जापानमा तीज फेस्टिवल आयोजना हुने

नेपाल राष्ट्रिय लोक दोहोरो प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी, लुट कान्छा लुटका गायक पशुपति शर्मा, लोक गायिक सम्झना भण्डारी, प्रताप दास, रमेश राज भट्टाराई, मन्जु पौडेलले यही नोभेम्बर १ तारिखमा जापानमा तीज विशेष कार्यक्रममा दमदार प्रस्तुति दिने निश्चित भएको डेस्टीनी क्रियसनका कोअर्डीनेटर अश्सा खत्रीले जानकारी दिइन्। एनआरएनए जापान र माईती नेपालको संयुक्त रुपमा स्थापना गरिएको महिला हिंसा तथा चेलिबेटी बेचविखन बिरुद्धको…

Comments Off on जापानमा तीज फेस्टिवल आयोजना हुने

अमेरिकामा पनि छ, नेपालीपन

आफ्नो मौलिक संस्कार, संस्कृति तथा भाषा, धर्म जोगाउन अमेरिकामा रहेका नेपालीलाई धौधौ छ। उनीहरूले भावी पुस्तालाई हस्तान्तरण गर्नु दायित्व सम्झिएका छन्। ‘नयाँ पुस्तालाई धर्म, संस्कृति, संस्कार र भाषा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो’, ८६ वर्षीय हस्तबहादुर खड्का भन्छन्। उनी २० वर्षदेखि न्युयोर्कमा बस्दै आएका छन्। हस्तबहादुरको पुस्ता र अधबैंसेहरूको समूह नेपाली धर्म, संस्कार जगेर्ना गर्न सक्रिय भएर लागेको पाइन्छ। अमेरिकाका…

Comments Off on अमेरिकामा पनि छ, नेपालीपन

नयाँ वर्षका अवसरमा लुभेनमा नेपाल महोत्सव

नेपलाी नयाँ वर्ष २०७५ तथा ११ औं नेपाल महोत्सव एनआरएन बेल्जियमको आयोजना तथा नेपाली राजदूतावास, यहाँस्थित विभिन्न नेपाली तथा स्थानीय सँस्थाहरुको सहआयोजनामा हिजो १४ अप्रिल २०१८ का दिन मनाईयो । महोत्वसको उदघाटन प्रमुख अतिथी बेल्जियमका लािग नेपाली राजदूत लोक बहादुर थापाले पानसमा मैन प्रज्वलन गरी गरेका थिए ।  महोत्सवको उदघाटन सत्रमा महामहिम राजदूत थापाले लगानी र पर्यटनको लागि नेपाल सुरक्षित…

Comments Off on नयाँ वर्षका अवसरमा लुभेनमा नेपाल महोत्सव

शनिवार लुभेनमा नेपाल महोत्सव

यहाँको लुुभेन शहरमा आउदो शनिवार १४ अप्रिलमा हुुन गैरहेको नेपाली नयाँ बर्ष तथा ११ औं नेपाल महोत्सवको व्यवस्थापकीय तथा अन्य तयारी अन्तिम चरणमा पुुगेको कार्यक्रम सँयोजक तथा एनआरएन बेल्जियमका उपाध्यक्ष खडक केसीले जान जानकारी दिएका छन् । एनआरएन बेल्जियमको मुुख्य आयोजन तथा अन्य बेल्जिक र  नेपाली सँघसँस्थाहरुको सहआयोजनमा  स्थानीय ट्रेन स्टेशनको प्राङ्गणमा हुुने सो कार्यक्रममा बेल्जियम स्थित नेपाली राजदूूत, स्थानीय …

Comments Off on शनिवार लुभेनमा नेपाल महोत्सव

तिन सय बढी गुरुङ चलचित्र

एकातिर मूलधारका नेपाली फिल्ममा नयाँ नयाँ खोज र प्रयोग भइरहेको छ भने अर्कातिर गुरुङ कलाकारहरू आफ्नो मौलिक संस्कृति जोगाउन सामुदायिक फिल्म बनाउन व्यस्त छन्। उनीहरूको मुख्य उद्देश्य गुरुङ समुदायको मौलिक संस्कार, संस्कृति, भेषभूषाको संरक्षण र प्रचारप्रसार गर्नु रहेको सिनेमाकर्मी प्रीतम गुरुङ बताउँछन्। ‘गुरुङ गाउँबस्तीको संस्कृति, रहनसहन, भाषा, भेषभूषाको संरक्षण गर्न गुरुङ सिनेमा बनाइन्छ’, २२ वर्षदेखि गुरुङ चलचित्र क्षेत्रमा काम गर्दै…

Comments Off on तिन सय बढी गुरुङ चलचित्र

ल्होसार एक, तिथिमिति किन अनेक ?

