infomala

Mar 052017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

मेरो मनै नेपाली छ, तन नै नेपाली छ binita

बोलीबचन सुन्छु भने झनै नेपाली छ

बोल्नु पर्दा कहिलेकाही बोल्छु अंग्रेजीमा

देशको माया कति कति हुन् रैछ सिमा

नक्कल धेरै जान्दिन लाली गाजल लाउछु

भन्नेले जे भनुन दोहोरी नै गाउछु

मेरो मनै नेपाली छ, तन नै नेपाली छ

रंग रुची सोच्छु भने झनै नेपाली छ ..

नक्कल धेरै जान्दिन लाली गाजल लाउछु भन्नेले जे भनुन दोहोरी नै गाउछु…

लोक दोहोरी गायिका बिनिता लामिछानेको ‘मेरो मनै नेपाली छ’ बोल गीतको म्यूजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ । देशभक्तीको भावनाले ओतप्रोत उक्त गीतमा शिव सुवेदीको शब्द रहेको छ भने अर्जुन पोखरेलले संगीत भरेका छन ।

बिनिता लामिछानेकै स्वरमा सजिएको उक्त गीतको भिडियोमा गायिका लामिछाने आफ्नै अभिनय रहेको छ । करण चैसिरको छायाङ्कन, बिष्णु शर्माको सम्पादन् र प्रकाश भट्टको निर्देशन बनेको गीतको भिडियोलाई म्युजिक नेपालले सार्वजनिक गरेको हो ।

युरोपेली नेपाली समुदायमा नेपाली कला संस्कृति प्रवर्द्वनका लागि आयोजना गरिने विभिन्न कन्सर्टहरुमा गायिका लामिछानेले आफ्नो प्रस्तुति दिदै आएकी छन ।

Jan 192017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

फिफाले  बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएकोfifa छ ।

गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औंँ दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औंँ दर्जाका साथ दोस्रो स्थानमा छ । त्यस्तै नेपालभन्दा एक स्थान सुधार गरे पनि भुटान नेपालभन्दा एक स्थानमुनि अर्थात् १७६ औंँ स्थानमा छ ।

पाँच स्थानमा खस्किएको बङ्गलादेश वरियताको १९० आँै स्थानमा छ । दक्षिण एसियाका श्रीलङ्का र पाकिस्तान क्रमशः १९६ आँँैं र १९७ औँ स्थानमा छन् । त्यस्तै अफगानिस्तान पाँच स्थान खस्कँदै १५१ औँ स्थानमा पुगेको छ ।

फिफा वरियतामा पहिलो स्थानमा अर्जेन्टिना, दोस्रामा ब्राजिल तथा तेस्रामा जर्मनी छन् ।

Jan 192017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

tamang samajबेल्जियममा तामांग समाज बेल्जियमले २८५३ सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ ।  कार्यक्रमका लागि नेपालबाट कलाकारहरु संजय लामा, रश्मी तामांग, सागर वाइवा, मेघ लामा र नेपाली तारा -२ सन्तोष लामा बेल्जियम आउदै छन् ।

चरा वर्गको अवसरमा कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेर मनोरन्जन प्रदान गर्ने भएका छन् । कार्यक्रम यहि २८ जनवरीमा बेल्जियमको लुभेनस्थित ओन्स हाउसमा साझ ५ बजे देखि शुरु समाजले जनाएको छ ।

Jan 122017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

मधेशबादी दलहरुको माग पुरा गर्न अगाडी सारिएको संविधान संशोधन ( पाँच नम्बर प्रदेश टुक्राउनेगरी आएको विधेयक ) विरुद्ध आन्दोलन गरिरहेका अर्घाखाँचीवासीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेतामाथि आक्रोस पोखेका छन्  ।

