सात महिनामा बेल्जियमको वेस्ट फ्लान्डर्समा तिन हजार ‘ईलेगल’ पक्राउ

गत जनवरीदेखि हालसम्म बेल्जियमको वेस्ट फ्लान्डर्स प्रान्तमा मात्र ३,०७६ जना गैरकानूनी आप्रवासी पक्राउ परेको सो प्रान्तका गभर्नरले उल्लेख गरेका छन् । पछिल्लो दुई महिनामा हरेक हप्ता सरदर एक सय जना पक्राउ परिरहेको उनले बताए ।

वेस्ट फ्लान्डर्स नर्थ सीसँग जोडिएको बेल्जियमको पश्चिमी प्रान्त हो । जहाँबाट इङ्गलिस च्यानलको साँघुरो सामुद्रिक यात्रा पार गरी यु.के. पुग्न सकिन्छ ।

समातिएका गैरकानूनी मान्छेहरू राख्नको लागि फ्रान्सले बेल्जियन बोर्डरनजिकै बेलुलमा रिसेप्सन सेन्टर बनाउँदै छ । फ्रान्सको सो रिसेप्सन सेन्टर र यु.के. जान खोज्ने गैरकानूनी यात्रुका कारण सो क्षेत्रमा समस्या बढेको गभर्नर कार्ल देकालुवेले बताएका छन् । गैरकानूनी यात्रुको समस्या सँगसँगै मानव तस्करहरूको साङ्लो समात्ने प्रयास प्रहरीले गरिरहेको उनले बताए ।