्रकार नगरेन्द्र राज शर्मा र रोचक घिमिरेलाई यसवर्षको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट ‘पद्मश्री साधना सम्मान’ अर्पण गरिएको छ । यस्तै ‘पद्मश्री साहित्य पुरस्कार’बाट युवाकवि नवराज पराजुलीलाई प्रदान गरियो ।यो सम्मान हरेक बर्ष दिइन्छ ।

प्रतिष्ठानले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन दिइने साहित्यिक पुरस्कार विहीवार एक समारोहकाबीच यस वर्षमा तीनजना सर्जकलाई प्रतिष्ठानका अध्यक्ष तथा लेखक जीवा लामिछानेद्वारा प्रदान गरिएको हो । प्रतिष्ठानले प्रत्येक स्रष्टालाई दुइ-दुइ लाख नगद र प्रमाणपत्रले  सम्मान गर्दै आएको छ ।

बि.सं. २०२८ देखि साहित्यिक पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका स्रष्टा नगेन्द्रराज शर्माका ‘महापुरुष’ र ‘दिवास्वप्न’ र ‘पीपलको बोटमुनि’ र एकान्तका आफन्तहरु कथासंग्रह प्रकासित छन् । शर्माले विभिन्न पत्रपत्रिकामा कविता, कथा र निबन्धहरु प्रकासित छन् । शर्मा २०२७ देखि ‘अभिव्यक्ति’ दुइमहिने साहित्यिक पत्रिकाका सम्पादन समेत हुन् ।

यसैगरी बि.सं. २०१८ देखि ‘रचना’ साहित्यिक पत्रिका प्रकाशन गर्दै आएका रोचक घिमिरे ‘सम्झनामा फक्रिएका थुँगाहरु’ ‘अनुहार र अनुभूति’ निबन्ध संग्रह प्रकासित छन् । उहाँका विभिन्न पत्रपत्रिकामा कविता, कथा र समसामयिक लेखहरु प्रकासित छन् ।

फोटोहरू- जीवा लामिछानेको फेसबुक पृष्ठबाट

अर्का पुरस्कृत श्रष्टा नवराज पराजुलीलाई यस वर्षको कविता संग्रह ‘सगरमाथाको गहिराई’ लाई प्रदान गरिएको हो । यसअघि प्रतिष्ठानद्वारा राष्ट्रकवि माधव घिमिरे, बरिष्ठ आख्यानकार स्वर्गीय मदनमणी दीक्षित, बरिष्ठ साहित्यकार सत्यमोहन जोशी, धुर्वचन्द्र गौतम र वैरागी कायँला साथै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सम्मान गरिसकेको छ ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष जीवा लामिछानेले संस्थाको गतिविधिबारेमा प्रकाश पारेका थिए । कार्यक्रममा पुरस्कृत साहित्यकारहरु नगेन्द्रराज शर्मा, नवराज पराजुलीले आ-आफ्नो मन्तब्य राखेका थिए ।

Sep 212017
 
अमेरिकाको नेपाली मन्दिरमा बुद्धको मूर्ति

अमेरिकाको म्यारिल्यान्ण्ड राज्यको वेल्सभिलस्थित नेपाली मन्दिरमा भगवान् गौतम बुद्धको मूर्ति अनावरण गरिएको छ। मूर्तिलाई विनोद चौधरीकी श्रीमती सारिका चौधरी र  अमेरिकाका लागि महामहिम नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले संयुक्त रुपमा  लुम्बिनी बगैंचा सहितको बुद्धको मूर्ति [ थप …]

Aug 072017
 
एनआरएनसँघ केन्द्रीय कार्यदलको निर्णय अमेरिकाकी निर्वाचन समिती प्रमुखलाई अमान्य

एनआरएन अमेरिकाको अध्यक्षमा गौरी जोशीको उम्मेद्वारीबारे बल्झेको विवाद झन् बल्झिएको छ । केन्द्रीय कार्यदलले दिएको सुझावविपरित एनआरएन अमेरिकाकी निर्वाचन समिती प्रमुख बन्दिता शर्मा दाहालले जोशीको उम्मेद्धारीको लागि आवश्यक योग्यता नपुगेको कुरा फेरि दोहोर्याएपछि विवाद अझ [ थप …]

Jul 242017
 
क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

क्यानेडियन प्र.मं. जस्टिन ट्रुदो टोरोन्टोले हिजो श्री स्वामीनारायण हिन्दू मन्दिरको दसाैं वार्षिक कार्यक्रममा भाग लिंदै प्रार्थना गरे । उनले क्यानडाका हिन्दू समुदाय र क्यानेडियन मूल्य र मान्यताहरूबीच सामन्जस्यता रहेको उल्लेख गरे । पूजाका क्रममा उनले [ थप …]

Jul 042017
 
मेस्सीको विवाहको भव्य तयारी

अर्जेन्टिनाका चर्चित फुटबल स्टार लियोनल मेस्सीको वैवाहिक समारोहको लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने गरेका मेस्सीको विवाहको खबरले उनका समर्थक तथा विश्वभरका फुटबल समर्थकहरुले बिशेष चासोको रुपमा [ थप …]

Jun 042017
 
ज्यादा नगद बोक्दा ब्रसेल्स एयरपोर्टमा रंगेहात

ब्रसेल्स एयरपोर्टबाट धेरै नगद पैसा बोकेर यात्रा गर्न खोज्ने १६ सय जनालाई भन्सार अधिकारीहरूले रंगेहात समाते । सन् २०१६ को एक वर्षको अवधिमा सो कार्यवाही भएको यहाँको ‘द तेइद’ म्यागजिनको समाचारमा जनाइएको छ । बेल्जियन [ थप …]

 Tagged with:
May 022017
 
‘रङ नम्बर’ डायल गरेर ‘राइट रिजल्ट’ कहिँ पाईन्छ?

