समसामयीक

Aug 212017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पु-याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरी आज चितवन ल्याइएको छ ।

बाढीले भारतको वाल्मीकि नगरमा पु-याएको वयस्क पोथी गैँडालाई उद्धार गरी आज बिहान चितवनको रत्ननगरस्थित सौराहा ल्याइपु-याइएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

आइतबार साँझ डाट गरेर नियन्त्रणमा लिई ट्रकमा राखेर भारतबाट पठाइएको गैँडा आज बिहान १ः३० बजे चितवन निकुञ्जको पूर्वी सेक्टर सौराहामा ल्याइपु-याइएको पाठकले जानकारी दिए । यसरी भारतबाट उद्धार गरिएको यो गैँडा दोस्रो हो ।

बाढीले बगाएर थप दुई वटा गैँडा भारत पु-याएको पाइएकाले निकुञ्जमा फर्काउन पुनः प्राविधिकसहितको टोली सो क्षेत्रमा परिचालन गरिएको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए ।

अर्यालको नेतृत्वमा व्यवस्थापकीय टोली र वरिष्ठ पशुचिकित्सक डा कमल गैरेको नेतृत्वमा प्राविधिकसहित गरी झण्डै ५० जनाको टोली गैँडाको उद्धारका लागि खटिएका छन् ।

अर्यालका अनुसार थप दुई गैँडा उद्धार गरी ल्याउनका लागि डाट टोली तथा आवश्यक खोरसहित भारतमा छन् ।

चितवन निकुञ्जबाट बगाएकाले भारतको वाल्मीकि टाइगर रिजर्बका अधिकारीसँगको समन्वयमा गैँडाको उद्धार गरिएको हो ।

आज ल्याइएको उक्त गैँडा भारतको बस्ती भएको र केही झाँडी तथा वनमारा भएको क्षेत्रमा फेला परेको हो । उक्त गैँडालाई आजै निकुञ्जमा छाडिने जनाइएको छ । अर्को गैँडा नारायणी नदी किनारको सानो जंगलको टापुमा रहेको र अर्को गैँडा नेपाल–भारत ओहोरदोहोर गरिरहेको भए पनि अहिले भने भारतमै रहेको पाइएको छ ।

यसअघि भदौ २ गते अन्दाजी साढे दुई वर्षको जस्तो देखिने पोथी गैँडालाई नेपाल-भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिण पूर्वमा पर्ने भारतको बगाहा भन्ने स्थानबाट उद्धार गरी चितवन निकुञ्जमा ल्याएर छाडिसकिएको छ ।

RSS

Aug 082017
 
अण्डा स्क्यान्डल : बेल्जियममा ५७ कम्पनी अनुसन्धानमा, नेदरल्याण्डमा बिक्री बन्द

युरोपेली देशहरूमा उत्पादित अण्डामा एक प्रकारको हानिकारक तत्व फेला परेपछि अण्डाको खपत स्वाट्टै घटेको छ । अण्डा हुर्काउँदा प्रयोग हुने विषादी Fipronil को मात्रा धरै पाइएपछि अहिले अण्डा खान हुने कि नहुने भनेर आशंका फैलिएको [ थप …]

Jul 312017
 
एनआरएन सँघ अमेरिकाको विवाद समाधानार्थ केन्द्रीय कार्यदल गठन

गैरआवासीय नेपाली  (एनआरएन) संघ अमेरिकाको निर्वाचनमा अध्यक्ष काउम्मेदवार रहेका गौरीराज जोशीको योग्यताबारे निर्णय गर्न संघको अन्तराष्ट्रिय समन्वय परिषदको जर्मनीको फ्र्यांकफर्ट शहरमा सोमबार राती अबेरसम्म भएको बैठकले संघका विधान मस्यौदा समिति कार्यदलका संयोजक हेमराज शर्माको नेतृत्वमा [ थप …]

Jul 272017
 
इ.यु. अध्यक्ष जँ क्लाउड जंकरले मेर्केलको फोन रिजेक्ट गरे

युरोपकी सबैभन्दा शक्तिशाली व्यक्ति भनेर जर्मन चान्सलर एन्जेला मेर्केललाई चिनिन्छ । उनको कललाई नामंजुर जो कसैले गर्न सक्दैन । तर मेर्केल कै समर्थनमा युरोपियन युनियनको अध्यक्ष भएका जँ क्लाउड जंकरले उनको फोन कल ‘रिजेक्ट’ गरेर [ थप …]

Jul 272017
 
नागपञ्चमीसम्बन्धी दुई प्रचलित कथा

नागपञ्चमी किन मनाइन्छ ? कथा १: एक राजाका सात पुत्र थिए । उनीहरू सबैको विवाह भइसकेको थियो । तीमध्ये ६ वटा छोराका सन्तान भइसकेका थिए । कान्छो छोरोको चाहिँ सन्तान भएको थिएन । कान्छी बुहारीलाई [ थप …]

Jul 272017
 
एनआरएन संघको अध्यक्षलाई अनुशासन समितिमा उजुरी, महासचिवलाई कार्यवाहीको माग

चुनावको मुखमा एनआरएन संघको विवाद: गैरआवासीय नेपाली (एनआरएन) संघको विश्व सम्मेलनको पूर्वसन्ध्यामा एनआरएन संघ अमेरिकामा ह्वारह्वार्ती फैलिएको विवादले केन्द्रीय नेतृत्वलाई नराम्ररी फँसाएको छ । यो विवादमा केन्द्रीय अध्यक्ष र महासचिव राम्रैसँग टकराएपछि विश्वभरका एनआरएनकर्मीहरूमा पक्ष-विपक्षमा ध्रुविकरण [ थप …]

