संस्कृति

Sep 142017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page
आउँदो सेप्टेम्बर २४ आइतबारको दिन दिउसोको  बजेदेखि नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा ब्रसेल्लमा बडादसैं मनाउने कार्यक्रम  तय भएको केन्द्रका महासचिव हरीश्रेष्ठले बताएका छन् ।
 
पाल ब्रुसेल्स मिलन केन्द्रले ब्रुसेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर  दसैको मनोरञ्जनका साथमा खानपिन तथा सुभकामना आदानप्रदान मात्रै नभएर स्थानियकलाकारहरुको जोडदार प्रस्तुतिको  साथमा दु:पिडा  थकानको भारि बिसाउने प्रयत्न गर्नेछ|
 
 यसै सुर्चनालाइ निम्तो मानेर सम्पुण बेल्जियमबासि  बेल्जियम बाहिरका नेपाली दाजुभाई तथादिदिभाहिनिहरु उपस्थितभै हाम्रो हौसलामा थप टेवा पुर्याईदिनुहुन बिनम्र अनुरोध गर्दछौ।
 
Ø  बेल्जियम स्थित नेपाली बिनम्र संघ सस्था बाट पाल्नुहुने प्रतिनिधिले  कृपया २३/०९/२०१७ भित्र  जानकारी गराउनुहुन   अनुरोध गर्दछौ:
पारस गौतम  –  0485 08 12 59 email: nbmk2011@yahoo.com
श्रीमती रीता खड्का – 0486 04 31 47
सिता  सापकोटा  – 0483 66 68 18
Ø  आफ्नो नित्र्यगान  अन्य प्रतिभा देखाउन चाहनुहुनेले कृपया निम्न व्यक्तिलाई सम्पर्क गर्नुहोला:
दिपक भण्डारी 0488 41 14 54
येदिना केसी.  0489 06 05 10    
आर्थिक सहयोग गर्न चाहनेहरुले कृपया निम्न व्यक्तिलाई सम्पर्क र्नुहोला:
अर्जुन घिमीरे : 0486 57 16 68
तेजेन्द्र रोका : 0485 80 15 25
नारायण सापकोटा : 0484 61 01 63
अम्बिका केसी.,0486 49 57 65
 
थप जानकारी .
ठाउँ: Rue Eloy 80, 1070 anderlecht (ब्रुस्सेल मिडि ट्रेन स्टेसन बा हिडेर  मिनेट मात्रै)
समय: २४/ ०९ /२०१७ आइतबारको दिन दिउसोको  बजेदेखि 
टिकट दरयूरो १५ मात्रै (खानाको  पानीको व्यवस्था सहित)
 
 
Sep 012017
 
ब्रसेल्समा भब्यताकासाथ तीज सफल

नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिज अगस्ट २० आइतबार  बेल्जियमको ब्रसेल्स सहरमा धुमधामका साथ मनाइयो  ।नेपाल ब्रुसेल मिलन केन्द्रको आयोजनामा सम्पन्न भएको सोकार्यक्रममा ब्रुस्सेलबासी महिला दिदिबहिनी मात्रै नभएर  बेल्जियमका अन्य सहरबाट पनि राता सारी र भरिपूर्णघरगहनाले सजिएर आउने दिदिबहिनीहरुको घुइचो उतिकै थियो। साथमा  नेपालीदाजुभाइहरुको भिड पनि कम थिएन तीजका गीतमा रमाउदै नाच्दै आफुलाई सात समुन्द्र पारीको अनुभूतिलाइ धेरै हदसम्म कमाएको हसिलो अनुहारहरुमा प्रष्ट देखिन्थ्यो । नेपाल ब्रुसेल मिलन केन्द्रका अध्यक्ष यज्ञ बहादुर गुरुङको अध्यक्षता र बेनेलक्सका  कार्यबाहक महामहिम राजदुत श्री सुधिर भट्टराईको प्रमुख आतिथ्यमा सुरु भएको यस कार्यक्रममा एन. आर. यन. बेल्जियमका अध्यक्ष गंगाधरगौतम , उपाधक्ष्य पदम  गुरुङ, ब्यबसायी संघ बेल्जियमका अध्यक्ष सि पि भट्ट, लगाएत अन्य थुप्रै संघ सस्था बाट पाल्नुभएका बिशिस्ट व्यक्तिहरुको  उपस्थिति थियो  । र उद्घाटन कार्यक्रम संगसंगै  संगसंगै  २३ जुनमा नर्वेमा फुटबलमा भाग लिएर आउने खेलाडीहरुको स्वागत र धन्यवाद समारोह गर्दै उहाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो। यस कार्यक्रममा, कार्यक्रम संयोजिका संगीता कार्कीले स्वागत भाषण गर्नुभएको थियो भने संस्थापक अधक्ष्य पारश गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने एन. आर. यन. बेल्जियमका अधक्ष्य गंगाधर गौतम, कार्यबाहकमहमहिम राजदुत श्री सुधिर भट्टराई र अध्यक्ष यज्ञ बहादुर गुरुङले  छोटो मिठो मन्तब्य दिनुभएको थियो । बेल्जियम भरिका २५० भन्दा बढी महिला दिदिबहिनी र दाजुभाईको उपस्थिति भएको एस कार्यक्रममा दिउसै देखि रातीसम्मै नाथाकिकनै दिदि बहिनी नाचेर रमाइलो गरे [ थप …]

