छवि

Jul 292017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

नेपालबाहिर बसेका सबै नेपाली अल्पसंख्यक जाति वा भाषी हौं । मूलधारको भाषा फरक भएपछि आफ्नो भाषा कसरी जोगाउने र आफ्ना नानीहरूलाई कसरी भाषा सिकाउने भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो । संसारका शक्तिशाली र विकसित देशहरूमा समेत अल्पसंख्यक नेपाली समुदायले खास आकार ग्रहण गर्दै जाँदा यी देशहरूमा नेपाली पाठशालाको स्थापना भई नानीहरूलाई भाषा-संस्कृति सिकाउने उल्लेखनीय प्रयासहरू भएका छन् । तर, चुनौतिहरू पनि उत्तिकै छन् ।

नानीहरूलाई पढाउनका लागि केही निश्चित मापदण्ड र खाँचो पुरा गर्नु आवश्यक हुन्छ । त्यसमा समय, स्थान, पाठ्यसामग्री, शिक्षक-विद्यार्थी र पैसा प्रमुख हुन् ।

समय- नेपाली नानीहरूका निम्ति नेपाली पाठशाला अतिरिक्त कृयाकलाप जस्तै हो । सामान्यतया विदेशमा शनिबार र आइतबार स्कुल छुट्टी हुन्छ । जुनमा जाँच भएर जुलाई र अगस्टमा गर्मी छुट्टी हुन्छ । यही समयलाई सदुपयोग गर्दै हप्तामा एक दिन २ वा ३ घण्टा पाठशाला संचालन गरिएको पाइन्छ ।

स्थान- स्थानीय स्कुल, कलेज, चर्च वा नगरपालिकासँग सहकार्य गरी उनीहरूको भौतिक पूर्वाधार प्रयोग गरिएका छन् । त्यसबाहेक नेपाली संस्थाका कार्यालय वा ‘नेपाल हाउस’ बनेका ठाउँमा त्यही केन्द्रमा पुस्तकालयसहित कक्षा संचालन गर्ने सोच पाइन्छ ।

पाठ्यसामाग्री- परदेशका नानीहरूले नेपाली भाषा सिक्नु भनेको दोस्रो भाषा सिक्नु जस्तो हो । यस सन्दर्भमा विशेषतः पाठ्यक्रमको अभाव खट्केको छ । नेपालमा शिक्षा मन्त्रालयबाट तयार गरिएका किताब आकर्षक छैनन् । प्रवासको वातावरण फरक हुने हुँदा कतिपय सन्दर्भमा नेपालका पुस्तकमा देखाइएका उदाहरण, फोटो र ठेट शब्दहरूसँग नानीहरू पटक्कै परिचित नहुँदा गारो परेको अनुभव सुनाउँछन् अमेरिकाको ‘नेपाली पाठशाला अफ भर्जिनिया’ का संयोजक विष्णु खरेल । यही समस्याले गर्दा शिक्षा मन्त्रालयको १, २ र ३ कक्षाको पाठ्यपुस्तक पढाइने गरेकोमा हाल स्थानिय स्तरमै पठनसामग्रीको विकास गरिएको उनले बताए । डायस्पोराका नानीहरूलाई लक्षित गरी सरस, सरल र सलल लाग्ने पाठ्यपुस्तकको निर्माण गर्नु जरूरी भएको छ ।

शिक्षक-विद्यार्थी- थुप्रै अभिभावकहरूमा आफ्ना नानीलाई भाषा सिकाउने रहर छ । तर, कतिपय अभिभावकहरू विश्वस्त देखिँदैनन् र गंभीर हुन सकेका छैनन् । मिठो छ र सरस्वतिको प्रसाद हो भन्यो भने कसले खाँदैन र ! सचेतनाको खाँचो छ ।

एकाध ठाउँमाबाहेक सामान्यतः शिक्षकहरूले स्वयंसेवीको रूपमा काम गरेका छन् । नेपालमा शिक्षित दीक्षित उनीहरूले फुर्सदको समयको सदुपयोगको रूपमा लिएका छन् ।

