बेल्जियममा कर व्यवस्थापन गर्ने उपायहरु

बेल्जियममा १० थरिका उपायहरु: २०१६ मा कम कर तिर्ने वा फिर्ता पाउनको लागि तपाइले के २०१५ भर्नु भएको कारको हिसाब किताब को चिट्ठी पाउनुभएको छैन? चिन्ता नलिनुस त्यो चिठी आउँदैछ ׀ यसपाली अनलाइनबाट भरेका धेरै करहरु गल्ति भेटिएकोले १ महिना ढिला हुँदैछ ׀ अब आउने २०१५ को कर २०१६ मा भर्नको लागि अब ६ महिना बाँकि छ׀  तर अझै हामिसंग त्यस्ता…

Comments Off on बेल्जियममा कर व्यवस्थापन गर्ने उपायहरु

राष्ट्रपतिद्वारा जानकी मन्दिरमा पूजा

 राष्ट्रपति विद्यादेवी भण्डारीले युगौँयुगदेखि चलिरहेको ऐतिहासिक तथा धार्मिक महत्वको विवाह पञ्चमी महोत्सव नेपाल र भारत दुई देशको मित्रताको प्रतिकको रुपमा रहेको बताउनुभएको छ । आज जानकी मन्दिरमा पूजापश्चात् उपस्थित साधुसन्तलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हाम्रो सभ्यता र सँस्कृतिको एक पक्षको रुपमा रहेको यो विवाह पञ्चमी महोत्सवलाई जीवन्तता दिनुपर्नेमा जोड दिनुभयो । जनकनन्दिनी सीताको विवाह अयोध्याका नरेश दशरथका पुत्र रामसँग भएको…

Comments Off on राष्ट्रपतिद्वारा जानकी मन्दिरमा पूजा

संबिधान कार्वान्वयनका लागी १३८ वटा कानुन बनाइदै

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासहितको नयाँ संविधान कार्यान्वयन गर्न करिब १३८ नयाँ कानुन बनाउने कार्य तीव्ररुपमा अघि बढेको छ । संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने करिब ११० सङ्घीय, २२ प्रान्तीय र छ स्थानीय कानुन तर्जुमा गर्न यतिखेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई भ्याइनभ्याइ छ । संविधानबमोजिम जनताका हक अधिकार कार्यान्वयन गर्न र राज्य सञ्चालनका तीन तह केन्द्रीय, प्रान्तीय र स्थानीय…

Comments Off on संबिधान कार्वान्वयनका लागी १३८ वटा कानुन बनाइदै

नाकाबन्दी विरुद्व नेदरल्याण्डसमा पनि प्रदर्शन

तीन महिना देखि भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा नेदरल्याण्डसका नेपालीहरुले मंगलवार नेदरल्याण्डसको संसद भवन अगाडी विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शन पछी परराष्ट्र आयोगका अध्यक्ष एन्गेलिन आईसिंगलाई ज्ञापनपत्र बुझाएका छन। ज्ञापनपत्रमा सार्वभौम राष्ट्र नेपाल माथि भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रिय सन्धि बिपरित भएको उल्लेख गरिएको छ। कार्यक्रम गैर आवासीय नेपाली संघ नेदरल्याण्डस, जनसम्पर्क समिति, प्रवासी नेपाली मंच लगायत अन्य नेपाली संघ…

Comments Off on नाकाबन्दी विरुद्व नेदरल्याण्डसमा पनि प्रदर्शन

भूकम्पपीडित रोजगारीको लोभमा बेचबिखनको उच्च जोखिममा

गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि रोजगारीको लोभमा महिलाहरु पश्चिमी सीमा नाकाबाट हराउने तथा बेच्ने क्रम बढ्न थालेका छन् । भूकम्पपछि दलालहरुले ललाइफकाई रोजगार दिने बहानामा महिलाहरु हराउने तथा बेच्ने क्रम बढेको मानव बेचबिखनविरुद्ध कार्यरत सङ्घसंस्थाले बताएका छन् । मानव बेच बिखनविरुद्ध कार्यरत माइती नेपाल कञ्चनपुरको तथ्याङ्कअनुसार मानव तस्करको ट्रान्जिट कञ्चनपुरका गड्डाचौकीलगायतका अन्य नाकाबाट सन् २०१५ मा २१६ महिला हराएका छन्…