Jul 272017
 
नागपञ्चमीसम्बन्धी दुई प्रचलित कथा

नागपञ्चमी किन मनाइन्छ ? कथा १: एक राजाका सात पुत्र थिए । उनीहरू सबैको विवाह भइसकेको थियो । तीमध्ये ६ वटा छोराका सन्तान भइसकेका थिए । कान्छो छोरोको चाहिँ सन्तान भएको थिएन । कान्छी बुहारीलाई [ थप …]

Jul 242017
 
क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

क्यानेडियन प्र.मं. जस्टिन ट्रुदो टोरोन्टोले हिजो श्री स्वामीनारायण हिन्दू मन्दिरको दसाैं वार्षिक कार्यक्रममा भाग लिंदै प्रार्थना गरे । उनले क्यानडाका हिन्दू समुदाय र क्यानेडियन मूल्य र मान्यताहरूबीच सामन्जस्यता रहेको उल्लेख गरे । पूजाका क्रममा उनले [ थप …]

Jul 142017
 
कस्तो होला अान्त्रोपेनमा नेपाल फेस्टिबल ?

♦ डिल्लीराम अम्माई ♦ भोलि १५ जुलाईमा बेल्जियमको आन्तोर्पेनको पनि ग्रोनप्लातमा नेपाल फेस्टिबल आयोजना गरिएको छ । मातृभुमि प्रति मनोबैज्ञानिक मोह जगाउने यो फेस्टिबलमा आफ्ना लालाबाला सहित बेल्जियमबासी नेपालीहरू उपस्थित हुने अपेक्षा गरिएको छ । हामीले [ थप …]

Feb 062017
 
ब्रसेल्समा नेपाली भाषाका विद्यार्थीहरूले मनाए सरस्वती पूजा

“नेपाल ब्रसेल्स बाल साँस्कृतिक केन्द्र” ले आफ्नो स्थापना दिवसको अवसरमा प्रथम अभिभावक दिवस तथा सरस्वती पूजा गत माघ २२ गते अर्थात फेब्रुवरी ४ मा एक समारोहका बीच मनाएको छ । नेपाल ब्रसेल्स मिलन केन्द्रको सकृयतामा [ थप …]

Jan 192017
 
बेल्जियममा ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना

बेल्जियममा तामांग समाज बेल्जियमले २८५३ सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ ।  कार्यक्रमका लागि नेपालबाट कलाकारहरु संजय लामा, रश्मी तामांग, सागर वाइवा, मेघ लामा र नेपाली तारा -२ सन्तोष लामा बेल्जियम आउदै छन् [ थप …]

Jan 022017
 
बेल्जियममा मनाईयो ल्होछार (फोटो फिचर)