पैसा- पाठशाला संचालन र स्तरियता उकास्न पैसा मेरूदण्ड हो । डेनमार्कको कोपनहेगनमा संचालित नेपाली पाठशालालाई स्थानीय नगरपालिकाले भौतिक र आर्थिक रूपमा सहयोग गरिरहेको छ । शिक्षकलाई नियमित पारिश्रमिक र मसलन्द खर्च उपलब्ध छ । त्यसैले निर्विघ्न कक्षाहरू चलेका छन् । अरू ठाउँहरूमा भाषासंस्कृति संरक्षणमा लागीपरेका नेपाली संस्थाको व्यवस्थापन वा मनस्वी स्वयंसेवी महिलाहरूको पहलमा पाठशालाहरू संचालित छन् । विकसित देशहरूमा दान दिँदा त्यसमा करछुट हुने हुँदा र स्वयंसेवी शिक्षकहरूबाट कक्षा संचालन गर्दा आर्थिक भारको ठुलो पिरलो छैन, कतिपय पाठशालाहरूमा ।

यीनै चुनौतिहरूबिच कतिपय नेपाली स्कुलहरू बन्द भएका छन् भने कतिपय स्कुलहरू लोकप्रीयताको खुट्किलो चढ्दैछन् । बेल्जियमको एन्टवर्पमा सोफिया महर्जन कार्कीले चलाएको नेपाली स्कुल सातौं वर्षमा चल्दा ७० विद्यार्थीहरू नियमित छन् भने स्पेनको बार्सिलोनामा ३ वर्ष पहिले ५ जना विद्यार्थीबाट शुरू गरिएको पाठशालामा हाल ३५ विद्यार्थी लाभान्वित छन् ।

बहुभाषी हुनुका अनेकन् फाइदा छन् । त्यसमा पनि आफ्नो भाषा (अर्थात् कुल र मूलको भाषा) संरक्षण गर्नु त अपनत्व र पहिचानसँग जोडिएको कुरा हो । बेलायत, बेल्जियम, स्पेन, डेनमार्क, जर्मनी, अमेरिका, अस्ट्रेलिया, क्यानडा आदि देशहरूमा नानीहरूका लागि नेपाली पाठशाला संचालित छन् । यसलाई गैरआवासीय नेपाली सँघलगायत प्रवासका नेपाली संघसंस्थाहरूले एक प्रमुख ध्येयका रूपमा लिई संचालन र प्रोत्साहन गर्नु आवश्यक छ ।

– पंचम अधिकारी

 

Jul 242017
 
क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

क्यानेडियन प्र.मं. जस्टिन ट्रुदो टोरोन्टोले हिजो श्री स्वामीनारायण हिन्दू मन्दिरको दसाैं वार्षिक कार्यक्रममा भाग लिंदै प्रार्थना गरे । उनले क्यानडाका हिन्दू समुदाय र क्यानेडियन मूल्य र मान्यताहरूबीच सामन्जस्यता रहेको उल्लेख गरे । पूजाका क्रममा उनले [ थप …]

Jul 222017
 
उदयपुरमा सुतेको बेला हात्तीको आक्रमणले मृत्यु

हात्तीको आक्रमणबाट उदयपुर बेलका नगरपालिका– ३ का ५८ वर्षीय रामबहादुर मगरको मृत्यु भएको छ । कोशीटप्पु हुँदै बेलका जंगलबाट आएका जोडी हात्तीले हिजो बिहान आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । आफ्नो घर बाहिर [ थप …]

Jul 142017
 
१९६० को दशकमा अफगानिस्तान

लामो समयसम्म गृहयुद्ध झेलेको अफगानिस्तानको नाम सुन्ने बित्तिकै एक खालको ध्वंसात्मक चित्र दिमागमा आउँछ । सन् १९६० को दशकमा अफगानिस्तानको यो फोटो डेनभरपोस्टबाट लिइएको हो। 