सदरमुकाम सन्धीखर्कस्थित टुँडिखेलमा विहिवार आयोजित अर्घाखाँची महोत्सवमामा सहभागी माओवादी नेता एवं सोही क्षेत्रका पूर्व सांसद डिलाराम आचार्यले  पाँच नम्बर प्रदेशबाट अर्घाखाँची टुक्रिए पनि केही फरक नपर्ने र आन्दोलन औचित्यहीन भएको  बयान दिएपछि आक्रोशित बनेका सहभागी स्थानीयहरुले मञ्चतर्फ ढुंगामुढा गरेका थिए । सहभागीहरुले मञ्चतर्फ ढुंगामुढा गर्न थालेपछि प्रहरीले आचार्यलाई सुरक्षा घेरमा राखेको थियो । नेता आचार्यलाई भारतीय दलाल भन्दै महोत्सवमा सहभागीले आक्रमण गर्न थालेपछि महोत्सवका प्रमुख अतिथि ऊर्जामन्त्री जनार्दन शर्माले समेत  मन्तब्य टुंग्याउन नपाउँदै प्रहरीको सहायताले कार्यक्रम बाट बाहिरिनु परेको थियो ।

‘पाँच नम्बर प्रदेश टुक्राउने भारतीय दलाल देश छोड’ भन्दै स्थानीयहरु आचार्यमाथि जाइलागेका थिए । महोत्सवमा माओवादी नेताले दिएको अभिब्यक्तिबाट तनावग्रस्त बनेको सन्धीखर्कमा भीड शान्त पार्न प्रहरीले लाठी चार्ज र हवाइ फायर गर्दा आधा दर्जन घाइते भएका छन् । स्थिति तनावग्रस्त हुँदा महोत्सवका बिहीवारका सबै कार्यक्रम स्थगित भएका छन् ।

अर्घाखाँचीबाटै निर्वाचित माओवादी केन्द्रका सांसद एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेश टुक्राउनुहुँदैन् भनेर जनभावनाअनुसार आन्दोलनको नेतृत्व गरिरहेका बेला उनको विचारको खण्डन गर्दै आचार्यले अर्घाखाँची टुक्राउने भाषण गरेपछि स्थानीय उनीमाथि जाइलागेका हुन् । (युट्युब भिडियो )

Jan 122017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

मधेशबादी दलहरुको माग पुरा गर्न अगाडी सारिएको संविधान संशोधन ( पाँच नम्बर प्रदेश टुक्राउनेगरी आएको विधेयक ) विरुद्ध आन्दोलन गरिरहेका अर्घाखाँचीवासीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेतामाथि आक्रोस पोखेका छन्  ।

सदरमुकाम सन्धीखर्कस्थित टुँडिखेलमा विहिवार आयोजित अर्घाखाँची महोत्सवमामा सहभागी माओवादी नेता एवं सोही क्षेत्रका पूर्व सांसद डिलाराम आचार्यले  पाँच नम्बर प्रदेशबाट अर्घाखाँची टुक्रिए पनि केही फरक नपर्ने र आन्दोलन औचित्यहीन भएको  बयान दिएपछि आक्रोशित बनेका सहभागी स्थानीयहरुले मञ्चतर्फ ढुंगामुढा गरेका थिए । सहभागीहरुले मञ्चतर्फ ढुंगामुढा गर्न थालेपछि प्रहरीले आचार्यलाई सुरक्षा घेरमा राखेको थियो । नेता आचार्यलाई भारतीय दलाल भन्दै महोत्सवमा सहभागीले आक्रमण गर्न थालेपछि महोत्सवका प्रमुख अतिथि ऊर्जामन्त्री जनार्दन शर्माले समेत  मन्तब्य टुंग्याउन नपाउँदै प्रहरीको सहायताले कार्यक्रम बाट बाहिरिनु परेको थियो ।

‘पाँच नम्बर प्रदेश टुक्राउने भारतीय दलाल देश छोड’ भन्दै स्थानीयहरु आचार्यमाथि जाइलागेका थिए । महोत्सवमा माओवादी नेताले दिएको अभिब्यक्तिबाट तनावग्रस्त बनेको सन्धीखर्कमा भीड शान्त पार्न प्रहरीले लाठी चार्ज र हवाइ फायर गर्दा आधा दर्जन घाइते भएका छन् । स्थिति तनावग्रस्त हुँदा महोत्सवका बिहीवारका सबै कार्यक्रम स्थगित भएका छन् ।