नेपाल विश्वमा संस्कृतिको अथाह भण्डार रहेको देश हो । राष्ट्रको संस्कृतिको भण्डारलाई पूर्णता दिने स्रोत ल्होसारजस्ता प्रभावशाली पर्वले सांस्कृतिक महिमा निर्वाह गरिरहेको देखिन्छ । ल्होसार वा ल्होछार, वर्ष, साल वा संवत् फेरिनु अर्थात् ल्हो भनेको वर्ष तथा छार भनेको नयाँअर्थात् नयाँ वर्षको पहिलो दिन हो । नेपालका गुरुङ, तामाङ, शेर्पा तथा डोल्पाली, ह्योल्मो, लोमी, लामाभोटे आदिले महोत्सवसाथ मनाउने अत्यन्त प्रिय…

Comments Off on ल्होसार एक, तिथिमिति किन अनेक ?

अमेरिकाको नेपाली मन्दिरमा बुद्धको मूर्ति

अमेरिकाको म्यारिल्यान्ण्ड राज्यको वेल्सभिलस्थित नेपाली मन्दिरमा भगवान् गौतम बुद्धको मूर्ति अनावरण गरिएको छ। मूर्तिलाई विनोद चौधरीकी श्रीमती सारिका चौधरी र  अमेरिकाका लागि महामहिम नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले संयुक्त रुपमा  लुम्बिनी बगैंचा सहितको बुद्धको मूर्ति अनावरण गरेका हुन्। समारोहमा विनोद चौधरी, उनकी श्रीमती सारिका चौधरी, नेपाल सरकारका अवैतनिक महा–बाणिज्यदूत प्रेमराजा महत, एनइसीसीका संस्थापक डा।हरि शर्मा,  लामागुरु पेमा लामा, बौद्ध धर्म…

Comments Off on अमेरिकाको नेपाली मन्दिरमा बुद्धको मूर्ति

ब्रसेल्समा दसैं मनाइने

आउँदो सेप्टेम्बर २४ आइतबारको दिन दिउसोको  बजेदेखि नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा ब्रसेल्लमा बडादसैं मनाउने कार्यक्रम  तय भएको केन्द्रका महासचिव हरीश्रेष्ठले बताएका छन् ।
 
पाल ब्रुसेल्स मिलन केन्द्रले ब्रुसेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर  दसैको मनोरञ्जनका साथमा खानपिन तथा सुभकामना आदानप्रदान मात्रै नभएर स्थानियकलाकारहरुको जोडदार प्रस्तुतिको  साथमा दु:पिडा  थकानको भारि बिसाउने प्रयत्न गर्नेछ|

(more…)