Comments Off on भूकम्पपीडित रोजगारीको लोभमा बेचबिखनको उच्च जोखिममा

फ्रान्सका सभामुखलाई नाकाबन्दी विरुद्व ज्ञापनपत्र

भारतको तीन महिनादेखिको अघोषित नाकाबन्दीको विरोधमा फ्रान्सेली संसदका सभामुख क्लाउड बार्तोलोनलाई ज्ञापनपत्र बुझाइएको छ। एनआरएन फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालले नेपाली समुदायको तर्फबाट ज्ञापनपत्र बुझाउदै लामो समयको नाकाबन्दीले मानवीय संकट उत्पन्न भएको र सार्वभौम राष्ट्रमाथि भारतको गैर कुटनीतिक व्यवहार अन्तर्राष्ट्रिय सन्धि विपरित रहेको जानकारी गराएका थिए। पेरिसस्थित ओभरभिलिए नगरपालिकाको कार्यक्रममा उपस्थित सभामुख संग अर्यालले भेट गरेका थिए। फोटो/ निर्मल अर्याल

Comments Off on फ्रान्सका सभामुखलाई नाकाबन्दी विरुद्व ज्ञापनपत्र

नेपाली लाइसेन्स फेला पर्यो, लाइसेन्स ब्रसेल्स दूतावासमा सुरक्षित

नेपालको  कास्की हेम्जा निवासी  सन्तोष नेपालीको नेपाली सवारी चालक अनुमति पत्र बेल्जियममा फेला परेको छ । सम्वन्धित निकायले उक्त अनुमति पत्र नेपाली दूतावास ब्रसेल्समा छाडिदिएको नेपाली दूतावास ब्रसेल्सका प्रतिनिधि रामबाबु नेपालले जानकारी गराएका छन । अनुमति पत्र दूतावासमा सुरक्षित रहेको र सम्बन्धित व्यक्तिले आफ्नो सवारी चालक अनुमति पत्र लिन सक्ने तर सम्वन्धित व्यक्तिलाई सूचना गर्ने कुनै पनि माध्यम  उपलब्ध नभएको…

Comments Off on नेपाली लाइसेन्स फेला पर्यो, लाइसेन्स ब्रसेल्स दूतावासमा सुरक्षित

नेपाली महिला टप मोडल बेल्जियमको फाइनलमा

प्रवासमा रहेका नेपालीहरुले अवसर पाएमा आफ्नो  क्षमता देखाउन थालेका छन र अब्बल पनि ठहरिदै गएका  छन। बिगत सात बर्ष देखि बेल्जियम बस्दै आएकी काठमाण्डौकी योगिता कुमारी थापा टप मोडल बेल्जियमको फाइनलमा पुग्न सफल भएकी छन्। उनि २९ देखि ४० वर्ष उमेर समुह अन्तर्गत 'टप मोडल बेल्जियम सिनियर २०१६' को फाइनलमा पुग्ने पहिलो नेपाली महिला भएकी छन । आउदो जनवरी २४…

Comments Off on नेपाली महिला टप मोडल बेल्जियमको फाइनलमा

मारुनी नाचेर मन्दिर निर्माण

लोपोन्मुख अवस्थामा रहेको मारुनी नाच देखाएर युवाद्वारा सङ्कलित रकम सामाजिक कार्यमा लगाइने भएको छ । मगर समुदायमा प्रचलित लोकप्रिय मारुनी नाच फोक्सिङकोट रानीवासका युवाले संरक्षण गर्ने उद्देश्यले शनिवार गाउँमा देखाइएको थियो । नाचबाट सङ्कलित रकमले चुर्कीथानमा सिद्धबाबा मन्दिर निर्माण गरिने भएको छ । यसवर्ष मारुनी नाचबाट रु ४८ हजार ६४९ रकम सङ्कलन भएको मारुनी नाचका रौरा नरबहादुर सिंजालीले बताए ।…

Comments Off on मारुनी नाचेर मन्दिर निर्माण

नाकाबन्दीविरुद्ध ‘रक्तिम सांस्कृतिक अभियान’

भारतको अघोषित नाकाबन्दीको विरुद्धमा थालिएको ‘रक्तिम सांस्कृतिक अभियान’को टोली सोमवार चितवन पुगेको छ । नाकाबन्दीले पारेको असरलाई सहन गर्न सक्ने क्षमता विकास गराउने भन्दै मङ्सिर १४ गते पोखराबाट अभियान सुरु भएको थियो । रक्तिम सांस्कृतिक अभियानअन्तर्गत कलाकारले विभिन्न जिल्लामा सडक तथा चोकमा सांगीतिक कार्यक्रम पस्कँदै आएको छ । जनवादी गायक जीवन शर्माले अगुवाइ गर्नुभएको टोलीको शनिबारदेखि चितवनमा अभियान चलिरहेको छ…

