विचित्र

Oct 132016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

russiaसिरियाको विषयलाई लिएर रुस र अमेरिकाबीचको तनाव उत्कर्षमा पुगेको छ। सिरियाको विषयलाई लिएर दुई देशबीच बढ्दै गएको तनाव विश्वयुद्धमा परिणत हुनसक्ने विश्लेषण गर्न थालिएको नागरिकमा समाचार छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार रुसले युद्धकालागि तयारी तीव्र पारेको छ। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसका उच्च अधिकारी, राजनीतिक दलका नेता तथा परिवारका सदस्यलाई घर फर्किन आग्रह गरेको संचारमाध्यमले उल्लेख गरेका छन्। ‘विदेशमा रहेका उच्च अधिकारी, राजनीतिक दल नेता तथा अन्य सर्वसाधारण परिवारका सदस्यसहित घर फर्किन आग्रह गर्छु,’ पुटिनको भनाइ उद्धृत गर्दै संचारमाध्यमले उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमले पुटिनको सो आदेशलाई तेस्रो विश्वयुद्धको तयारीका रुपमा हेरेका छन्।

रुसले गत बुधबार अन्तर महाद्विपीय ब्यालेस्टिक मिसाइलको परीक्षणसमेत गरेको थियो। संचारमाध्यमहरुका अनुसार रुसी सेनाले  एक रकेट प्रक्षेपणसमेत गरेको छ। रुसी संचारमाध्यमका अनुसार रुसको उत्तर पश्चिमस्थित एक घरेलु साइतबाट पनि मिसाइल परीक्षण गरेको छ। रुसले पोल्याण्ड र लिथुवानियाको सीमामा पनि नाभिकीय क्षमता भएको मिसाइल तैनाथ गरेको छ।  रुसको सो कदम अन्तर्राष्ट्रि सन्धि सम्झौता विपरित भएको बताइएको छ। तर सिरिया  संकटलाई लिएर यो पटक रुसले कुनै पनि सम्झौताको पालना नगर्ने संकेत गरेको छ।

रुसले केही समय अगाडि सिरिया संकटलाई लिएर अमेरिकासँग बढ्दो तनावकाबीच दुई लडाकु विमान भूमध्य सागरमा तैनाथ गर्ने बताएको थियो।  रुसले आफ्नो एस ३०० हवाई रक्षा मिसाइल प्रणाली सिरियाको टारटरस्थित नौसैनिक केन्द्रमा  पठाइसकको छ। अमेरिका समर्थित पश्चिमा मुलुकले सिरिया संकटलाई लिएर रुसको भूमिकाको आलोचना गर्दै आएका छन्। हालै रुसी राष्ट्रपति पुटिनले आफ्नो फ्रान्स भ्रमण रद्द गरेका थिए। फ्रान्सका राष्ट्रपतिले रुसमाथि सिरिया युद्ध अपराधमा सहभागी भएको आरोप लगाएका थिए। सोही आरोप प्रत्यारोपकाबीच पटिनले फ्रान्स भ्रमण स्थगित गरेको हुन सक्ने संचारमाध्यमले उल्लेख गरेका छन्।

रुसका पूर्व राष्ट्रपति मिखाइल गोर्बाचोवले पनि अमेरिका र रुसबीच बढ्दै गएको तनावप्रति चिन्ता व्यक्त गरेका छन्। उनले रुस र अमेरिकाबीच बढ्दो तनावले  विश्व खतनाक मोडमा पुगेको चेतावनी दिएको छन्। २०११ देखि सिरियामा गृहयुद्धको अवस्थालाई दिएर विश्वका दुई महाशक्ति मुलुक रुस र अमेरिकाबीच तनाव जारी छ। अमेरिकाले सिरियाली राष्ट्रपति विरुद्ध युद्ध गरिरहेका समूहलाई साथ दिएको छ भने रुसले राष्ट्रपतिलाई साथ दिएको छ। रुसले सिरियाली सहर एलेप्पोमा असद सरकारको समर्थनमा बरबारी गरिरहेको छ। गत महिना युद्ध विरामी सकिएपछि यो बमबारी लगातार जारी छ।

Sep 012016
 
लभबाइटका कारण प्रेमीको मृत्यु

एजेन्सी , प्रेमी-प्रेमिकाले एक अर्कालाई लभबाइट दिनुलाई अमेरिकामा सामान्य रुपमा लिइन्छ । तर यो कसैले पनि सोच्दैनन् की लभबाइटले ज्यानै लान पनि सक्छ भन्ने । हालै अमेरिकामा आप्नी प्रेमिकाको लभबाइटले प्रेमीको मृत्यु भएको छ । [ थप …]

Aug 022016
 
७३ करोडको चिठ्ठा पर्ने मान्छेको खोजी

७३ करोड रूपैयाँ (६१ लाख ७६ हजार २०२ युरो) को चिठ्ठा परेर पनि चिठ्ठा दावी गर्न नआएका एक मान्छेको खोजी भइरहेको छ । गत मार्च २८ को ‘लोटरी ड्र’ मा चिठ्ठा परेका ति व्यक्ति अबको [ थप …]

Jul 202016
 
एकै सटमा चलचित्र निर्माण गरेर ‘वल्र्ड रेकर्ड’मा दर्ता गर्ने लक्ष्य

एउटै दृश्य (वान सट)मा खिचिएका दुई नेपाली चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ एकैसाथ तयार हुने भएका छन् । विश्वमै पहिलो पटक यो किसिमले चलचित्र बन्न लागेको हुनाले यस कार्यलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता [ थप …]