अर्घाखाँचीबाटै निर्वाचित माओवादी केन्द्रका सांसद एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेश टुक्राउनुहुँदैन् भनेर जनभावनाअनुसार आन्दोलनको नेतृत्व गरिरहेका बेला उनको विचारको खण्डन गर्दै आचार्यले अर्घाखाँची टुक्राउने भाषण गरेपछि स्थानीय उनीमाथि जाइलागेका हुन् ।

 

 

Jan 092017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

वैदेशिक रोजगारीका क्रममा खाडीलगायत मुलुकमा ठूलो सङ्ख्यामा रहेका नेपालीलाई मतदान गर्न पाउने अधिकारको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा भइरहेको मतदातासम्बन्धी विधेयकमाथिको दफबार छलफलमा भाग लिने सांसदले उक्त कुरा उठाएका हुन् । बैठकमा सांसद मदनकुमारी९गरिमा० शाहले वैदेशिक रोजगारीमा रहेका युवाले पठाएको विप्रेषणले ठूलो योगदान पु¥याइरहेको पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनीहरुलाई मतदान गर्न पाउने अधिकारबाट विमुख गर्न नहुने बताए  । सदस्य राजेन्द्रप्रसाद पाण्डेले विदेशमा रोजगारीमा रहेका युवालाई आफू रहेकै मुलुकबाट मतदान गर्न पाउने अधिकार सुरक्षित गर्ने व्यवस्था विधेयकमा हुन आवश्यक भएको बताए  ।

बैठकमा विवाह भएका महिलाको मतदाता नामावली उनीहरुले इच्छाएको ठाउँमा पार्न सजिलो व्यवस्था गर्नुपर्ने तथा दुई ठाउँबाट मतदाता नामावली कायम गरेको पाइएमा बसाइँसराइको प्रमाणपत्रको आधारमा पछिल्लो वा मतदाता इच्छाएको केन्द्रमा मतदाता नामावली राख्ने व्यवस्था मिलाउन पनि सांसदले सुझाव दिएका थिए  । खाडीलगायत मुलुकमा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या ३५ लाखभन्दा बढी रहेको बताइएको छ । रासस

Jan 092017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

2बाग्लुंग समाज बेल्जियममा गङ्गा प्रसाद शर्माको नेतृत्वमा नयाँ समिति  चयन भएको छ  । सोमवार बेल्जियमको लुभेनमा भएको समाजको तेश्रो अधिवेशनबाट उपाध्यक्षमा मोहन पन्त, धर्म पाठक, र संजय राजभन्डारी चयन भएका छन ।

आगामी दुई वर्षे कार्यकालको लागि महासचिवमा परमानन्द सापकोटा, सचिव निरज शर्मा, कोषाध्यक्ष दुर्गा सापकोटा र  सहकोषाध्यक्ष निलकन्ठ आचार्य रहेका छन् ।

त्यसै गरि सदस्यहरुमा दीपेन्द्र केसी, पुनम शर्मा,जयराम शर्मा, द्विपकुँवर, याम खड्का, भूपेन्द्र सापकोटा, गौरी सापकोटा, जगत कुँवर र संजय कुँवर रहेका छ ।

निर्वाचित भए लगत्तै नवनिर्वाचित अध्यक्ष गङ्गा प्रसाद शर्माले बाग्लुंग सामाजले थालेका परोपकारी कार्यहरुलाई निरन्तरता दिने बताए । कार्यक्रममा महासचिव कृष्ण श्रेष्ठ द्वारा प्रस्तुत प्रगति प्रतिबेदन र संजयराज भण्डारी द्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पास गरिएको थियो ।बाग्लुंग समाज बेल्जियमका अध्यक्ष देबुशर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा परमानन्द सापकोटाले स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमले नेपालको सम्वृद्धिको लागि गरिने सबै खाले कार्यक्रममा एनआरएन हालेमालो गरेर अघि बढ्ने बताए । त्यसै गरी नेपालबाट बेल्जियम आएका होमनाथ आचार्य र श्याम शर्माका साथै समाजका सस्थापक अध्यक्ष श्रीप्रसाद सापकोटा, क्षेत्री समाजका अध्यक्ष नरेन्द्र बस्नेत, ब्यावसायी झलक केसीका साथै सीता सापकोटाले शुभकामना दिएका थिए । कार्यक्रममा बेल्जियम स्थित विभिन्न संघ सस्थाका पदाधिकारीहरु सहभागी थिए । कार्यक्रम सम्पन्न गर्नको लागि गङ्गा प्रसाद शर्मा, मोहन पन्त र संजय राजभण्डारीले सौजन्य प्रदान गरेका थिए ।

