विविध

Jul 222017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

हात्तीको आक्रमणबाट उदयपुर बेलका नगरपालिका– ३ का ५८ वर्षीय रामबहादुर मगरको मृत्यु भएको छ ।

कोशीटप्पु हुँदै बेलका जंगलबाट आएका जोडी हात्तीले हिजो बिहान आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । आफ्नो घर बाहिर खाटमा सुतिरहेका मगरलाई बिहान ४ बजे आएको जोडी हात्तीले ओछ्यान मै आक्रमण गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले बताएको छ ।

मृत मगरको शव परीक्षणका लागि सुनसरी स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ ।

Jul 182017
 
कोत्रेकको आवासीय क्षेत्रमै गाँजा खेती, फेरारीसहित पक्राउ

कोत्रेकको एक आवासीय क्षेत्रमा गाँजा खेती गर्ने एक युवालार्इ प्रहरीले पक्राउ गरेको छ । उसको घर र बगैंचा पनि सिल गर्न अदालतले आदेश दिएको छ । उसको कम्पाउन्डबाट १ फेरारी कार, १ स्पिडबोट र आधा [ थप …]

Jul 182017
 
सुनिललार्इ फकाउँदै कपिल शर्मा

कपिल शर्मा शोबाट बाहिरिएका सुनिल ग्रोवरलार्इ शोमा फर्काउन  कपिल शर्माले फकाइरहेको समाचार भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यी दुर्इबिचको झगडापछि ‘द कपिल शर्मा शो’ को स्तर घटेको धेरै दर्शकले गुनासो गर्ने गरेका छन् । [ थप …]

Jul 162017
 
बलिउडका नायिकाहरूको  पारिश्रमिक

संसारमै सबैभन्दा बढी फिल्म बन्ने बलिउड पछिल्लो दशकमा बजेटका हिसाबले पनि महंगो हुँदै गएको छ । बलिउड कलाकारले फिल्ममा काम गरेवापत कति पारिश्रमिक पाउँछन् भन्नेमा धेरैको चासो हुन्छ। कलाकारहरुले प्रायः आफ्नो फिल्म सुपरहिट भएपछि पारिश्रमिक [ थप …]

Jul 142017
 
बेल्जियममा पेन्सन बढ्यो

बेल्जियमको संघीय संसदले पेन्सन बढाउने नयाँ विधेयक पास गरेको छ । जसअनुसार पुरा अवधि काम गरेको एक बेल्जियन कामदार/जागीरेले आउँदो सेप्टेम्बरबाट कम्तिमा १ हजार २ सय १२ युरो ४५ सेन्ट प्रति महिना पाउँनेछन् । बेल्जियममा [ थप …]

Jul 142017
 
१९६० को दशकमा अफगानिस्तान

लामो समयसम्म गृहयुद्ध झेलेको अफगानिस्तानको नाम सुन्ने बित्तिकै एक खालको ध्वंसात्मक चित्र दिमागमा आउँछ । सन् १९६० को दशकमा अफगानिस्तानको यो फोटो डेनभरपोस्टबाट लिइएको हो। 

Jul 142017
 
कस्तो होला अान्त्रोपेनमा नेपाल फेस्टिबल ?

♦ डिल्लीराम अम्माई ♦ भोलि १५ जुलाईमा बेल्जियमको आन्तोर्पेनको पनि ग्रोनप्लातमा नेपाल फेस्टिबल आयोजना गरिएको छ । मातृभुमि प्रति मनोबैज्ञानिक मोह जगाउने यो फेस्टिबलमा आफ्ना लालाबाला सहित बेल्जियमबासी नेपालीहरू उपस्थित हुने अपेक्षा गरिएको छ । हामीले [ थप …]

Jul 132017
 
विश्वका उत्कृष्ट सहरको सूचिमा न्यूयोर्क पहिलो, आम्स्टरडाम नवाैं

बस्न, ब्यापार गर्न र भ्रमण गर्न लायक सहरहरूको खोजिमा गरिएको सर्वेक्षणमा न्यूयोर्कले बाजी मारेको छ । पेरिसको बजार अनुसन्धानसंबन्धी एक कम्पनी IPSOS ले सो सर्वेक्षण गरेको हो । यसै वर्ष २६ देशमा गरिएको सर्वेक्षणमा  न्यूयोर्क सूचिको [ थप …]

