स्वास्थ्य

Jan 092017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

2बाग्लुंग समाज बेल्जियममा गङ्गा प्रसाद शर्माको नेतृत्वमा नयाँ समिति  चयन भएको छ  । सोमवार बेल्जियमको लुभेनमा भएको समाजको तेश्रो अधिवेशनबाट उपाध्यक्षमा मोहन पन्त, धर्म पाठक, र संजय राजभन्डारी चयन भएका छन ।

आगामी दुई वर्षे कार्यकालको लागि महासचिवमा परमानन्द सापकोटा, सचिव निरज शर्मा, कोषाध्यक्ष दुर्गा सापकोटा र  सहकोषाध्यक्ष निलकन्ठ आचार्य रहेका छन् ।

त्यसै गरि सदस्यहरुमा दीपेन्द्र केसी, पुनम शर्मा,जयराम शर्मा, द्विपकुँवर, याम खड्का, भूपेन्द्र सापकोटा, गौरी सापकोटा, जगत कुँवर र संजय कुँवर रहेका छ ।

निर्वाचित भए लगत्तै नवनिर्वाचित अध्यक्ष गङ्गा प्रसाद शर्माले बाग्लुंग सामाजले थालेका परोपकारी कार्यहरुलाई निरन्तरता दिने बताए । कार्यक्रममा महासचिव कृष्ण श्रेष्ठ द्वारा प्रस्तुत प्रगति प्रतिबेदन र संजयराज भण्डारी द्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पास गरिएको थियो ।बाग्लुंग समाज बेल्जियमका अध्यक्ष देबुशर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा परमानन्द सापकोटाले स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमले नेपालको सम्वृद्धिको लागि गरिने सबै खाले कार्यक्रममा एनआरएन हालेमालो गरेर अघि बढ्ने बताए । त्यसै गरी नेपालबाट बेल्जियम आएका होमनाथ आचार्य र श्याम शर्माका साथै समाजका सस्थापक अध्यक्ष श्रीप्रसाद सापकोटा, क्षेत्री समाजका अध्यक्ष नरेन्द्र बस्नेत, ब्यावसायी झलक केसीका साथै सीता सापकोटाले शुभकामना दिएका थिए । कार्यक्रममा बेल्जियम स्थित विभिन्न संघ सस्थाका पदाधिकारीहरु सहभागी थिए । कार्यक्रम सम्पन्न गर्नको लागि गङ्गा प्रसाद शर्मा, मोहन पन्त र संजय राजभण्डारीले सौजन्य प्रदान गरेका थिए ।

बाग्लुंग जिल्ला बाट बेल्जियम आइ बसोवास गरेका बाग्लुंगवासी नेपालीहरुले बाग्लुङ जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्वेश्यले सन् २००९ मा समाजको स्थापना गरेका थिए ।

Oct 202016
 
बेहुला बेहुली पक्राउ

बालबिवाह गरेको भन्दै खादबारी ५ चिप्लेगाँउका १४ बर्षिय सोनी गुरुङ र  खाँदबारी ३ मानेभञ्ज्याङका ३२ बर्षिय रमेश गुरुङलाई टिकाटालो गरिरहेकै अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन । बाल क्लव सञ्जालले विहिवार पक्राउ गरी [ थप …]

Oct 182016
 
कास्कीसमाज बेल्जियमको प्रथम अधिबेशन सम्पन्न

कास्की समाज बेल्जियमको प्रथम अधिवेशन बेल्जियमको ल्युभेनमा सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनले गमबहादुर गुरुङको अध्यक्षतामा कार्यसमितिको चयन गरेको छ । ९ सदस्यीय समितिका उपाध्यक्षमा डिल्लीराम भण्डारी, शिव तिमिल्सिना, महासचिबमा तिर्थराज धमला, सचिबमा राजेन्द्र [ थप …]

Oct 102016
 
चितवन सहायता कोष बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न

चितवन जिल्लाबाट बेल्जियम आइ बसोवास गर्ने नेपालीहरुले चितवनको शिक्षा,स्वास्थ्यका साथै अन्य आपतकालीन र भैपरी आउने समस्यामा सहयोग गर्ने उद्वेश्यले स्थापना गरिएको चितवन सहायता कोष बेल्जियमको ११ औ वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । बेल्जियमको [ थप …]

Sep 262016
 
भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा

भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ ।योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना जागृत गर्ने उद्देश्यले योग जिल्ला समन्वय समितिले सोमवार आयोजना गरेको घोषणासभामा योग  वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले [ थप …]

