बेल्जियन प्रधानमन्त्रीलार्इ फ्रित र मायोनेसले हाने

बेल्जियन प्रधानमन्त्री चार्ल्स मिसेललार्इ नामूर सहरमा सोमबार फ्रित र मायोनेसले हिर्काइएको छ । सरकारको नयाँ नीतिको विरोधस्वरूप महिला अधिकारकर्मीहरूको एक संगठनले त्यस्तो खालको विरोध गरेको हो । उनीमाथि पहिले फ्रित (चिप्स) हानिएको थियो भने लगत्तै मायोनेसको पिच्कारी हानियो । त्यसपछि उनले सुट परिवर्तन गरी ब्यापारीहरूको त्यस कार्यक्रममा फर्केका थिए । हाँसोमा उनले भने- 'म तपाइँहरूसँग क्षमा माग्न चाहन्छु । म…

Comments Off on बेल्जियन प्रधानमन्त्रीलार्इ फ्रित र मायोनेसले हाने

गैरकानूनी भए पनि वारेन्टबिना पुलिस छिर्न नपाउने

बेल्जियममा अहिले गैरकानूनी रूपमा बसेकाहरूलाइ धरपकड गरिंदैछ । यस्तो काममा सहजता र द्रुतताका  लागि यहाँको अध्यागमन विभागले बिना वारन्ट पेपर गैरकानूनी मान्छेहरूको घरमा छापा मार्न पाउने अधिकार खोजेको छ । वारेन्टबिना गैरकानूनी भए पनि घरभित्र पुलिस छिर्न नपाउने आवाज शरणार्थीहरूको छाता संगठनले उठाएको छ । यससम्बन्धी प्रस्तावित विधेयक शरणार्थीसम्बन्धी मन्त्रीको टेबुलमा पुगेको छ ।शरणार्थीसम्बन्धी मन्त्री थियो फ्रान्केनले यसबारे विशेषज्ञहरूसँग राय…

Comments Off on गैरकानूनी भए पनि वारेन्टबिना पुलिस छिर्न नपाउने

भक्तपुरमा चिनियाँ पर्यटक बढे

पर्यटकीय नगरी भक्तपुरमा भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ। पर्यटक सेवा केन्द्र भक्तपुरका अनुसार केही समयअघि भारतीय पर्यटकको संख्या उच्च रहे पनि पछिल्लो समयमा चिनियाँ पर्यटकको संख्या बढ्दै गएको छ। केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुर नगर भित्रिने कूल पर्यटकमध्ये २३ प्रतिशत चिनियाँ पर्यटक रहेको बताउनुभयो। काठमाडौं उपत्यकामा रहेका विभिन्न पर्यटक केन्द्रमध्ये सबैभन्दा बढी चिनियाँ पर्यटक भक्तपुर पर्यटन केन्द्रमा नै भित्रिने…

Comments Off on भक्तपुरमा चिनियाँ पर्यटक बढे

सिर्जनशीलताको एउटा नाम प्रेमविनोद नन्दन

चितवन जिल्लाको अति व्यस्त नगर नारायणगढमा अक्सरत व्यापार व्यवसायमा संलग्न व्यापारी बसोबास गर्छन्। बाटोमा परेको बजार भएको कारणले गर्दा यहाँ ७५ जिल्लाबाट नै मान्छेको ओइरो लागेको देखिन्छ। यस खाले अति व्यस्त बजारमा मूल सडकमा पुष्पाञ्जली ट्रेडर्सको साहु भएर पनि यिनले आफूलाई धेरै वर्ष चिनाए। खानु र पिउनु जीवन भए, जिउनुको अर्थ के ? महाकवि देवकोटाको उक्तिबाट प्रभावित भई जीवन जिउने…

Comments Off on सिर्जनशीलताको एउटा नाम प्रेमविनोद नन्दन

खोटाङमा असी करोडको अलैँची उत्पादन

जिल्लामा यस वर्ष रु ८० करोडभन्दा बढीको अलैँची उत्पादन भएको छ । गत वर्ष रु ६० करोडको अलैँची निकासी भएको जिल्लामा यस वर्ष रु ८० करोडभन्दा बढीको उत्पादन भएको हो । गत वर्षको तुलनामा २० प्रतिशतका दरले उत्पादन घटे पनि यस वर्ष उत्पादित अलँैंचीले जिल्लामा अहिलेसम्मकै बढी मूल्य पाएको जिल्ला कृषि विकास कार्यालय खोटाङले जनाएको छ । गत वर्ष प्रतिमन…

Comments Off on खोटाङमा असी करोडको अलैँची उत्पादन

राष्ट्रपति यादवद्वारा अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको उद्घाटन

जनकपुरमा आयोजित दुईदिने ११ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति डा यादवले अब आउने संविधानमा सबै भाषाको त्यही स्थान हुनेछन्, जुन अहिले रहेको छ, भन्नुभयो । ‘नीलकण्ठदेखि कन्याकुमारीसम्म हामी एउटै सभ्यता र भूगोलमा रहेकाले गौरवशाली संस्कृति, भाषा, परम्पराबाट नेपाली संस्कृति उत्कृष्ट रहेको छ’, राष्ट्रपति यादवले भन्नुभयो, “यो सम्मेलनले अनेकतामा एकताको अनुभूति गराइरहेको छ ।” संसारको सबै भाषा मानव जातिको…

Comments Off on राष्ट्रपति यादवद्वारा अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको उद्घाटन