Jul 052017
 
चितुवाको फन्दा

पानी पिउन खोज्दा चितुवाको यस्तो हालत भएको हो । भारतको राजस्थानमा भएको यो घटनापछि मानिसहरू रमिते भएको देख्न सकिन्छ । पछि जंगल सुरक्षाकर्मीहरूले चितुवाको फन्दा खोली दिएका थिए ।

Jan 192017
 
फिफा वरियतामा नेपाल दक्षिण एसियामा तेस्रो

फिफाले  बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ [ थप …]

Nov 252016
 
गैरआवासीय नेपालीलाई परराष्ट्र मन्त्रीको आग्रह

परराष्टमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन । अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै [ थप …]

Nov 082016
 

अमेरिकामा मंगलबार राष्ट्रपतीय चुनावमा कुन कुन राज्य महत्वपूर्ण हुनेछन्, अहिलेसम्म त्यो धेरै हदसम्म थाहा भइसकेको छ। पछिल्ला केही चुनावमा झैं यसवर्षमा फ्लोरिडा, ओहायो र पेन्सिलभेनियामा केन्द्रित हुनेछन् किनकि भावी राष्ट्रपतिको अनुमान गर्नमा यी राज्यको भूमिका [ थप …]

Nov 032016
 
भूटानी शरणर्थीबारे गम्भीर हुन मुखर्जीलाई आग्रह

पूर्वी नेपालमा करिब दूइ दशक अघिदेखि शरणार्थी जीबनयापन गर्दै आएका भूटानी शरणार्थीहरूले नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जिलाई आफूहरूको समस्याको बिषयमा गम्भिर भएर लागिदिनका लागि आग्रह गरेकाछन् । आफूहरुलाई भारतको बाटो हँुदै नेपाल [ थप …]

Oct 272016
 
कार्कीको विषयमा काँग्रेसले पछि निर्णय गर्छ: डा महत

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा छानबिन प्रक्रियालाई प्रभावित पार्ने गरी कांग्रेसले कुनै निर्णय नगर्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले बिहीबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा [ थप …]

Oct 252016
 
एसेण्डा मेलाबारे बाहिर आएको प्रतिबेदन आधिकारिक हैन: एनआरएनए बेल्जियम

तिन वर्ष अगाडी बेल्जियमको गेन्टमा सम्पन्न अन्तर्राष्ट्रिय व्यापारिक मेला सम्वन्धि प्रतिवेदनबारे गैर आवासीय नेपाली संघ बेल्जियमले ध्यानाकर्षण गराएको छ । सोमवार एक प्रेष बिज्ञप्ति जारी गर्दै भनेको छ ‘एसेन्टा मेलाको प्रतिवेदनलाई भेलाले निर्देसन गरे अनुसार [ थप …]

Oct 222016
 
नेदरल्याण्डसकि युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका अन्तर्गत सार्बजनिक जंगलमा हल्याण्डकी २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको नागरिकमा समाचार छ। काठमाडौं टोखा नगरपालिका–९ धापासी बस्ने सिन्धुपाल्चोक बिशंखुका २९ वर्षीय प्रवेश लामालाई प्रहरीले पक्राउ [ थप …]

Oct 202016
 
बेहुला बेहुली पक्राउ

बालबिवाह गरेको भन्दै खादबारी ५ चिप्लेगाँउका १४ बर्षिय सोनी गुरुङ र  खाँदबारी ३ मानेभञ्ज्याङका ३२ बर्षिय रमेश गुरुङलाई टिकाटालो गरिरहेकै अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन । बाल क्लव सञ्जालले विहिवार पक्राउ गरी [ थप …]

Oct 202016
 
महाअभियोगको औचित्यबारे एमाले अध्यक्ष ओलीको ब्रिफिङ

नेकपा (एमाले)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको औचित्य र आवश्यकताबारे आफ्ना सांसदलाई जानकारी गराएको छ। व्यवस्थापिका-संसद्मा दोस्रो ठूलो दल एमालेले तेस्रो दल नेकपा (माओवादी केन्द्र)सँग मिलेर [ थप …]