बाग्लुंग जिल्ला बाट बेल्जियम आइ बसोवास गरेका बाग्लुंगवासी नेपालीहरुले बाग्लुङ जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्वेश्यले सन् २००९ मा समाजको स्थापना गरेका थिए ।

Jan 022017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

बेल्जियमका तमु (गुरुङ) समुदायले ‘तमु ल्होछार’ भव्य रुपमा मनाएका छन् । शुक्रवार साझ बेल्जियमको अन्त्वेर्पेंनमा जम्मा भएर प्रल्हो (बाँदर वर्ग) को बिदाइ र च्ह्या ल्हो (चरा वर्ग) लाइ स्वागत गर्दै ल्होछार मनाएका हुन् ।

हरेक वर्षको पुस १५ गते मनाइने तमु ल्होछारको अवसरमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्किने वेशभूषा, नाचगान प्रदर्शनी गरिनुका साथै खानाको समेत व्यवस्था गरिएको थियो । ‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ,परम्परा हराए मान्छे (जाति) हराउँछ’ भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा बेल्जियमका विभिन्न शहरबाट थुप्रै नेपालीहरु जम्मा भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूतले विविधतामा एकता नेपाली समाजको विशेषता भएको बताउदै यस्ता खाले कार्यक्रमले नेपालीहरुको सौहार्दता बढ्नुको साथै एक अर्का बिचको सम्मानले नेपाली समाजलाई बलियो बनाएको बताए ।44

जीवन गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमका साथै एनआरएन बेल्जियमका आइसीसी सदस्य जानकी गुरुङले शुभकामना दिएका थिए । ओम गुरुङद्वारा संचालन गरिएको कार्यक्रममा राम घलेले अतिथिहरुलाई स्वागत गरेका थिए भने चोकराज गुरुङले सहयोगीहरुलाई धन्यवाद दिएका थिए । त्यसै गरि गमबहादुर गुरुङले ल्होछारबारे जानकारी गराएका थिए । कार्यक्रममा स्थानीयहरूको समेत सहभागिता रहेको थियो ।

 

कार्यक्रममा स्थानीय कलाकारको साथै नेपालबाट आएका गायक एपी शेर्पाले नेपाली गीत गएर कार्यक्रमलाई थप मनोरन्जन प्रदान गरेका थिए । करिव डेढ दशक देखि गुरुङ समुदायको मौलिक पहिचान कायम राख्नको लागि विभिन्न गतिबिधि गर्दै आइरहेको तमु समाज बेल्जियमको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

2

कार्यक्रममा स्थानीय कलाकारको साथै नेपालबाट आएका गायक एपी शेर्पाले नेपाली गीत गएर कार्यक्रमलाई थप मनोरन्जन प्रदान गरेका थिए । करिव डेढ दशक देखि गुरुङ समुदायको मौलिक पहिचान कायम राख्नको लागि विभिन्न गतिबिधि गर्दै आइरहेको तमु समाज बेल्जियमको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।3355

Dec 262016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

2कांग्रेसको भात्रृसंगठन नेपाली जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन शनिवार नर्वेको ओस्लोमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलको प्रमुख आथित्यमा सम्पन्न भएको अधिवेशनले जीतेन्द्रबिक्रम शाहीको  नेतृत्वमा २३ सदस्यीय  समिति चयन गरेको छ ।

आगामी दुई वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा सुदिपराज पाण्डे, केशव पुरी, नारायणसिंह थापा र विष्णु सापकोटा तथा महामन्त्रीमा कविन्द्र ढकाल, सहमहामन्त्रीमा सूर्यप्रसाद सुवेदी, विष्णु गौतम, नवराज अधिकारी र देवेन्द्र केसी, कोषाध्यक्षमा कोपिला गिरी र सहकोषाध्यक्षमा राजन गौचन चयन भएका छन् ।

