अर्थ

Aug 082017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

युरोपेली देशहरूमा उत्पादित अण्डामा एक प्रकारको हानिकारक तत्व फेला परेपछि अण्डाको खपत स्वाट्टै घटेको छ ।

अण्डा हुर्काउँदा प्रयोग हुने विषादी Fipronil को मात्रा धरै पाइएपछि अहिले अण्डा खान हुने कि नहुने भनेर आशंका फैलिएको छ । खासगरी नेदरल्याण्डमा उत्पादित अण्डामा यो समस्या देखिएको समाचारमा बताइएको छ । नेदरल्याण्डको २० प्रतिशत अण्डा संक्रमित भएपछि सुपरमार्केटहरूले अण्डा बेच्न छोडेका छन् । उत्पादकहरूले संक्रमित विकासे कुखुराहरू नष्ट गरेका छन् ।

बेल्जियमको खाद्य सुरक्षा संस्थाले ५७ कम्पनीका अण्डा विक्रीमा प्रतिबन्ध लगाई अनुसन्धान गरिएको बताएको छ । तर प्रारम्भिक नतिजामा बेल्जियममा ठुलो खतरा नरहेको बताएको छ । Fipronil को मात्रा खतराको लेबलभन्दा कमै पाइएको बताएको छ । कसैले अत्यधीक धेरै विकासे अण्डा खाए मात्रै हानी गर्ने लेबलमा छ, खाद्य सुरक्षा संस्थाको रिपोर्ट उल्लेख गर्दै बेल्जियन कृषि मन्त्री डेनिस दुकार्मले बेल्जयन मिडियालाई बताए ।

बेल्जियमको उपभोक्ता संरक्षण संस्थाले सुपर मार्केटहरूले कुनै कम्पनीको अण्डा बेच्ने र कुनै कम्पनीको हटाउने गर्दा उपभोक्ताहरूमा अनिश्चय छाएको उल्लेख गर्दै यथार्थ विवरण पारदर्शी गर्न अनुरोध गरेको छ ।

Jul 142017
 
बेल्जियममा पेन्सन बढ्यो

बेल्जियमको संघीय संसदले पेन्सन बढाउने नयाँ विधेयक पास गरेको छ । जसअनुसार पुरा अवधि काम गरेको एक बेल्जियन कामदार/जागीरेले आउँदो सेप्टेम्बरबाट कम्तिमा १ हजार २ सय १२ युरो ४५ सेन्ट प्रति महिना पाउँनेछन् । बेल्जियममा [ थप …]

Jun 042017
 
ज्यादा नगद बोक्दा ब्रसेल्स एयरपोर्टमा रंगेहात

ब्रसेल्स एयरपोर्टबाट धेरै नगद पैसा बोकेर यात्रा गर्न खोज्ने १६ सय जनालाई भन्सार अधिकारीहरूले रंगेहात समाते । सन् २०१६ को एक वर्षको अवधिमा सो कार्यवाही भएको यहाँको ‘द तेइद’ म्यागजिनको समाचारमा जनाइएको छ । बेल्जियन [ थप …]

 Tagged with:
Mar 072017
 
निम्न आय हुनेले बेल्जियममा पाउँछन शैक्षिक भत्ता

बेल्जियम सरकार द्वारा पढाइमा थप आर्थिक सहयोग (के हो Studietoelagen ?) बेल्जियममा फ्लेमिस सरकारले, निम्न आम्दानी भएका परिवारहरुलाई पठन पाठनमा बाधा नहोस भनेर थप सुबिधा स्वरुप दिने आर्थिक सहयोगलाइ Studietoelagen भनिन्छ  । यो सुबिधा भाषाका पाठशाला र उच्चबिधालयहरुमा [ थप …]

Feb 202017
 
ब्रसेल्समा बिमा तालिम

नेपाली व्यवसायी संघ बेल्जियमको आयोजना र नेपाल ब्रसेल्स मिलन केन्द्र ब्रसेल्सको संयोजनमा बेल्जियमबासी नेपालीहरूका निम्ति बिमाबिज्ञद्वारा तालिम  एवंअन्तरक्रिया कार्यक्रम हिजो आइतवार सम्पन्न भयो। उक्त अवसरमा अनिवार्य रुपमा गर्नुपर्ने बिमा, स्वेच्छिक् बिमा, ब्यवसायीले गर्नुपर्ने बिमा , जीवन [ थप …]

Dec 312016
 
जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहरको फैसला सर्वाेच्चद्वारा सदर