Comments Off on ब्रसेल्समा दसैं मनाइने

ब्रसेल्समा भब्यताकासाथ तीज सफल

नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिज अगस्ट २० आइतबार  बेल्जियमको ब्रसेल्स सहरमा धुमधामका साथ मनाइयो  ।नेपाल ब्रुसेल मिलन केन्द्रको आयोजनामा सम्पन्न भएको सोकार्यक्रममा ब्रुस्सेलबासी महिला दिदिबहिनी मात्रै नभएर  बेल्जियमका अन्य सहरबाट पनि राता सारी र भरिपूर्णघरगहनाले सजिएर आउने दिदिबहिनीहरुको घुइचो उतिकै थियो। साथमा  नेपालीदाजुभाइहरुको भिड पनि कम थिएन तीजका गीतमा रमाउदै नाच्दै आफुलाई सात समुन्द्र पारीको अनुभूतिलाइ धेरै हदसम्म कमाएको हसिलो अनुहारहरुमा प्रष्ट देखिन्थ्यो । नेपाल ब्रुसेल मिलन केन्द्रका अध्यक्ष यज्ञ बहादुर गुरुङको अध्यक्षता र बेनेलक्सका  कार्यबाहक महामहिम राजदुत श्री सुधिर भट्टराईको प्रमुख आतिथ्यमा सुरु भएको यस कार्यक्रममा एन. आर. यन. बेल्जियमका अध्यक्ष गंगाधरगौतम , उपाधक्ष्य पदम  गुरुङ, ब्यबसायी संघ बेल्जियमका अध्यक्ष सि पि भट्ट, लगाएत अन्य थुप्रै संघ सस्था बाट पाल्नुभएका बिशिस्ट व्यक्तिहरुको  उपस्थिति थियो  । र उद्घाटन कार्यक्रम संगसंगै  संगसंगै  २३ जुनमा नर्वेमा फुटबलमा भाग लिएर आउने खेलाडीहरुको स्वागत र धन्यवाद समारोह गर्दै उहाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो। यस कार्यक्रममा, कार्यक्रम संयोजिका संगीता कार्कीले स्वागत भाषण गर्नुभएको थियो भने संस्थापक अधक्ष्य पारश गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने एन. आर. यन. बेल्जियमका अधक्ष्य गंगाधर गौतम, कार्यबाहकमहमहिम राजदुत श्री सुधिर भट्टराई र अध्यक्ष यज्ञ बहादुर गुरुङले  छोटो मिठो मन्तब्य दिनुभएको थियो । बेल्जियम भरिका २५० भन्दा बढी महिला दिदिबहिनी र दाजुभाईको उपस्थिति भएको एस कार्यक्रममा दिउसै देखि रातीसम्मै नाथाकिकनै दिदि बहिनी नाचेर रमाइलो गरे भने दाजुभाई पनि "सुत्केरीको नाउ परि टाउको मैले खायाँ" भने जस्तै गरि मौका पाउने बित्तिकै नाचिहालेको थियो। संस्थाको महासचिब हरी कृष्ण श्रेष्ठले  कार्यक्रम सन्चालन् गरेको थियो भने सांस्कृतिक कार्यक्रम लाइ शुसिला रोक्का र मन्जु भुसालले अतिनै मनमोहक ढंगले चलाएका थिए | डि. जे. देवकाजी गुरुङले  सांगीतिकपक्ष हेर्नुभएको थियो | ब्यवस्थापनले महिला-पुरुष सबैलाईलाई निसुल्क  प्रवेश तथा नि:सुल्क खानाको व्यवस्था गरेको थियो |   एस तीज कार्यक्रममा बिभिन्न संघ संस्था तथा ब्यक्तीबिसेषबाट पनि अर्थिक सहयोग आएको थियो। यतीमात्रै नभएर क्लबका सकृय साथीहरुले  भएभरको दिल, दिमाग र मेहनत लगाएर एस कार्यक्रम सफल बनाएक थिए। जस्मा :- टेबुल कुर्चीमिलाउने: अर्जुन घिमिरे, नारायण सापकोटा, राजन थापा, मोहन रोक्का , शान्तामानी सृम्खादा, नरेश खड्का, र तेजेन्द्र रोक्का ड्रिण्क्स बारमा: कृष्ण भण्डारी यातायातमा: अर्जुन घिमिरे.हरी कृष्ण श्रेष्ठ, तेजेन्द्र रोक्का र संगीत समायोजन: येदिना के. सी., देवकाजी गुरुङ हल सजाउने मिलाउने: तेजेन्द्र रोका, हरी कृष्ण श्रेष्ठ, नरेश खड्का , मोहन रोका , राजन थापा, नारायण सापकोटा…

Comments Off on ब्रसेल्समा भब्यताकासाथ तीज सफल

नागपञ्चमीसम्बन्धी दुई प्रचलित कथा

नागपञ्चमी किन मनाइन्छ ? कथा १: एक राजाका सात पुत्र थिए । उनीहरू सबैको विवाह भइसकेको थियो । तीमध्ये ६ वटा छोराका सन्तान भइसकेका थिए । कान्छो छोरोको चाहिँ सन्तान भएको थिएन । कान्छी बुहारीलाई जेठानीहरूले बाँझी भन्दै गिज्याउँथे । सन्तान नभएको दुःखमा परेकी उनी सासू, नन्द र जेठानीहरूको व्यंग्यवाण सहन नसकेर धुरुधुरु रुन्थिन् । उनका पतिले सम्झाउँथे, ‘सन्तान हुनु…