आइतबार सम्पन्न फ्रान्सको राष्ट्रपति निर्वाचनमा सत्तारूढ सोसलिस्ट पार्टीका उमेदवार बेन्वा आमोंले ७ प्रतिशतभन्दा कम मत पाएर पाँचौँ भए। प्रष्टै छ, फ्रान्सका मतदाताले सत्तारूढ राष्ट्रपति फ्रँस्वा ओलाण्डको कार्य-अकुशलता हेरेर भोट दिए। नेपालको सन्दर्भमा यस्तो संभव छ? [ थप …]

 Tagged with:
May 022017
 
लोकल हिरो

कथा पंचम अधिकारी ♦ म एकदम शान्त र लजालु ठिटो हुँ । एकदिन मेरो स्तर उकास्नै पर्‍यो भनेर निश्चय गरेँ । २३ वर्षे उमेरमा कम्प्युटर इन्जिनियर भएर पनि गोज्याङ्ग्रो नाम मैले नै कमाएको थिएँ । पढ्न [ थप …]

 Tagged with:
Apr 182017
 
ए नयाँ बर्ष !

आज फेरि हाम्रो नेपाली क्यालेनडरले एउटा नयाँ फन्को मारेको छ नेपाली जनमानसमा फेरि एउटा अलौकिक आशाको किरण परेको छ–२ तर क्यालेनडरका दिनमात्रै अघि बिकाश त उही धेरै पछाडीनै छ महंगी, अव्यवस्था, अराजकता, दुर्गन्ध र फोहोर [ थप …]

Mar 072017
 
निम्न आय हुनेले बेल्जियममा पाउँछन शैक्षिक भत्ता

बेल्जियम सरकार द्वारा पढाइमा थप आर्थिक सहयोग (के हो Studietoelagen ?) बेल्जियममा फ्लेमिस सरकारले, निम्न आम्दानी भएका परिवारहरुलाई पठन पाठनमा बाधा नहोस भनेर थप सुबिधा स्वरुप दिने आर्थिक सहयोगलाइ Studietoelagen भनिन्छ  । यो सुबिधा भाषाका पाठशाला र उच्चबिधालयहरुमा [ थप …]

Nov 142016
 
एन.आर.एन. नागरिक अधिकार कुण्ठित गर्ने प्रयास

– डा. विनय श्रेष्ठ नेपालको नयाँ संविधानले राजनीतिक अधिकार बिनाको भए पनि गैर-आवासीय नेपाली नागरिकताको अधिकार प्रत्याभूत गरेपछि गैर-आवासीय नेपालीहरुले यसलाई एक आंशिक सफलताको रुपमा ग्रहण गर्दै खुशीले दंग परेका थिए। तर हालका केही घटनाले [ थप …]

 Tagged with:
Nov 092016
 
हरियो पासपोर्टको अवगाल

हालै लन्डनको ट्रान्जिट हुँदै अमेरिका गएर फर्केका एक मित्रलाई भेट्दा उनले भटाभट हरियो पासपोर्टलाई गाली गर्न थाले । औसत अमेरिकीको भन्दा कम आम्दानी नभएकाले पनि होला खल्तीको हरियो पासपोर्टकै कारणले दोस्रो दर्जाको पर्यटक हुनुपरेको उनको [ थप …]

Oct 062016
 
इटालीमा पनि नेपाली मोडल

केहि समय यता विदेशमा नेपालीहरुले बिभिन्न क्षेत्रमा धेरै प्रगति गर्दै आइरहेका छन् । आफ्नो मातृभुमि छोडी विदेशमा भविस्य उज्वल बनाउन आएका नेपालीहरु आ आफ्नो प्रतिभालाइ बिभिन्न माध्यमद्वारा प्रस्तुत गर्ने गरेको पाइरहेका छौँ । यस्तै प्रतिभाशालि [ थप …]

Aug 232016
 
भत्केको मर्यादाक्रम

 डिल्ली राम अंमाई, प्यारो गरी नेतादेखि कलाकर्मी, सरकारदेखि अख्तियार, सार्कदेखि यूएनओ साथै संसारका माथिल्ला वैधानिक निकायहरुले संवोधन गरिने एउटा कर्मीको नाम हो “संचारकर्मी । भनिन्छ, २४ घण्टमा संसारभरका यिनै कर्मीहरुले आफ्नो कलममा चावी लगाईदिए भने [ थप …]