टर्कीमा हजारौं प्रहरी अधिकृत निलम्बित

टर्कीमा शुक्रबार भएको विफल कु प्रयत्नपछि तीव्र पारिएको कारवाहीको क्रममा इस्तानबुलस्थित एअर फोर्स एकेडेमीमा छापा मारिएको छ। न्यायपालिकाका सदस्य र सेनाका जनरलहरु सहित करीब छ हजार बढी अधिकारीहरुलाई पक्राउ गरि हिरासतमा लिइएको जनाइएको छ। गत साताको असफल सत्ता विद्रोहपछि त्यसमा संलग्न भएको आशंकामा अधिकारीहरुविरुद्धको कारवाही टर्कीमा जारी छ। आइतबार रातीदेखि जारी कारवाहीको क्रममा आठ हजार भन्दा बढी प्रहरी अधिकारीहरुलाई निलम्बन…

Comments Off on टर्कीमा हजारौं प्रहरी अधिकृत निलम्बित

फ्रान्सको नाइस सहरमा भएको आक्रमणमा ८० को मृत्यु

नाइस (फ्रान्स),  फ्रान्सको नाइस सरहमा अवस्थित एक रिसोर्टमा शुक्रबार बिहान भएको बन्दुक आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ८० पुगेको समाचार छ । एकजना बन्दुकधारीले नागरिकहरुले महोत्सव गरिरहेको स्थानमा ट्रक छिराई ट्रकभित्रैबाट बन्दुकले हमला गरेको थियो । सो आक्रमणमा परी कम्तीमा पनि ८० व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । फ्रान्सका राष्ट्रपति फासाँ ओलान्दले फ्रान्सको बास्टिल डे अर्थात राष्ट्रिय दिवसको दिनमा…

Comments Off on फ्रान्सको नाइस सहरमा भएको आक्रमणमा ८० को मृत्यु

अनेसास बेल्जियमद्वारा साहित्यकोषको स्थापना

अनेसास बेल्जियमले बेल्जियमको नेपाली समाजका साहित्यिक एंव सामाजिक गतिविधिहरुलाइ संकलन प्रत्येक दुइ दुइ वर्षमा ‘बेल्जियममा नेपाल’ नामक पुस्तक प्रकाशन गर्ने उदेश्यले साहित्य संरक्षण कोषको स्थापना गरेको छ  । बेल्जियमको लुभेनमा आइतवार आयोजित भानु जयन्तीको अवसरमा शुरुमा २१०० युरो (करिव २ लाख पचास हजार रुपैया ) राशिको कोषको घोषणा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत…

Comments Off on अनेसास बेल्जियमद्वारा साहित्यकोषको स्थापना

भूकम्प पिडितको नाममा ठगि

भूकम्प पीडितको सहयोगको नाममा आफु खुशी एंव सस्थाका नाममा संकलन गरिएको रकमको हिनामिना भएका तथ्यहरु सार्वजनिक हुन थालेका छन । अमेरिका लगायत कतिपय युरोपेली मुलुकका कतिपय सामाजिक सस्थाले र सस्थाका प्रतिनिधिले आफूखुसी रकम संकलन गरेको र आफुखुशी प्रयोग गरेका गुनासाहरु समेत सुनिन थालेका छन । अमेरिकामा स्थित जनसम्पर्क समितिले भूकम्प पिडितको नाममा रकम उठाएर संघको बैंक खातामा जम्मा गरिएको ४५…

Comments Off on भूकम्प पिडितको नाममा ठगि

महामन्त्री कोइराला सामान्यतिर

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।  आज दिउँसो उहाँले जुस पिउनुभएको छ । ओम अस्पतालका प्रबन्ध सञ्चालक हरिकृष्ण श्रेष्ठका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले झोलिलो खानेकुरा दिन सुरु गरिएको हो । उपचारमा संलग्न चिकित्सकले महामन्त्री कोइरालाको पछिल्लो स्वास्थ्य जाँचका प्रतिवेदन सामान्यतर्फ उन्मुख रहेको बताएका छन् । बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाको स्वास्थ्य…

Comments Off on महामन्त्री कोइराला सामान्यतिर

युरोकप फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दै

युरोकप २०१६ को आइतवार हुने फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दै छन । शुक्रबार बिहान भएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र फ्रान्सले जर्मनीलाई २-० पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो  । फ्रान्सका लागि दुवै गोल एटलेटिको मड्रिडका सुपरस्टार एन्टोइन ग्रिजम्यानले गरेका थिए । त्यसै गरी बिहिबार बिहान भएको सेमिफाइनल खेलमा पोर्चुगलले वेल्सलाई २-० पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।  क्रिष्टियानो रोनाल्डो…

Comments Off on युरोकप फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दै

धुर्मुस सुन्तली सहयोग जुटाउन कतार जादै

गिरान्चौर एकिकृत बस्ती निर्माणमा खटिएका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सहयोग जुटाउन कतार जाने भएका छन् । बस्ती निर्माणको सहयोगार्थ कतारमा इदको दोश्रो दिन हुन गइरहेको सुन्तली धुर्मुस साँझमा सहभागिता जनाएर सहयोग जुटाउन उनीहरु त्यसतर्फ जान लागेका हुन् । उनीहरुका साथ नायिका तथा चलचित्र निर्मात्री रेखा थापा, हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेल, लोक दोहोरी गायक राजु…