त्यसैगरी सदस्यमा दिनेश कोइराला, विजय खतिवडा, प्रतिक्षा केसी, मोहम्मद जाहगीर अलि, बिक्रम बम, पारसमणी मिश्र, रबि खड्का, हेमराज श्रेष्ठ, मोहन केसी, सुरेश यादव र चक्रबिक्रम शाही रहेका छन ।

जीवन शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नर्वेस्थित विभिन्न संघसस्थाका पदाधिकारीहरु सहभागी थिए ।

Dec 082016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

tamuतमु समाज बेल्जियमले २६०१ औ तमू ल्होछार बेल्जियमको आन्त्वेर्पेंनमा मनाउने भएको छ । कार्यक्रम यहि डिसेम्वर ३० अर्थात् पौष १५ का दिन अन्त्वेर्पेंन स्थित Schijnpoort मा आयोजना गरिएको छ । ल्होछार पर्वलाई भव्य रुपमा मनाउनको लागि  बालेन्द्र गुरुंगको संयोजकत्वमा ७१ सदस्यीय आयोजक समितिको गठन गरिएको छ  । समितिमा बेल्जियमका बिभिन्न सहरबाट सदस्य रहेका छ ।

तमु समाज बेल्जियमले ल्होछार पर्वको अवसरमा नेपालीहरुलाई परम्परागत नेपाली खानाको साथै नेपाली कला संस्कृति झल्किने विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनोरञ्जनात्मक किसिमले झन्डै डेढ दशक देखि ल्होछार पर्व मनाउदै आएको छ  ।

गठित सामिति र सदस्यहरुमा

 

१,ल्होछार निर्देशन समिती

मीन तमु (संस्थापक अध्यक्ष), टंकप्रसाद तमु, कुमार तमु, प्रसाद तमु, पदम तमु प्रवासी, बहादुर गम बहादुर तमु,  क्या जोग बहादुर तमु, युवराज गुरुङ ,जानकी तमुश्यो ,जीवन तमु

२,प्रचार प्रसार समिती

नन्द राज घले, होम बहादुर तमु , मनीष तमु ,मेख तमु ,यज्ञ तमु, सूर्य क्रोंगि तमु, मीना तमुस्यो, चन्द्र तमु

३,आर्थिक समिती

चित्र तमु, नवीन तमु , बिनु तमुश्यो

४,हल ब्यवस्थापन समिती

चित्र जंग तमु , अर्जुन तमु एन्ट्भेर्पेन

५,लामा ब्यवस्थापन समिती

श्रीप्रसाद तमु, मदन तमु

6,सास्कृतिक समिती

कुमार तमु, धन कान्छा तमु (सुबाश), मिंन तमु, पदम तमु

7,अतिथी सत्कार समिती

नन्द कुमारी तमुश्यो( दुर्गा तमुश्यो), प्रबिना तमुश्यो, इशा तमुश्यो, रेनु तमुश्यो

८,क्यामेरा तथा सम्पादन

बिजय तमु

९,म्युजिक तथा साउण्ड सिस्टम

बिक्रम तमु

१०,आर्थिक लेखा

राम घले, खेम तमु रहेका छन्

Dec 082016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

सर्वोच्च अदालतले संविधानको भावना विपरीत हुने गरी प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संविधान संशोधन विधेयक ल्याउनु पर्नाका कारण बारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।

Supreme Court_1न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले विहिवार नेपालको संविधानको भावना विपरीत संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्नुपर्नाका कारणको पुस ५ गते लिखित जवाफ माग गरेको हो ।

पूर्व सांसद मञ्च, नेपालका तर्फबाट विष्णुबहादुर राउत, झलकनाथ वाग्ले, शङ्करनाथ शर्मा अधिकारी, ब्रह्मनारायण चौधरी, शारदा पोखरेल पाँचजनाले यही मङ्सिर १६ गते प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक नेपालको संविधानको भावना विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गर्नुभएको थियो ।

रित निवेदनमा प्रदेश सिमाना र सङ्ख्या हेरफेर तथा घटबढ गर्ने संवैधानिक अधिकार केवल निर्वाचित सङ्घीय संसद् तथा प्रदेश सभाहरूलाई मात्र भएको उल्लेख थियो ।