Comments Off on नाकाबन्दीविरुद्ध ‘रक्तिम सांस्कृतिक अभियान’

संस्कृत विद्याश्रम भवनको शिलान्यास

भैरहवामा निर्माण गर्न लागिएको नयाँ संस्कृत विद्याश्रम भवनको सोमवार शिलान्यास गरिएको छ । जिल्ला शिक्षा कार्यालय, रुपन्देहीको रु १९ लाख ५० हजार र जनसहयोगबाट प्राप्त रु ४० लाख ५० हजारबाट निर्माण हुन लागेको भवनको जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले शिलान्यास गरे । सो भवनमा एउटा हलसहित तीनवटा कोठा बन्नेछन् । कार्यक्रममा विद्याश्रमले अक्षयकोषमा दान गर्ने दाताहरुलाई सम्मानसमेत गरेको छ ।…

Comments Off on संस्कृत विद्याश्रम भवनको शिलान्यास

मोटरसाइकललाई उत्तरी क्षेत्र जान रोक

दक्षिणी क्षेत्रमा नेपाली नम्बर प्लेटका मोटरसाइकल जलाइदिने क्रम बढेपछि प्रहरीले उत्तरी क्षेत्रबाट जाने त्यस्ता मोटरसाइकलमा रोक लगाएको छ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले नेपाली नम्बर प्लेटको मोटरसाइकल जलाइदिने घटना बढेपछि पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट मलङ्गवासहित भारतीय क्षेत्रमा आउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश खड्काले जानकारी गराए । “नेपाली नम्बर प्लेटको मोटरसाइकल दक्षिणी क्षेत्रमा जलाइदिने र…

Comments Off on मोटरसाइकललाई उत्तरी क्षेत्र जान रोक

दासप्रथा र नाकाबन्दी

(कविता ) स्वार्थहरुले शक्तिशाली आसन खोजेपछि बन्दी भएका हुन स्वतन्त्रताहरु !! नुुहेर यति धेरै झुुकेर यति धेरै पाउ पर्नुुको परिणाम — उठ्न सकेको छैन देश ! कति सफेद चित्र । सँकटका झरीहरुमा आत्मनिर्भरताका गँजडी गफहरु प्रसारित हुन्छन राजनैतिक अखडाहरुमा / तर मेरो प्रश्न— के एउटै हुुन सक्दैनन् परिभाषा राष्ट्रियता र राष्ट्रिय सँकटको ? मजाले गाली गरेर इतिहासलाई आत्मनिर्भरताको बाटो खन्छौं…

Comments Off on दासप्रथा र नाकाबन्दी

नाकाबन्दीको समर्थनमा 

कविता स्वार्थहरुले शक्तिशाली आसन खोजेपछि बन्दी भएका हुन स्वतन्त्रताहरु !! नुुहेर यति धेरै झुुकेर यति धेरै पाउ पर्नुुको परिणाम — उठ्न सकेको छैन देश ! कति सफेद चित्र ।    सँकटका झरीहरुमा आत्मनिर्भरताका गँजडी गफहरु प्रसारित हुन्छन राजनैतिक अखडाहरुमा तर मेरो प्रश्न— के एउटै हुुन सक्दैनन् परिभाषा राष्ट्रियता र राष्ट्रिय सँकटको ? मजाले गाली गरेर इतिहासलाई आत्मनिर्भरताको बाटो खन्छौं बर्तमानमा…

Comments Off on नाकाबन्दीको समर्थनमा 

प्रवासी नेपाली एकता समाज बेल्जियमको लुभेन क्षेत्रीय भेला

राप्रपा नेपालको प्रवासी सँगठन, प्रवासी नेपाली एकता समाज बेल्जियमको लुभेन क्षेत्रीय भेला ६ डिसेम्वर २०१५ मा लुभेनमा सम्पन्न भयो । बेल्जियम राष्ट्रिय समितिका अध्यक्ष सुरेन्द्र अमात्य, उपाध्यक्ष मदन तिमिल्सिना, महासचिव दीपेन्द्र के.सी, सचिव दीप कुुँवर, सल्लाहकार शहदेव गौतम, सन्तोष खाँड र सदस्यहरु  महेन्द्र पन्त, धन गुरुङले बेल्जियममा सँगठन र देशको बर्तमान अवस्थाबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा बेल्जियम…

Comments Off on प्रवासी नेपाली एकता समाज बेल्जियमको लुभेन क्षेत्रीय भेला