एक चिकित्सकद्वारा २० बालबालिकाको एसएलसी सम्म सबै खर्च व्यहोर्ने

चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मेडिकल अन्कोलोजिस्ट चिकित्सक जया श्रेष्ठले चितवनको शक्तिखोर र सिद्वी गाबिसका विपन्न परिवारका २०  चेपाङ बालबालिका एसएलसी सम्म लाग्ने सबै खर्च व्यहोर्ने भएका । उनीहरु अहिले कक्षा २ देखि ५ मा अध्ययन गर्दै आएका छन् । ती बालबालिकालाई आवश्यक पोसाक, कापी कलम, झोलालगायत लाग्ने सबै खर्च आफैँले उपलब्ध गराउन थालेकोे, वार्षिक प्रतिविद्यार्थी करिब तीन हजार खर्च लाग्ने…

Comments Off on एक चिकित्सकद्वारा २० बालबालिकाको एसएलसी सम्म सबै खर्च व्यहोर्ने

बेल्जियममा राष्ट्रिय एकता दिवस मनाइने

नेपाली एकता समाज बेल्जियमले पृथ्वी जयन्ती पुस २७ लाई भव्यताका साथ मनाउने भएको छ । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९४ औँ जन्मजयन्तीको अवसरमा बेल्जियमको लुभेन स्थित रेस्टुरेन्ट डिएफसीमा यहि जनवरी १० आइतवार का कार्यक्रमको आयोजना गरिएको छ। समाजले राष्ट्रिय एकता दिवसको अवसरमा कार्यक्रम आयोजना गर्दै आएको छ । नेपाल सरकारमा सम्मिलित राजनैतिक दलहरुले राष्ट्रिय एकता दिवस मनाउनु पर्ने बताउदै…

Comments Off on बेल्जियममा राष्ट्रिय एकता दिवस मनाइने

बेल्जियममा राष्ट्रिय मेलमिलाप दिवसको आयोजना

बेल्जियममा ४० औ राष्ट्रिय मेलमिलाप दिवसको आयोजना गरिएको छ । कार्यक्रम यहि सोमवार दिनको १ बजे लुभेनमा सम्पन्न हुदैछ । कार्यक्रम सम्पन्न गर्नको लागी नेपाली काग्रेस महासमिति सदस्य इन्द्र क्षेत्री पकवानको संयोजकत्वमा आयोजक समिति समेत गठन गरिएको छ । कार्यक्रममा सहभागिताको लागी बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरुलाई आव्हान समेत गरिएको छ ।

Comments Off on बेल्जियममा राष्ट्रिय मेलमिलाप दिवसको आयोजना

गृह जिल्ला पुगेर सभापतिको घोषणा गर्छु- नेत्री कोईराला

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले गृह जिल्ला पुगेर सभापतिको उम्मेदवारी घोषणा गर्ने बताएकी छन । प्रेस युनियन सल्यानले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन “अहिले कार्यकर्ता भेटघाटमा छु, कार्यकर्ताको सुझावकै आधारमा सभापतिका लागि उम्मेदवारी दिन्छु।” पार्टीभित्र देखिएको विभिन्न गुट उपगुट आसन्न महाधिवेशनबाट समाप्त भएर जाने दाबी गर्दै भनिन  “सधैँ एउटैले नेतृत्व गर्ने भन्ने हुँदैन नेतृत्व हस्तान्तरण गरेपछि पार्टीभित्रको गुट समाप्त…

Comments Off on गृह जिल्ला पुगेर सभापतिको घोषणा गर्छु- नेत्री कोईराला

ब्रसेल्स मिलन केन्द्रको आयोजनामा नयाँ वर्ष २०१६ कार्यक्रम सम्पन्न

नेपाल ब्रसेल्स मिलन केन्द्र बेल्जियमको आयोजनामा गत आइतबार भब्यताका साथ नयाँ वर्ष २०१६ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाली नृत्य र गीत प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीका सचिव अर्जुन श्रेष्ठ, एन.आर.एन.ए. आइसीसी महिला सह–संयोजक रजनी प्रधान, एन.आर.एन. ए. यूरोप सह–संयोजक प्रेम गरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एन.आर.एन. ए.…

Comments Off on ब्रसेल्स मिलन केन्द्रको आयोजनामा नयाँ वर्ष २०१६ कार्यक्रम सम्पन्न

सकारात्मक र सार्थक विविधतामा “छरिएका सौरभ”

बेल्जियमलाई कर्मथलो बनाएर शृजनामा तल्लीन मुक्तककार सौरभ कारञ्जितको प्रथम सँग्रह “छरिएका सौरभ” गत २०१५ अगस्तमा प्रकाशित मुक्तक सँग्रह हो । नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेर बेल्जियममा सोही अगस्तमा सम्पन्न प्रथम यूरोपस्तरीय साहित्य सम्मेलनमा सरुभक्त, प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, श्रीओम रोदन, जीवा लामिछाने, कृष्ण बजगाई, रमेश अधिकारी लगायत करीव दर्जन साहित्यकारहरूबाट १६ तारिखमा सँयुक्त रुपमा लोकार्पित सँग्रह ७४ पृष्ठमा विभक्त…

Comments Off on सकारात्मक र सार्थक विविधतामा “छरिएका सौरभ”

मेलामा ‘धरहरा’ को आकर्षण

बुटवलमा जारी लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला अवलोकन गर्ने अधिकांशलाई मेलास्थल बुटवल मण्डपमा बनाइएको ‘धरहरा’को प्रारुपले भूकम्पको सम्झना गराएको छ । गत वैशाख १२ गतेको भूकम्पले धरहरालाई खण्डहरमा परिणत मात्र गराएन, त्यसमा चढेका कयौंँको ज्यान समेत लिएको थियो । धरहराको खण्डहरलाई भूकम्पको चिन्ह मान्ने धेरैछन् । भूकम्पले ढलाएको यही धरहराको झल्को मेटाउन मेलास्थल बुटवल मण्डपमा त्यसको प्रारुप निर्माण गरी राखिएको…

Comments Off on मेलामा ‘धरहरा’ को आकर्षण

कुस्मामा नेपालकै लामो झोलुङ्गे पुलको निर्माण शुरु

  मुलुककै अग्ला झोलुङ्गे पुल निर्माणमा इतिहास रचेकोे पर्वतको कुश्मामा पुनः अग्लो झोलुङ्गे पुलको निर्माण शुरु भएको छ । पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्रसँग जोड्न मोदीखोलामा १५५.७० मिटर अग्लो अर्को झोलुङ्गेपुल निर्माण शुरु भएको हो । कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुलभन्दा मात्रै ३० सेमि होचो छ । यो पुल…

Comments Off on कुस्मामा नेपालकै लामो झोलुङ्गे पुलको निर्माण शुरु