Sep 042016
 
बागलुङमा बन्जीजम्पिङ स्थल निर्माण सुरु

सहासिक पर्यटकलाई आकर्षित गर्न बागलुङमा बन्जी जम्पिङ् पुलको निर्माण सुरु गरिएको छ । बागलुङको नारायणस्थान र पर्वतको कुश्मा बजार जोड्नेगरी पुल निर्माण गरेर बन्जी जप्प सञ्चालन गर्ने तयारी गरिएको हो । बन्जी जम्प सञ्चालनका लागि [ थप …]

Sep 012016
 
लभबाइटका कारण प्रेमीको मृत्यु

एजेन्सी , प्रेमी-प्रेमिकाले एक अर्कालाई लभबाइट दिनुलाई अमेरिकामा सामान्य रुपमा लिइन्छ । तर यो कसैले पनि सोच्दैनन् की लभबाइटले ज्यानै लान पनि सक्छ भन्ने । हालै अमेरिकामा आप्नी प्रेमिकाको लभबाइटले प्रेमीको मृत्यु भएको छ । [ थप …]

Jul 252016
 
बेल्जियम अभिभावक कपको उपाधी तीनपत्तालाई (फोटो फिचर)

बेल्जियममा आयोजित अभिभावक कप फुटबलको उपाधी तीनपत्ताले जितेको छ। आइतवार बेल्जियमको लुभेनमा सम्पन्न प्रतियोगितामा हिमालयन सोसाईटीलाइ २-० ले हराउदै तीनपत्ताले उपाधी हात पारेको हो। स्थानीय तीन सस्था इन्द्र धनुष क्लव लुभेन, युरो नेपाल खेलकुद संघ [ थप …]

Jul 202016
 

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा नेपालको  सिन्धुपाल्चोकमा थालिएको ‘गिरान्चौर एकीकृत बस्ति’ निर्माणको लागि स्पेनमा रहेका नेपालीहरुले रु ३ लाख ७० हजार सहयोग उपलब्ध गराएका छन । संकलित रकम धुर्मुस-सुन्तली फाउन्डेसनकि कोषाध्यक्ष श्री कुन्जना घिमिरे ( सुन्तली ) [ थप …]

Jul 092016
 
महामन्त्री कोइराला सामान्यतिर

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।  आज दिउँसो उहाँले जुस पिउनुभएको छ । ओम अस्पतालका प्रबन्ध सञ्चालक हरिकृष्ण श्रेष्ठका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले झोलिलो खानेकुरा दिन [ थप …]

Jul 092016
 
धुर्मुस सुन्तली सहयोग जुटाउन कतार जादै

गिरान्चौर एकिकृत बस्ती निर्माणमा खटिएका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सहयोग जुटाउन कतार जाने भएका छन् । बस्ती निर्माणको सहयोगार्थ कतारमा इदको दोश्रो दिन हुन गइरहेको सुन्तली धुर्मुस साँझमा सहभागिता जनाएर [ थप …]

Apr 292016
 
मुक्तिनाथबासीको माग- अस्पताल

मुस्ताङको जोमसोममा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर नजिकै अस्पताल खोलिनुपर्ने स्थानीयबासीले माग गरेका छन् । नेपाल लगायत भारतबाट समेत उल्लेख्य मात्रामा भक्तजनहरूको भिड हुने भएका कारण त्यहाँ अस्पताल निर्माण गरिनुपर्ने स्थानीयबासीले माग राखेका हुन् । मुक्तिनाथ [ थप …]

Apr 092016
 

अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत नेपाली विद्यार्थी पूर्व राष्ट्रपति बिल क्लिन्टनले सञ्चालन गरेको क्लिन्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । विश्वभरिका विभिन्न विश्वविद्यालयमा अध्ययनरत एक हजारभन्दा धेरै विद्यार्थीमध्ये ललितपुरका [ थप …]

Mar 212016
 
बेल्जियमको स्वच्छ सहर अभियानमा नेपाली

बेल्जियमको स्वच्छ सहर अभियानमा नेपालीहरुले सहभागिता जनाएका छन। बेल्जियमको लुभेन नगरपालिकाको सरसफाई अभियानमा साग्रिला समाज बेल्जियमको सक्रियतामा २२ नेपालीहरु सहभागी भएका थिए। अभियानमा खड्क बहादुर (रामचन्द्र) केसी, दीपकज्योति पौडेल, परमानन्द सापकोटा, मोहन खत्री, दुर्गा खत्री, [ थप …]

Feb 032016
 

लामखुट्टेको टोकाइबाट सर्ने भनिएको जिका भाइरस सम्भोगबाट पनि सरेको घटना सार्वजनिक भएको छ। अमेरिकाको टेक्सस राज्यका स्वास्थ्य अधिकारीहरुले मंगलबार एकजना बिरामीमा सम्भोगका कारण जिका भाइरस सरेको देखिएको बताएका छन्। डलास काउन्टी हेल्थ एण्ड ह्युमन सर्भिस डिर्पाटमेन्टका [ थप …]