व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव नेपालका संविधानको भावना र मनसाय विपरीत रहेको भन्दै सो संशोधन प्रस्तावलाई पारित नगर्न नगराउने भनी रिट निवेदनमा माग गरिएको थियो ।

आजको आदेशमा सरकारले लिखित जवाफ पेस गरेपछि अन्तरिम दिने वा नदिने बारेमा पनि सोही दिन छलफल हुने उल्लेख छ । गोरखापत्र 

Dec 082016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

lokबेल्जियमका लागि नव नियुक्त नेपाली राजदूत लोकबहादुर थापाले बेल्जियमका राजा समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

बुधबार ब्रसेल्सस्थित लेकेन प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत थापाले राजा फिलिप समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहदा बुझाउने क्रममा राजदूत थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका राजालाइ पठाएको शुभकामना सन्देश प्रस्तुत गरेको दूतावासले जनाएको छ ।

समारोहमा बेल्जियमका राजा फिलिपले राजदूत नियुक्त भएकोमा वधाइ दिंदै थापाले आफ्नो कार्यकालमा दुई मुलुकबीचको द्विपक्षीय सम्वन्धलाई सुदृढ  बनाउन सक्षम हुने विश्वास व्यक्त गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै सन् १९९८ मा राजकुमारको रुपमा नेपाल भ्रमण गरेको सम्झना र त्यस पछिका दिनहरुमा नेपालमा राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तन भएको उल्लेख गरेको समेत जनाइएको छ ।

राजदूत थापाले मित्रराष्ट्र बेल्जियम र नेपालबीच रहिआएको मैत्री सम्वन्ध अझ सुदृढ बनाउन आफू प्रतिवद्ध रहेको उल्लेख गरेका थिए । थापाले गत अक्टोबरमा बेनेलक्स ( बेल्जियम, नेदरल्याण्डस, लक्जेम्बर्ग) र युरोपेली महासंघ (ईयू ) का लागि  पदभार ग्रहण गरेका थिए ।

सन् १९९२ मा राजधानी ब्रसेल्समा नेपाली दूतावास स्थापना गरीए पछीका थापा बेल्जियमका लागि छैटौ नेपाली राजदूत हुन्  ।

फोटो  / नेपाली दूतावास ब्रसेल्सको फेसबुकबाट

Nov 252016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

परराष्टमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमाprakasha-sharan-mahat ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन । अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले गैरआवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि त्यो पहिचान बनाउने आफ्नो मातृभूमिप्रतिको दायित्व नविर्सिन आग्रह गरे ।

उहाँले भन्नुभयो, “तपाइँहरु संसारको कुनै पनि देशमा भए पनि यो हैसियत निर्माण गरिदिने आफ्नो मातृभूमि हो भन्ने वास्तविकता बुझेर देशको विकासका लागि हरसमय लाग्न मेरो आग्रह छ । ” विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालमा लगाउन सक्ने हो भने संसारमा छरिएर रहेका नेपालीले समृद्ध र समुन्नत नेपालको निर्माण गर्न धेरै समय लाग्दैन, उनले  भने ।

गैरआवासीय नेपाली सङ्घ अष्टे«लिया र न्यू साउथ वेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो समारोहमा मन्त्री डा महतले नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउन पनि गैरआवासीय नेपाली नागरिकलाई आग्रह गरेको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी गराए ।

नेपाल हाल नयाँ संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको र विगत लामो समयसम्म हिंसा र पछ््यौटेपनमा परेको नेपालले विकास र समृद्धिको बाटो लिने समय भएको भन्दै मन्त्री डा महतले नेपालमा लगानीको वातावरण अब राम्रो भएको वास्तविकता बुझ्न आफू रहेको देशमा पनि यो सन्देश प्रवाह गर्न संसारमा रहेका गैरआवसीय नेपाली समक्ष विशेष जोड दीए।

गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकता र अरु अधिकारका लागि संविधानमा राख्ने क्रममा आपूmले विशेष भूमिका निर्वाह गरेको स्मरणगर्दै मन्त्री डा महतले यससम्बन्धी कानुनको निर्माण अब चाँडै हुने जानकारी पनि गराए।

मन्त्री डा महतले परराष्ट नीतिलाई प्रयोग गरेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्तिका कारण नेपालको कुटनीतिक क्षेत्रमा समस्या आउने गरेको धारणा राखे ।

सो कार्यक्रममा मन्त्री डा महतले गैरआवासीय नेपाली सङ्घद्वारा प्रकाशित स्मारिकाको विमोचन गरे । यसैगरी मन्त्री महतले आजै बिहान अष्ट्रेलियाका पूर्व विदेशमन्त्री बब कारसँग पनि भेटवार्ता गरेका छन्  ।

आजै सिड्नीमा नेपाल अष्टे«लिया डेमोक्र्याटिक फोरमद्वारा आयोजित एक अन्तक्र्रियामा पनि मन्त्री डा महत सहभागी भए  । त्यस अवसरमा उनले नेपालमा प्रजातन्त्रको सवलीकरण र विकासका लागि भूमिका निर्वाह गर्न पनि सबैलाई आग्रह गरे ।रासस

 

Nov 252016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको तयारीले मुलुकमा राजनीतिक र सामाजिक द्वन्द्व pradeep-gyawaliनिम्तिने खतरा बढेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, गोरखापत्र प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनको  उद्घाटन गर्दै नेता ज्ञवालीले ‘अहिलेको आवश्यकता संशोधन नभई संविधान कार्यान्वयन र निर्वाचनको घोषणा हो’ उनले भने “संविधान जारी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दोस्रो ठूलो दल एमालेलाई बाहिर राखेर कसरी सर्वस्वीकार्यता हुन्छ, यसको मानक परिभाषा सुन्ने मन छ ।”

ज्ञवालीले संविधानमा प्वाल पारेर निर्वाचन हुन नदिई अवाञ्छित स्वार्थ लाद्न खोज्ने दिनको पर्खाइ रहेकासँग सतर्क हुनुपर्नेमा जोड दिँदै सामाजिक र राष्ट्रिय एकताका लागि सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।

Nov 212016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page
deepakसाहित्यकार तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सोमवार बेल्जियमको लुभेनमा आयोजनागरेको एक कार्यक्रममा सम्मान गरेको थियो ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै कवि श्रेष्ठले प्रवासमा रहने नेपालीहरुको हृदयमा नै राष्ट्रियता रहिरहने तथा भाषाको संरक्षणले साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याउने हुदा  विदेशमा नेपालीहरुको भाषाप्रतिको सचेतना तथा सक्रियताको प्रशंसा गरेका थिए । 
 कार्यक्रमका अतिथी एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतमले साहित्यकार तथा भाषासेवीहरु राष्ट्रका सम्पत्ति हुने हुँदा संसारमा जहाँ पुगेपनि सम्मानित हुनुपर्ने संस्कारको विकास जरुरी रहेको उल्लेख गरे । विदेशी माटोमा सर्जकहरुको उपस्थितिले आफूहरुलाई देशप्रतिको जिम्मेवारीप्रति थप जागरुक तुल्याएको बताउदै उनले उपस्थिति सधै प्रेरणाप्रदः रहने बताए। 
 सभापतिको आसनबाट अनेसास बेल्जियमका अध्यक्ष दीपकज्योति पौडेलले अनेसासको विकासक्रम र सक्रियतावारे चर्चा गर्दै कवि श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रम निवर्तमान अध्यक्ष दीपेन्द्र के.सी.को स्वागत र महासचिव परमानन्द सापकोटाको सँचालनमा सम्पन्न भएको थियो । 
 सोही अवसरमा संरक्षण कविता आन्दोलन यूरोपको तर्फबाट पनि कवि श्रेष्ठलाई संयोजक दीपेन्द्र के.सी, सदस्य सचिव विष्णु सापकोटा, एनआरएन बेल्जियम अध्यक्ष गँगाधर गौतम, कवि—मुक्तककार बिमल गिरीले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए। कार्यक्रममा बेल्जियमस्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
दीपेन्द्र केसी