रुसको राजधानी मस्कोमा बौद्ध-विहार

रुसको राजधानी मस्कोको उत्तर–पूर्वी क्षेत्र ओत्राद्नोए इलाकाको नोभोभ्लादिकिन्स्की मार्गमा बौद्धविहार बौद्धविहार बन्ने भएको छ । मस्को बौद्ध समाजको सक्रियतामा बन्न लागेको विहारको नक्सा तयार भई निर्माणका लागि अनुमति समेत प्राप्त भइसकेको छ । साँढे अठार मिटर अग्लो र तीनतले विहारको कुल क्षेत्रफल ३ हजार ७९ वर्गमिटर हुने छ ।