ब्रसेल्समा तिन विस्फोटनमा कम्तिमा ३१ को मुत्यु, नेपालीहरू सुरक्षित

बेल्जियम एवं युरोपियन युनियनको राजधानी ब्रसेल्सको मालबिक मेट्रो स्टेशन र जाभेन्तम एयरपोर्टमा मार्च २२ मंगलवारमा भएको आतंककारी हमला र विस्फोटनबाट कम्तिमा ३१ जनाको मृत्यु भएको छ । जाभेन्तम एयरपोर्टमा भएको २ विस्फोटहरूमा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने मालबिक मेट्रो स्टेशनमा २० को मृत्यु भएको छ भने सबै घटनामा गरेर करिब २०० घाइते भएको समाचार यहाँको लोकप्रिय फ्रेन्च भाषी पत्रिका ‘ल स्वार’  को अनलाइन समाचारले उल्लेख गरेको छ ।

घटनाको जिम्मेवारी  आइ.एस. नेटवर्कले लिएको छ । एयरपोर्टको विस्फोटन आत्म घाति घटना भएको बताइएको छ ।

ब्रसेल्स आउने-जाने सबै उडानहरू बुधवारसम्मका लागि रद्द गरिएका छन् । ब्रसेल्सको सार्वजनिक यातायात सेवा मंगलवार पुरै बन्द रह्यो भने बुधवार आंशिक रूपमा खुल्दैछ । मुलुकको सुरक्षा खतरा स्थिति उच्चतम बिन्दू (स्तर४) मा राखिएको छ । ठूलो संख्यामा सुरक्षा फोर्स परिचालन गरिएको छ । थुप्रै घरहरूमा खानतलासी लिइँदैछ । खासगरी स्कारबेक क्षेत्रमा जहाँ संदिग्धहरूलाइ ट्याक्सी ड्राइभरले पिक अप गरेका थिए ।

सुरक्षा उच्च भए पनि घटनास्थलभन्दा  अन्यत्र स्थिति सामान्य, तर सुनसान छ ।

Brussels blastब्रसेल्समा करिब ५०० नेपालीहरू बस्ने अनुमान गरिन्छ । घटनास्थल मालबिक मेट्रो स्टेशन नेपालीहरूको बाक्लो बसाइँ रहेको माधु/सेन्ट जोस एरियाबाट करिब ५०० मिटरको दूरीमा पर्दछ । तथापि नेपाली हताहत भएको कुनै समाचार प्राप्त भएको छैन ।

Brussels blast2