Comments Off on धुर्मुस सुन्तली सहयोग जुटाउन कतार जादै

युरोपमा ‘नमस्ते नेपाल’को प्रदर्शन

अध्ययनको शिलशिलामा युरोप आएको नेपाली विद्यार्थीको कथालाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘नमस्ते नेपाल’ले आफ्नो रेड कार्पेट प्रिमियर बेल्जियमबाट शुरु गरेको छ । असार ३१ मा देशब्यापी प्रदर्शन थाल्ने फिल्मले बिभिन्न युरिपेली मुलुकहरुमा समेत प्रदर्शन गरेको छ । राजु शाहले निर्देशन गरेको फ्लिममा सविन श्रेष्ठ विद्यार्थीको भूमिकामा देखा परेका छन् भने फिल्ममा श्याम श्रेष्ठ , म्युजिक खड्का पार्वती…

Comments Off on युरोपमा ‘नमस्ते नेपाल’को प्रदर्शन

स्विजरल्याण्डमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

जेनेभास्थित संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय संगठनका लागि नेपालको स्थायी नियोग तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूतावासले २ जुलाई २०१६ मा स्वीट्जरल्याण्डको राजधानी सहर बर्नमा “Mountains: Connecting Cultures and Peoples” विषयमा एक नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्‍यो । उल्लेख्य हिमाली भू-वनावट रहेका नेपाल र स्वीट्जरल्याण्ड दुई मुलुकबीच जनस्तरमा भावनात्मक सम्बन्ध गाँस्न तथा सो मार्फत् सम्पूर्ण द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नमा हिमाल…

Comments Off on स्विजरल्याण्डमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

बेल्जियममा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले एक साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । साहित्यिक कार्यक्रम यहि जुलाई १० आइतवार बेल्जियमको लुभेन स्थित लाग्गेत्रापेन रेस्टुरेन्टमा दिनको २ बजेबाट हुदैछ । कार्यक्रममा वेल्जियमस्थित विभिन्न संघ सस्थाका साथै साहित्य अनुरागीहरु सहभागीताको लागि समाजले आव्हान गरेको छ । कार्यक्रममा बिभिन्न साहित्यिक रचना वाचन गरिनेछ । भानु जयन्तिको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । अनेसास बेल्जियमले भानु, मोती र लक्ष्मीजयन्तीलाई…

Comments Off on बेल्जियममा साहित्यिक कार्यक्रमको आयोजना

पोर्चुगल सेमिफाइनलमा

विहिवार  भएको क्वाटरफाइनल खेलमा पोर्चुगलले पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै  युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । यसअघि निर्धारत समयको खेलमा पोल्याण्डले दोस्रो मिनेटमा नै रोबर्ट लेभान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । भने पोर्चुगलका रेनाटो सान्चेसले ३३ औं मिनेटमा  बराबरी गोल गरे ।

Comments Off on पोर्चुगल सेमिफाइनलमा

नेपाल खुल्ला विश्वविद्यालय विधेयक पारित

 लामो समयको वहस पछी व्यवस्थापिका संसदले ‘नेपाल खुला विश्वविद्यालय विधेयक २०७२’ पारित गरेको गरेको छ ।पारित भए लगत्तै गैर आवासीय नेपालीले संघले स्वागत गरेको छ । २०६७ साल देखि नेपाल सरकार र गैर आवासीय नेपाली संघबीचमा चल्दै आएको वहसलाई एउटा तार्किक विन्दुमा पुर्‍याउन बिधेयकले मद्दत गरेको संघले ठहर गरेको छ । बिश्वबिद्यालय सञ्चालक समितिमा जम्मा तीन जना एनआरएनए प्रतिनिधि रहने र त्यसमध्ये…

Comments Off on नेपाल खुल्ला विश्वविद्यालय विधेयक पारित

नेबिसंघ असन्तुष्ट पक्षद्वारा पुन आमरण अनसन बस्ने चेतावनी

नेविसङ्घको ११औँ महाधिवेशनको सुनिश्चितताको माग गर्दै असन्तुष्ट पक्षले पुनः आमरण अनशन बस्ने चेतावनी दिएको छ । '११औँ महाधिवेशनको मिति तोकिएको यो नवौँ पटक हो ।  यसअघि आठ पटकसम्म मिति तोकेर पनि महाधिवेशन हुन सकेन' नेविसङ्घ नेता कुन्दन काफ्लेले शुक्रबार ११औँ महाधिवेशनको चुनौती विषयमा आयोजना गरिएको अन्तक्र्रियामा भने । नेता काफ्लेले आठपटकसम्म महाधिवेशन हुन नसक्नुका कारणको खोजी नगर्ने हो भने साउन…

Comments Off on नेबिसंघ असन्तुष्ट पक्षद्वारा पुन आमरण अनसन बस्ने चेतावनी

जनसम्पर्क समिती बेल्जियमले कोइराला जयन्ती मनाउदै

जनसम्पर्क समिति बेल्जियमले नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९३ औं जन्म जयन्ती मनाउने भएको छ  । यहि जुलाई ३ मा बेल्जियमको लुभेन स्थित लाग्गेत्रापेन रेस्टुरेन्ट मा दिनको १ बजे कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा उपस्थितिको लागी बेल्जियम स्थित विभिन्न संघ सस्थाहरुलाई समितिले अनुरोध गरेको छ ।

Comments Off on जनसम्पर्क समिती बेल्जियमले कोइराला जयन्ती मनाउदै