Jul 132017
 
गोल्डन भिसा स्किम भजाएर लिस्बोनकी वकिलले विदेशीबाट टन्न कमाइन्

पोर्चुगलको गोल्डन भिसा स्किम भजाएर लिस्बोनकी एक चर्चित वकिलले टन्न कमाएको भनी जुडिसियल प्रहरीले पक्राउ गरेको छ । उनले विदेशबाट लाग्ने त्यस्तो भिसामा ठगी गरी ६ मिलियन युरो कमाएको प्रहरी आरोप छ । मारियो आन्तोनिया [ थप …]

Jul 112017
 
बेल्जियमको बुर्का निषेध कानूनलार्इ युरोपेली कोर्टको समर्थन

बेल्जियमको बुर्का निषेधसंबन्धी कानूनलार्इ मानव अधिकारसंबन्धी युरोपेली कोर्टले उचित ठहर्याएको छ ।  सार्वजनिक स्थानमा मुस्लिम महिलाहरूले लगाउने बुर्कालार्इ बेल्जियममा सन् २०११ मा लागू गरेको कानूनले गैरकानूनी मानेको थियो । र यस कानून मुताबिक ब्रसेल्समा जरिवाना [ थप …]

Jul 112017
 
संरक्षण कविता आन्दोलनको चौथो कार्यक्रम सम्पन्न

संरक्षण कविता आन्दोलन यूरोपको चौथो कार्यक्रम ९ जुलाईका दिन स्थानीय लुभेनमा सम्पन्न भयो । नेपालमा सरुभक्तको अगुवाईमा वि.स. २०५३ देखि शुरु भएको यो ग्रामीण र प्राकृतिक बिम्बमा साक्षात्कार सहित स्थलगत रचना र वाचनको नवीन प्रयोग [ थप …]

Jul 102017
 
लन्डनमा बक्स अफिस फिल्म फेयर अवार्ड २०१७  सम्पन्न  

नेपाली चलचित्रमा योगदान दिने धेरै कलाकर्मीहरुले सम्मान स्वरुप मेडल प्राप्त गरेका छन् भने युरोपबाट समेत  दुई चलचित्र निर्मातालाई सम्मानित भएका छन् । ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’मा अन्य नेपाली कलाकर्मीसंगै  चलचित्र निर्माता एवं अन्तरास्ट्रिय [ थप …]

Jul 092017
 
राष्ट्रसंघीय उपमहासचिवको प्रस्तावित भ्रमणमा सरकारको नामंजुरी

नेपालको तीन दिने  भ्रमणमा आउने तयारीमा रहेका राजनीतिक मामिलासम्बन्धी राष्ट्रसंघीय उपमहासचिव जेफरी फेल्टम्यानलाई तत्काल नेपाल नआउन सरकारले आग्रह गरेको छ । नेपाल सरकार र न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि कार्यालयसँग समन्वय नगरी एकतर्फी रूपमा भ्रमण तालिका [ थप …]

Jul 092017
 
इन्स्ट्राग्रामबाट लाखौं कमाउँछन् रोनाल्डो, सेलेना

इन्स्ट्राग्रामको एउटा तस्बिरबाटै स्पेनीश क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लाखौं रकम कमाइ गरेका छन् । इन्स्ट्राग्राम सेडुलर्स हुपरले गरेको एक अध्ययनले रोनाल्डोले इन्स्टाग्राममा गरेको एक पोस्टबाटै तीन लाख १० हजार पाउन्ड रकम कमाइ [ थप …]

Jul 092017
 
मदन पुरस्कारका लागि श्रेष्ठ सूचीका नौ कृति

मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कार पाउन लायक उत्कृष्ट नौ कृतिको सूची सार्वजनिक गरेको छ । गुठीको विधान अनुरूप २०७३ सालको मदन पुरस्कारका निम्ति प्राप्त भएका कूल १ सय ९५ पुस्तक मध्येबाट ‘श्रेष्ठ सूची’ [ थप …]