सर्वोच्च अदालतले पूर्वसञ्चारमन्त्री जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने यसअघिको फैसलालाई सदर गरेको छ । सर्वाेच्चका न्यायाधीशहरू दीपककुमार कार्की, विश्वभर श्रेष्ठ र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले गुप्ताको पुनरावेदन निवेदन किनारा लगाउँदै यसअघिको फैसला सदर गरेको हो [ थप …]

Nov 252016
 
गैरआवासीय नेपालीलाई परराष्ट्र मन्त्रीको आग्रह

परराष्टमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन । अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै [ थप …]

Nov 082016
 

अमेरिकामा मंगलबार राष्ट्रपतीय चुनावमा कुन कुन राज्य महत्वपूर्ण हुनेछन्, अहिलेसम्म त्यो धेरै हदसम्म थाहा भइसकेको छ। पछिल्ला केही चुनावमा झैं यसवर्षमा फ्लोरिडा, ओहायो र पेन्सिलभेनियामा केन्द्रित हुनेछन् किनकि भावी राष्ट्रपतिको अनुमान गर्नमा यी राज्यको भूमिका [ थप …]

Oct 272016
 
कार्कीको विषयमा काँग्रेसले पछि निर्णय गर्छ: डा महत

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा छानबिन प्रक्रियालाई प्रभावित पार्ने गरी कांग्रेसले कुनै निर्णय नगर्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले बिहीबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा [ थप …]

Oct 182016
 
कास्कीसमाज बेल्जियमको प्रथम अधिबेशन सम्पन्न

कास्की समाज बेल्जियमको प्रथम अधिवेशन बेल्जियमको ल्युभेनमा सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनले गमबहादुर गुरुङको अध्यक्षतामा कार्यसमितिको चयन गरेको छ । ९ सदस्यीय समितिका उपाध्यक्षमा डिल्लीराम भण्डारी, शिव तिमिल्सिना, महासचिबमा तिर्थराज धमला, सचिबमा राजेन्द्र [ थप …]

Oct 102016
 
चितवन सहायता कोष बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न

चितवन जिल्लाबाट बेल्जियम आइ बसोवास गर्ने नेपालीहरुले चितवनको शिक्षा,स्वास्थ्यका साथै अन्य आपतकालीन र भैपरी आउने समस्यामा सहयोग गर्ने उद्वेश्यले स्थापना गरिएको चितवन सहायता कोष बेल्जियमको ११ औ वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । बेल्जियमको [ थप …]

Oct 072016
 
प्रधानमन्त्री दाहालद्वारा गोरखाको लाप्राकस्थित नमुना बस्तीको शिलान्यास

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पुनःनिर्माणको जिम्मा लिएको गोर्खाको गुप्सीपाखास्थित लाप्राक नमुना बस्तीको प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार एक समारोहबीच शिलान्यास गरि पुनःनिर्माण अभियानको सुरुवात गरेका छन् । सो अबसरमा प्रधानमन्त्री दाहालले पुनःनिर्माणलाई सरकारले बिशेष प्राथमिकतामा [ थप …]

Sep 082016
 
नेदरल्याण्डसको 'एम्बेसी फेस्टिबल' मा नेपाल

युरोपेली मुलुक नेदरल्याण्डसमा आयोजना गरिएको ‘एम्बेसी फेस्टिबल’ मा सहभागिता जनाउदै नेपाली दूतावास ब्रसेल्सले नेपाल प्रवर्द्वन गरेको छ । नेपाली कला संस्कृति झल्किने गीत र नृत्यका साथै मेलाका आगन्तुकलाई पर्यटन प्रवर्धनात्मक सामाग्री बाडेर महोत्वस मनाइएको हो [ थप …]

Aug 232016
 
राजधानी ब्रसेल्समा नेपालका फोटोहरु

बेल्जियमको राजधानी ब्रसेस्लबाट विभिन्न गन्तव्यमा चल्ने ट्रामहरुमा यतिबेला नेपालको प्राकृतिक सौन्दर्यको साथै अन्य बिशेषता झल्किने पोस्टरहरु देख्न सकिन्छ । नेपालको पर्यटन प्रवर्द्वनको लागि नेपाली दूतावास बेल्जियमले गरेको यो प्रचारात्मक कार्यक्रम हो । युरोपियन युनियन र [ थप …]

Jul 302016
 
एनआरएन युरोप सम्मेलन शुरु

गैर आवासीय नेपाली संघ युरोप क्षेत्रको नवौ क्षेत्रीय बैठक र सातौ महिला सम्मेलन डेनमार्कको राजधानी कोपेनहेगनमा शुरु भएको छ ।  राजधानी स्थित होटल हिल्टनमा शुरु भएको कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले, सस्थापक अध्यक्ष उपेन्द्र महतो, [ थप …]