Jun 252016
 
मिथिला कलामा नयाँ आविष्कार

मिथिला जनजीवनका विविध आयाम र परिवेश  झल्किने चित्रको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा भइरहेको छ । मिथिला नारीको सामाजिक मनोदशालाई केलाउँदै बनाइएका चित्रमा रङ र विषय संयोजनमा कलाकारको सबल सचेतनाले काम गरेको पाइन्छ । मिथिला [ थप …]

Feb 242016
 
प्रचण्डकी बुहारीको एमाओबदी बैठकमा बिलौना

‘न मेरो विवाह दर्ता छ, न त छोराको जन्म दर्ता । लौ, मेरो डिएनए परीक्षण गरिदिनुस् । प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर चिनाउने मसँग के छ आधार ।’ माघ १० र ११ गते [ थप …]

Feb 032016
 

लामखुट्टेको टोकाइबाट सर्ने भनिएको जिका भाइरस सम्भोगबाट पनि सरेको घटना सार्वजनिक भएको छ। अमेरिकाको टेक्सस राज्यका स्वास्थ्य अधिकारीहरुले मंगलबार एकजना बिरामीमा सम्भोगका कारण जिका भाइरस सरेको देखिएको बताएका छन्। डलास काउन्टी हेल्थ एण्ड ह्युमन सर्भिस डिर्पाटमेन्टका [ थप …]

Oct 142015
 
आदित्यको रोग पहिचान गर्न अमेरिकी डाक्टर असफल

नेपाली बालक आदित्य दाहालको उपचारमा संलग्न अमेरिकी डाक्टरहरु रोग पहिचान गर्न असफल भएका छन्। उनको अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा स्वास्थ्य अनुसन्धान भैरहेको छ। उपचारको क्रममा केहि सुधारका लक्षणहरु देखिएको बताइएको छ। उनको गत ११ श्रावणदेखि [ थप …]

Jul 072015
 
बोक्सी बिद्याका लागी नाबालकको बलि दिनेलाई सर्वस्वसहित जन्मकैदको फैसला

अन्धविश्वासमा लागेर बोक्सी विद्या प्राप्त गर्नका लागि भन्दै नाबालकलाई बली दिने रौतहट जिल्ला समनपुर गाविस-८ बस्ने महादेवी भन्ने महवादेवी यादव र उनका गुरु मानिएका छविलाल रायलाई पुनरावेदन अदालत हेटौडाले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । [ थप …]

Jun 262015
 

उदयपुर जिल्लाको पश्चिमी पहाडी गाविस सिरिसे–७ पट्नाभन्ज्याङ माध्यमिक विद्यालयमा सप्ताहव्यापी पुराण लगाएपछि विद्यार्थी बेहोस हुने क्रम रोकिएको छ । एक महिनादेखि विद्यालयका छात्रा प्रत्येक दिनजस्तो बेहोस हुने काम्ने र छाद्ने क्रम बढ्दै गएको र कक्षा [ थप …]

Jun 122015
 
डान्स बारमा होइन,ल्होसारमा श्रीमतीसँग नाचेको- सञ्चारमन्त्री रिजाल

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले वीस वर्ष पहिला आफ्नी पत्नीसँग नाँच्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । आफूविरुद्ध आएका समाचारबाट दिक्क रिजालले पत्नीसँग नाँचेको तस्बिर गत मंगलबार बिहानै सार्वजनिक [ थप …]

Jun 122015
 
अन्तरिक्षमा पहिलो पटक 'पोर्न चलचित्र' बनाइने

एडल्ट वेबसाइट पोर्न-हबले अन्तरिक्षमा पहिलो पटक अश्लिल चलचित्र निर्माण गर्ने भएको छ । पोर्न स्टार इवा लोविया र जोनी सिन्सलाई यस चलचित्रका लागि अनुबन्धन गरिएको छ । यी दुईलाई ६ महिनासम्म तालिम दिइने बताइएको छ [ थप …]

May 012015
 
पाँच दिनसम्म पुरिएका पेम्बाको साहसी उद्धारकर्ता

नुवाकोटका १८ वर्षीय पेम्बा तामाङलाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक लक्ष्मण बस्नेतको कमाण्डमा खटिएको रेक्स्यु टिमले भुकम्प गएको ४ दिनपछि बुधवार सकुशल उद्धार गरेपछि उनको प्रसिद्धि देश-विदेशमा फैलिएको छ । विदेशी रेक्स्यु टोलीले लडेको भवनभित्र [ थप …]

Mar 172015
 
बेजातकी केटीसँग प्रेम गर्नेलाई जुत्ताको माला लगाइ गधामा नाङ्गै घुमाइयो

भारतको महाराष्ट्रको अहमदनगरमा एक निकै दुखलाग्दो घटना सार्वजनिक भएको छच । त्यहाँ स्थित वामबेरी गाऊँमा १८ वर्षका एक युवकलाई दोस्रो जातकी केटीसँग प्रेम गरेको आरोपमा ती युवकलाई नाङ्गो बनाएर गधा राखेर गाऊँ घुमाइएको छ । [ थप …]

Feb 132015
 
फेसबुके माया बिहेको तरखरमा

भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा सार्वजिनक एक अमेरिकी महिलासँग भारतियको फेसबुके माया बिहेको संघारमा पुगेपछि यो घटनाले भारतीय सञ्चारमाध्यमा खुबै चर्चा पाएको छ । भारतको उत्तर प्रदेशस्थित शाहजहापुरबाट प्रेमको एउटा रोचक कहानी बाहिर आएको हो । [ थप …]