शिक्षा

Feb 152018
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

म जापान आएको तीन वर्ष भयो । नेपालबाट करिब पाँच महिना भाषा पढेर आएकी हुँ । दुई महिनाजति धरानमा र तीन महिना काठमाडौंमा भाषा सिकेर आएँ । यहाँ आएर एक वर्ष भाषा कक्षा पढेँ । त्यसपछि अहिले सेनमुन पढिरहेकी छु । अबको तीन महिनापछि अर्थात् सन् २०१८ को मार्चमा ग्य्राजुयट हुन्छु । त्यसपछि मैले पनि वर्कपर्मिट भिसाका लागि प्रक्रिया अगाडि बढाउन सक्छु । त्यसका लागि तयारी धेरै गर्नुपर्छ ।

मलाई जापान आएपछि खासै गाह्रो भएन । किनभने यहाँ मेरा साथी, आफन्तहरू पनि हुनुहुन्थ्यो । उहाँहरूबाट यहाँको अवस्थामा धेरै जानकार भएर नै आएकी हुँ । त्यसैले पनि मैले त्यहीअनुसार आफ्नो सोच बनाएर आएकी थिएँ । धेरैजना विद्यार्थी यहाँको वास्तविकता राम्रोसँग नबुझी आउनाले गाह्रो हुन्छ ।

कतिपयचाहिँ सुनेर पनि दुःख गर्नकै लागि भए पनि आउँछन् । त्यही पनि उनीहरूलाई गाह्रो हुन्छ । किनभने सुन्नु र गर्नुमा धेरै फरक हुन्छ । यहाँ दैनिक चार घन्टा पढाइ र हप्ताको २८ घन्टा काम गर्न पाइन्छ । त्यहीअनुसार काम गर्छन् । दुई समय काम गर्नसम्म सकिन्छ । त्योभन्दा बढीचाहिँ समय व्यवस्थापन गर्न गाह्रै हुन्छ ।

रातभर नसुती काम गर्ने विद्यार्थी पनि छन् । काम गर्न पाउने अवधिभन्दा बढी गर्नेलाई समस्या हुने नहुनेचाहिँ सम्बन्धित व्यक्तिको मुडअनुसार पनि भर पर्छ । खास नियमचाहिँ २८ घन्टा नै हो, तर त्यसभन्दा बढी गर्नेहरू पनि छन् । अहिलेसम्म उनीहरूलाई समस्या भएको छैन ।

नेपालमा नै स्नातक पास गरेर आउने विद्यार्थीले यहाँ एक वर्ष भाषा पढ्नुपर्छ । भाषा महत्वपूर्ण भएकाले भाषा नजान्नेलाई नराम्रो मान्छ । अझ भनौँ हेप्छन् । नेपालबाट स्नातक नगर्नेले दुई अथवा चार वर्ष कोर्स गर्नुपर्छ । त्यसलाई ‘सेनमुन’ भनिन्छ । त्यसपछि ग्य्राजुयट भइन्छ । यो दुई वा चारवर्षे विद्यार्थीले आफैँ छान्न पाउँछ ।

नेपालबाट आउने विद्यार्थी स्नातक गरेका भए एक वर्ष भाषा पढिसकेपछि ‘वर्कपर्मिट’ भिसाका लागि प्रक्रिया अगाडि बढाउन सक्छन् । स्नातकोत्तर गरेको भए एक वर्ष भाषा पढ्नैपर्ने जरुरी हुँदैन । त्यसभन्दा अगाडि नै पनि ‘वर्कपर्मिट’का लागि प्रक्रिया अगाडि बढाउन सक्छन् । तर, यहाँ भाषा महत्वपूर्ण भएकाले काम गर्न नेपालबाट सिकेर आएको भाषा पर्याप्त हुँदैन । त्यसैले एक वर्ष भाषा कक्षा पढ्नैपर्ने अवस्था हुन्छ ।

  • नुनुता रार्इ
Jul 292017
 
प्रवासमा नेपाली पाठशालाको प्रसंग

नेपालबाहिर बसेका सबै नेपाली अल्पसंख्यक जाति वा भाषी हौं । मूलधारको भाषा फरक भएपछि आफ्नो भाषा कसरी जोगाउने र आफ्ना नानीहरूलाई कसरी भाषा सिकाउने भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो । संसारका शक्तिशाली र [ थप …]

Mar 072017
 
निम्न आय हुनेले बेल्जियममा पाउँछन शैक्षिक भत्ता

बेल्जियम सरकार द्वारा पढाइमा थप आर्थिक सहयोग (के हो Studietoelagen ?) बेल्जियममा फ्लेमिस सरकारले, निम्न आम्दानी भएका परिवारहरुलाई पठन पाठनमा बाधा नहोस भनेर थप सुबिधा स्वरुप दिने आर्थिक सहयोगलाइ Studietoelagen भनिन्छ  । यो सुबिधा भाषाका पाठशाला र उच्चबिधालयहरुमा [ थप …]

Jan 092017
 
बाग्लुंग समाज बेल्जियममा नयाँ नेतृत्व

बाग्लुंग समाज बेल्जियममा गङ्गा प्रसाद शर्माको नेतृत्वमा नयाँ समिति  चयन भएको छ  । सोमवार बेल्जियमको लुभेनमा भएको समाजको तेश्रो अधिवेशनबाट उपाध्यक्षमा मोहन पन्त, धर्म पाठक, र संजय राजभन्डारी चयन भएका छन । आगामी दुई वर्षे [ थप …]