बेल्जियमका तमु (गुरुङ) समुदायले ‘तमु ल्होछार’ भव्य रुपमा मनाएका छन् । शुक्रवार साझ बेल्जियमको अन्त्वेर्पेंनमा जम्मा भएर प्रल्हो (बाँदर वर्ग) को बिदाइ र च्ह्या ल्हो (चरा वर्ग) लाइ स्वागत गर्दै ल्होछार मनाएका हुन् । हरेक [ थप …]

Dec 082016
 
बेल्जियममा २६०१ औ ल्होछारको आयोजना

तमु समाज बेल्जियमले २६०१ औ तमू ल्होछार बेल्जियमको आन्त्वेर्पेंनमा मनाउने भएको छ । कार्यक्रम यहि डिसेम्वर ३० अर्थात् पौष १५ का दिन अन्त्वेर्पेंन स्थित Schijnpoort मा आयोजना गरिएको छ । ल्होछार पर्वलाई भव्य रुपमा मनाउनको लागि [ थप …]

Nov 052016
 
बेल्जियममा नेपाल संवत मनाइयो

बेल्जियममा नेपाल संवत ११३७ एंव म्ह पूजा संस्कृतिक कार्यक्रमका साथ मनाइयो । बेल्जियमको अन्त्वेर्पेंनमा गत साता पासापुँच वेल्जियमको आयोजनामा सम्पन्न कार्यक्रममा गायक स॔जिव प्रधान र गायिका नलिना चित्रकारकाले सांगीतिक प्रस्तुति दिएका थिए । कलाकार द्वयलाई स्थानीय कलाकारहरुले [ थप …]

Oct 312016
 
बेल्जियममा मनाईयो देउसी र भैलो (फोटो फिचर)

‘भन भन भाइ हो देउसिरे..’ मादल भिरेर देउसिरे भट्याउदै हलमा प्रवेश गरे गायक बलराम पुनको देउसिरे टोली । खचाखच भरिएको हलमा भैलेनी टोलीलाई निकै हर्षका साथ तालीले स्वागत गरे दर्शकहरुले। ‘हराउदै गएको हाम्रो संस्कृतिलाई जोगाउन [ थप …]

Oct 282016
 
अनुपम तिहारको मननीय सन्देश

तिहारले मुलुकलाई ढपक्कै ढाकेको छ ।  सबैतिर भ्याइ नभ्याइ भएको छ ।  के सहर, के गाउँ सबैतिर विशेष चहलपहल छ ।  पाँच दिन धुमधामसाथ मनाइने तिहारको आज पहिलो दिन हो ।  कागतिहार, कुकुरतिहार, गाईतिहार, गोरुतिहार [ थप …]

Oct 272016
 
बेल्जियममा देउसीभैलोको आयोजना

नेपालीहरुको महान चाड दिपावलीको अवसरमा युरोनेपाल कलाकार संघ बेल्जियमले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम यहि अक्टोवर २९ शनिवार बेलुका ५ बजे बेल्जियमको अन्त्वेर्पेंनमा हुदैछ । कार्यक्रममा संघका कलाकारहरुले विभिन्न प्रस्तुति प्रदर्शन गर्ने भएका छन् [ थप …]

Oct 182016
 
कास्कीसमाज बेल्जियमको प्रथम अधिबेशन सम्पन्न

कास्की समाज बेल्जियमको प्रथम अधिवेशन बेल्जियमको ल्युभेनमा सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनले गमबहादुर गुरुङको अध्यक्षतामा कार्यसमितिको चयन गरेको छ । ९ सदस्यीय समितिका उपाध्यक्षमा डिल्लीराम भण्डारी, शिव तिमिल्सिना, महासचिबमा तिर्थराज धमला, सचिबमा राजेन्द्र [ थप …]

Oct 162016
 
दोहोरीमय युरोप

नेपालीहरुको महान पर्ब विजयदशमीको अबसरमा युरोप दोहोरीमय भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले विभिन्न संस्थासंगको आयोजनामा यूरोपेली मुलुक फ्रान्स, बेल्जियम, फिनल्याण्ड, स्पेनलगायतका देशहरुमा दोहोरी धमाका सम्पन्न भएको हो । [ थप …]