विमल घर्तिमगर बेल्जियममा

नेपाली राष्ट्रिय फुटबल टोलीका अग्रपङ्क्तिका खेलाडी विमल घर्तीमगर उपचारको लागी बेल्जियम आएका छन ।
भारतमा सम्पन्न बार्हौ दक्षिण एसियाली खेलकुद (साग )मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल घुँडाको Bimal Gharti Magarउपचारका लागि बेल्जियम आएका हुन् ।

बेल्जियममा रहँदा विमलले आफ्ना एजेन्ट लुइस डे भरिइसलाई भेट्ने छन् । साथै उनले युरोपियन फुटबलको यो सिजन सकिएकाले आगामी सिजनका लागि केही क्लबसँग युरोप बसाइँका क्रममा छलफल गर्ने भएका छन्  ।

  • Post category:खेल