Nov 132016
 
बेल्जियममा१०८ औ लक्ष्मी जयन्ती सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ लक्ष्मी जयन्ती मनाएको छ । राजधानी ब्रसेल्स स्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा नोभेम्वर १२ तारिख शनिवार नेपाल ब्रसेल्स मिलन केन्द्र संगको सहकार्यमा [ थप …]

Oct 282016
 
अनुपम तिहारको मननीय सन्देश

तिहारले मुलुकलाई ढपक्कै ढाकेको छ ।  सबैतिर भ्याइ नभ्याइ भएको छ ।  के सहर, के गाउँ सबैतिर विशेष चहलपहल छ ।  पाँच दिन धुमधामसाथ मनाइने तिहारको आज पहिलो दिन हो ।  कागतिहार, कुकुरतिहार, गाईतिहार, गोरुतिहार [ थप …]

Oct 202016
 
बेहुला बेहुली पक्राउ

बालबिवाह गरेको भन्दै खादबारी ५ चिप्लेगाँउका १४ बर्षिय सोनी गुरुङ र  खाँदबारी ३ मानेभञ्ज्याङका ३२ बर्षिय रमेश गुरुङलाई टिकाटालो गरिरहेकै अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन । बाल क्लव सञ्जालले विहिवार पक्राउ गरी [ थप …]

Oct 182016
 
कास्कीसमाज बेल्जियमको प्रथम अधिबेशन सम्पन्न

कास्की समाज बेल्जियमको प्रथम अधिवेशन बेल्जियमको ल्युभेनमा सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनले गमबहादुर गुरुङको अध्यक्षतामा कार्यसमितिको चयन गरेको छ । ९ सदस्यीय समितिका उपाध्यक्षमा डिल्लीराम भण्डारी, शिव तिमिल्सिना, महासचिबमा तिर्थराज धमला, सचिबमा राजेन्द्र [ थप …]

Oct 132016
 
म्याग्दीका युवा जापानिज बकृत्वकलामा छनोट

संवाददाता जापान , म्याग्दी खवरामा प्रदिप कार्की जापानिज भाषामा हुने बकृत्वकला प्रतियोगितामा छनौट भएका छन् । सुनदाइ गुप्रले जापानमा सञ्चालन गरेको ८ वटा कलेजका विदेशी विद्यार्थी विचको प्रतिस्पर्धामा  सुनदाइ ट्राभल्स एण्ड होटर म्यानेजमेन्ट कलेजबाट कार्की [ थप …]

Oct 102016
 
चितवन सहायता कोष बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न

चितवन जिल्लाबाट बेल्जियम आइ बसोवास गर्ने नेपालीहरुले चितवनको शिक्षा,स्वास्थ्यका साथै अन्य आपतकालीन र भैपरी आउने समस्यामा सहयोग गर्ने उद्वेश्यले स्थापना गरिएको चितवन सहायता कोष बेल्जियमको ११ औ वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । बेल्जियमको [ थप …]

Sep 262016
 
भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा

भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ ।योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना जागृत गर्ने उद्देश्यले योग जिल्ला समन्वय समितिले सोमवार आयोजना गरेको घोषणासभामा योग  वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले [ थप …]

Sep 152016
 
बेल्जियमको आन्त्वेर्पेंनमा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५१ औ जन्मजयन्तीको अवसरमा  बेल्जियमको अन्त्वेर्पेंनमा एक साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम यहि सेप्टेम्वर १७ मा होटल नेशनलमा हुदैछ ।  शनिवार दिनको [ थप …]

Sep 042016
 
'भाषामाथि नकारात्मक धारणा आपत्तिजनक' :प्राध्यापक त्रिवि

नेपाली भाषाको लेख्य मानक प्रयोगलाई विगत केही समयदेखि केही व्यक्ति र निकायबाट जबर्जस्ती भत्काई नेपाली भाषाका प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने दुष्प्रयास भइरहेकोमा त्यसप्रति नेपाली भाषासाहित्यको विश्वकै सर्वाेच्च निकाय त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूको गम्भीर ध्यानाकर्षण [ थप …]

Sep 012016
 

श्रीमानको मृत्यु पश्चात चुरा पोते, सिन्दुर, टीका र रातो कपडा लगाउनु हुन्न भन्ने प्रचलन विरुद्ध रुपन्देही जिल्लाका एकल महिलाले रातो पहिरन अभियान शुरु गरेका छन। श्रीमान्को मृत्यु भएपछि रातो बर्जित गरी सेतो कपडामा बस्नुपर्छ भन्ने [ थप …]

Sep 012016
 
लभबाइटका कारण प्रेमीको मृत्यु

एजेन्सी , प्रेमी-प्रेमिकाले एक अर्कालाई लभबाइट दिनुलाई अमेरिकामा सामान्य रुपमा लिइन्छ । तर यो कसैले पनि सोच्दैनन् की लभबाइटले ज्यानै लान पनि सक्छ भन्ने । हालै अमेरिकामा आप्नी प्रेमिकाको लभबाइटले प्रेमीको मृत्यु भएको छ । [ थप …]