Comments Off on नागपञ्चमीसम्बन्धी दुई प्रचलित कथा

क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

क्यानेडियन प्र.मं. जस्टिन ट्रुदो टोरोन्टोले हिजो श्री स्वामीनारायण हिन्दू मन्दिरको दसाैं वार्षिक कार्यक्रममा भाग लिंदै प्रार्थना गरे । उनले क्यानडाका हिन्दू समुदाय र क्यानेडियन मूल्य र मान्यताहरूबीच सामन्जस्यता रहेको उल्लेख गरे । पूजाका क्रममा उनले पुजारीलार्इ क्यानडाको भलो हुने संकल्प गर्न अनुरोध गरेका थिए । क्यानडाका अल्पसंख्यक समुदायहरूमा पनि ट्रुदो निकै लोकप्रीय मानिन्छन् ।

Comments Off on क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

कस्तो होला अान्त्रोपेनमा नेपाल फेस्टिबल ?

♦ डिल्लीराम अम्माई ♦ भोलि १५ जुलाईमा बेल्जियमको आन्तोर्पेनको पनि ग्रोनप्लातमा नेपाल फेस्टिबल आयोजना गरिएको छ । मातृभुमि प्रति मनोबैज्ञानिक मोह जगाउने यो फेस्टिबलमा आफ्ना लालाबाला सहित बेल्जियमबासी नेपालीहरू उपस्थित हुने अपेक्षा गरिएको छ । हामीले त नेपाल आफै नरहे मात्रै भुलौंला तर बेल्जियममै हुर्केका हाम्रा सन्ततिहरुले भुल्न सक्छन नेपाल ! उनीहरुलाई नेपाली महोत्सबमा ल्याएर नेपाल देश र संस्कृतिप्रति चाख जगाउनु…

Comments Off on कस्तो होला अान्त्रोपेनमा नेपाल फेस्टिबल ?

ब्रसेल्समा नेपाली भाषाका विद्यार्थीहरूले मनाए सरस्वती पूजा

"नेपाल ब्रसेल्स बाल साँस्कृतिक केन्द्र" ले आफ्नो स्थापना दिवसको अवसरमा प्रथम अभिभावक दिवस तथा सरस्वती पूजा गत माघ २२ गते अर्थात फेब्रुवरी ४ मा एक समारोहका बीच मनाएको छ । नेपाल ब्रसेल्स मिलन केन्द्रको सकृयतामा बेल्जियममा रहेका नेपाली बालबालिकाहरूलाई लक्षित गरि नेपाली भाषा कला  र संस्कृति सिकाउने हेतुले एक बर्ष अघि देखि बेल्जियमको राजधानी ब्रसेल्समा कक्षाहरू संचालन भइ रहेको छ…

Comments Off on ब्रसेल्समा नेपाली भाषाका विद्यार्थीहरूले मनाए सरस्वती पूजा

बेल्जियममा ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना

बेल्जियममा तामांग समाज बेल्जियमले २८५३ सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ ।  कार्यक्रमका लागि नेपालबाट कलाकारहरु संजय लामा, रश्मी तामांग, सागर वाइवा, मेघ लामा र नेपाली तारा -२ सन्तोष लामा बेल्जियम आउदै छन् । चरा वर्गको अवसरमा कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेर मनोरन्जन प्रदान गर्ने भएका छन् । कार्यक्रम यहि २८ जनवरीमा बेल्जियमको लुभेनस्थित ओन्स हाउसमा साझ…

Comments Off on बेल्जियममा ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना

बेल्जियममा मनाईयो ल्होछार (फोटो फिचर)

बेल्जियमका तमु (गुरुङ) समुदायले ‘तमु ल्होछार’ भव्य रुपमा मनाएका छन् । शुक्रवार साझ बेल्जियमको अन्त्वेर्पेंनमा जम्मा भएर प्रल्हो (बाँदर वर्ग) को बिदाइ र च्ह्या ल्हो (चरा वर्ग) लाइ स्वागत गर्दै ल्होछार मनाएका हुन् । हरेक वर्षको पुस १५ गते मनाइने तमु ल्होछारको अवसरमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्किने वेशभूषा, नाचगान प्रदर्शनी गरिनुका साथै खानाको समेत व्यवस्था गरिएको थियो । ‘शास्त्र…

Comments Off on बेल्जियममा मनाईयो ल्होछार (फोटो फिचर)