अष्ट्रेलियन बलर ब्रेट ली बलिउड फिल्ममा

अष्ट्रेलियाका तिव्र गतिका बलर ब्रेट लीले  बलिउड फिल्ममा देखिने भएका छन् ।

बलिउड चलचित्र ‘अनईण्डियन’ चलचित्रमा अभिनय गर्दै ब्रेट लीले चलचित्रको विश्वमा पाइला हालेका छन् । उक्त चलचित्रको एक गीतको सुटिङका लागि ब्रेट लीले विश्वकप क्रिकेटको एक कमेन्ट्रीबाट समेत बिदा लिएका थिए ।

brett-lee-in-unindianएक प्रतिवेदनमा भनिएको छ की चलचित्रको उक्त नृत्यका लागि ब्रेट ली ले इण्डियन ट्रेडिशनल पहिरन लगाएका थिए । उनले उक्त नृत्यलाई निकै रमाईलो गरेका थिए । ब्रेट लीले उक्त गीतमा नायीका तनिष्ठा चटर्जीको साथमा नृत्य गरेका थिए । शुटिङ सकिएपछि उनकी सहकर्मी नायीका तनिष्ठा भारत फर्किएकी थिइन् र ली ले विश्वकप क्रिकेटको कमेन्ट्रीको लागि माइक्रोफोन सम्हालेका थिए ।

चलचित्रको शूटिङ गत हप्ता सकिएको छ । यस चलचित्रलाई अनुपम शर्माले निर्देशन र निर्माण गरिरहेका छन् । यो एक हास्य(कमेडी) चलचित्र हो ।