‘लेक्मे फैसन विक’ मा तेस्रो लिंगी मोडल अञ्जली लामा

तेस्रो लिंगी मोडल अञ्जली लामा भारतको ‘लेक्मे फैसन विक २०१७’ को र्याम्प वाकका लागि छनौट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फेसन शो आगामी फेबु्रअरी १ देखि ५ सम्म चल्नेछ । अहिले उनी मुम्बईमा छिन् ।

anjali-lama2यसअघि नेपालका कयौँ र्यापमा सहभागी भइसकेकी अञ्जलीको कही चर्चित म्यागजिनले समेत कभर फोटो छापिसकेको छ । हाल इन्डिया टाइम्स, टाइम्स अफ इन्डिया, दी बेटर इण्डिया डटकम, फस्ट पाेष्ट लगायतका भारतीय मिडियाले उनकाे प्रोफाइल सार्वजनिक गरिरहेका छन् ।

नबिन लामाबाट परिचय फेर्दै अञ्जली बनेकी यी मोडल नुवाकोटको काउली गाउँमा जन्मेकी हुन् ।

गाउँकै विद्यालयबाट एसएलसी उत्तिर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं हानिएपछि उनले परिचय फेरे । र, अञ्जली बनिन् । काठमाडौंमा आएर ‘सेक्स चेञ्ज अप्रेशन’ गरेपछि उनी अञ्जली बनेकी हुन् ।

केही समयअघि उनको जीवनमा आधारित भएर बनाइएको लघु चलचित्रको प्रिमियममा अञ्जलीले भनेकी थिइन् ‘मैले आफूलाई चिन्न २० वर्ष कुर्नु पर्यो । जब मैले आफूजस्तै तेस्रो लिंगीको पनि संस्था छ भन्ने थाहा पाएं, त्यसपछि आफै ‘ब्लु डाइमण्ड सोशाइटी खोज्दै हिँडे । त्यहाँ पुगेपछि मैले आफू को हुँ भन्ने जवाफ पाएँ र ‘अञ्जली’ भएँ ।’

anjali-lama3