Jul 262017
 
पोर्चुगलमा नेपाली ठगहरूको बिगबिगी

उत्तरी र पश्चिमी युरोपमा अध्यागमन कानूनहरू कडा हुँदै गएपछि नेपालीहरूको आकर्षण दक्षिणी युरोपेली देश पोर्चुगल बनेको छ । युरोपियन युनियनको सदस्य राष्ट्र पोर्तुगल अध्यागमन कानूनमैत्री देश मानिन्छ । त्यसैले युरोपभरि कागजी समस्या भएका नेपालीहरू यहाँ [ थप …]

Jul 242017
 
ब्रसेल्स, एन्टवर्प र लिएजको ट्रेन स्टेसनमा सुरक्षा जाँच हुने

अबदेखि ब्रसेल्स मिडी, एन्टवर्प सेन्ट्रल र लिएजको ट्रेन स्टेसनमा यात्रुहरूको सुरक्षा जाँच हुने भएको छ । यसनिम्ति मेटल डिटेक्टर र ब्यागेज स्कानर जडान गरिएका छन् र यात्रुहरूलार्इ छड्के जाँच गरिने बताइएको छ । यी ट्रेन [ थप …]

Jul 242017
 
क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

क्यानेडियन प्र.मं. जस्टिन ट्रुदो टोरोन्टोले हिजो श्री स्वामीनारायण हिन्दू मन्दिरको दसाैं वार्षिक कार्यक्रममा भाग लिंदै प्रार्थना गरे । उनले क्यानडाका हिन्दू समुदाय र क्यानेडियन मूल्य र मान्यताहरूबीच सामन्जस्यता रहेको उल्लेख गरे । पूजाका क्रममा उनले [ थप …]

Jul 242017
 
र्फ्र्याङफर्ट बैठकले एनआरएनको नेतृत्व तय गर्ने!

– डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड गैर-आवासीय नेपाली (एनआरएन) सँघको विश्व सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रिय समन्वय परिषदका साधारण सभाहरू अहिले धमाधम भइरहेका छन् । प्रवासको नेपाली समाजलाई सेवा गर्न चाहने सहयोगी हात र समझदार आत्माहरुको आकर्षण एनआरएन [ थप …]

Jul 182017
 
सुनिललार्इ फकाउँदै कपिल शर्मा

कपिल शर्मा शोबाट बाहिरिएका सुनिल ग्रोवरलार्इ शोमा फर्काउन  कपिल शर्माले फकाइरहेको समाचार भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यी दुर्इबिचको झगडापछि ‘द कपिल शर्मा शो’ को स्तर घटेको धेरै दर्शकले गुनासो गर्ने गरेका छन् । [ थप …]

Jul 162017
 
बलिउडका नायिकाहरूको  पारिश्रमिक

संसारमै सबैभन्दा बढी फिल्म बन्ने बलिउड पछिल्लो दशकमा बजेटका हिसाबले पनि महंगो हुँदै गएको छ । बलिउड कलाकारले फिल्ममा काम गरेवापत कति पारिश्रमिक पाउँछन् भन्नेमा धेरैको चासो हुन्छ। कलाकारहरुले प्रायः आफ्नो फिल्म सुपरहिट भएपछि पारिश्रमिक [ थप …]

Jul 132017
 
एनआरएन संघको चक्रव्यूह

गैरआवासिय नेपाली (एनआरएन) सँघमा अहिले चुनाव लागेको छ । र चुनावले तात्तिएका र रापिएकाहरू केही नारा उरालिरहेका छन् । सबैभन्दा चर्चित नारा बनेको छ- एनआरएन सँघलाई धनी होइन प्रवासीको संस्था बनाउँ, ब्यापारीको होइन गरिखानेको संस्था [ थप …]

Jul 132017
 
विश्वका उत्कृष्ट सहरको सूचिमा न्यूयोर्क पहिलो, आम्स्टरडाम नवाैं

बस्न, ब्यापार गर्न र भ्रमण गर्न लायक सहरहरूको खोजिमा गरिएको सर्वेक्षणमा न्यूयोर्कले बाजी मारेको छ । पेरिसको बजार अनुसन्धानसंबन्धी एक कम्पनी IPSOS ले सो सर्वेक्षण गरेको हो । यसै वर्ष २६ देशमा गरिएको सर्वेक्षणमा  न्यूयोर्क सूचिको [ थप …]

Jul 132017
 
गोल्डन भिसा स्किम भजाएर लिस्बोनकी वकिलले विदेशीबाट टन्न कमाइन्

पोर्चुगलको गोल्डन भिसा स्किम भजाएर लिस्बोनकी एक चर्चित वकिलले टन्न कमाएको भनी जुडिसियल प्रहरीले पक्राउ गरेको छ । उनले विदेशबाट लाग्ने त्यस्तो भिसामा ठगी गरी ६ मिलियन युरो कमाएको प्रहरी आरोप छ । मारियो आन्तोनिया [ थप …]