ओलीले प्रचण्डबारे फेरि प्याच्च बोले

एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वभावअनुरूप फेरी प्याच्च बोलेका छन् । आइतबार प्रचण्डले ओलीबिरुद्ध आक्रोसपूर्ण भनाई सार्वजनिक गरेको थिए । त्यसको प्रतिक्रिया स्वरुप ओलीले पनि सोमबार प्रचण्डबिरुद्ध ब्यङ्यपूर्ण भनाई सार्वजनिक गरेका छन् । अध्यक्ष ओलीले सोमबार सर्लाहीमा भएको एक कार्यक्रममा प्रचण्डलाई कमिलाले टोकेको टिप्पणी गरेका छन् । प्रचण्डलाई कमिलाले टोकेपछि बुरुक्क उफ्रेको देखेर आफू अचम्मित भएको समेत ओलीले बताए । आइतबार…

Comments Off on ओलीले प्रचण्डबारे फेरि प्याच्च बोले

पर्वतमा सुन्तला महोत्सव हुने

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा जिल्ला कृषि विकास कार्यालय पर्वतको आयोजनामा यही पुस ९ देखि १५ गतेसम्म महोत्सवको आयोजना गरिने भएको छ । पर्वतको कुश्मा नगरपालिकामा आयोजना हुने चौथो पर्वत लघु, घरेलु कृषि, वनजन्य औद्योगिक प्रदर्शनी एवम् कफी, लप्सी तथा सुन्तला महोत्सवमा स्थानीय लघु घरेलु तथा कृषि र वनजन्य उत्पादनको बिक्री तथा प्रविधि प्रदर्शनी, कफी, सुन्तला, जुस, मह,…

Comments Off on पर्वतमा सुन्तला महोत्सव हुने

नेपालको राष्ट्रिय खेल के हुने ?

खेलकुद मन्त्रालय नेपालको राष्ट्रिय खेल खोज्न लागिपरेको छ।  नेपालको राष्ट्रिय खेल डण्डिबियो र कबड्डी भनी हल्ला भए पनि त्यसको आधिकारिकता नरहेको भएपछि मन्त्रालय यो प्रयासमा जुटेको हो । मन्त्रालयले 'नेपालको राष्ट्रिय खेल के हुने?' भन्ने विषयमा राय सुझाव माग गरेको छ। विभिन्न क्षेत्रबाट आएका राय सुझावका आधारमा राष्ट्रिय खेल छनौट र सिफारिससहितको प्रतिवेदन बुझाउन सरकारले राष्ट्रिय खेल छनौट तथा सिफारिस समिति गठन…

Comments Off on नेपालको राष्ट्रिय खेल के हुने ?

खड्काको स्मृतिमा बेल्जीयममा श्रद्धान्जली सभा

बाग्लुंगबाट बेल्जियम आई बसोवास गर्ने नेपालीहरुले बागलुङ क्षेत्र नं १का सभासद हरिबहादुर खड्काको निधन भएको १२ औँ दिनको पुण्यतिथीको अवसरमा उनको नेपाली राजनीतिमा रहेको योगदानको स्मरण गर्दै श्रद्धान्जली प्रकट गरेका छन् | बिहिवार बागलुङ समाज वेल्जीयमको आयोजनामा बेल्जियमको लुभेन स्थित होली काउ रेस्टुरेन्टमा श्रद्धान्जली सभाको आयोजना गरीएको थियो | कार्यक्रममा बक्ताहरुले खड्काको राजनीतिक तथा सामाजिक योगदानको चर्चा गर्दै खड्काको निधनले…

Comments Off on खड्काको स्मृतिमा बेल्जीयममा श्रद्धान्जली सभा

पतिको चितामा हाम फालेर पत्नीको मृत्यु

भारतको बिहारमा एक पत्नीले आफ्नो पतिको जलिरहेको चितामा हामफालेर प्राण त्याग गरेकी छिन् | बिहारको परमिनिया गाउका ७५ वर्षीय पति रामरचित मण्डलको बिरामी भएपछि शनिबार मृत्यु भएको थियो | रामरचितको दाहसंस्कार गरेर घरका परिवार घर फर्कदा उनीहरुले रामरचितकी पत्नी गहवादेवीलाई देखेनन् | फर्केर चिता जलाएको ठाउमा पुग्दा गहवादेवीको जलेर मृत्यु भइसकेको थियो | गहवादेवीका आफन्तले उनले पतिको मृत्यु सहन नसक्दा…

Comments Off on पतिको चितामा हाम फालेर पत्नीको मृत्यु

बिग बोस आठ, सलमानको ठाउमा को?

भारतीय टेलिभिजन च्यानलको सुपरहिट कार्यक्रम बिग बोसको अवधि एक महिना बढाईने भएको छ| सलमान खानले संचालन गर्दै आईरहेको उक्त शो अवधि जनवरी ४ सम्म थियो | जनवरी ४ सम्मको लागी सम्झौता गरेका सलमान खानले नै उक्त थप अवधि पनि संचालन गर्ने छन् वा उनको ठाउमा अन्य छनौट गरीने छ एकिन भएको छैन| खान बज्रंगी भाईजानको लागी व्यस्त छन् | उनको…

Comments Off on बिग बोस आठ, सलमानको ठाउमा को?

मेस्सीलाई पछि पार्दै डि मारिया बने उत्कृष्ट फुटबलर

विंगर एन्जल डि मारिया स्टार स्ट्राइकर लिओनल मेस्सीलाई पछि पार्दै 'अर्जेन्टिना प्लेयर अफ दि इयर' घोषित भएका छन् |अर्जेन्टिनी खेल पत्रकारहरुको मतका आधारमा उत्कृष्ट खेलाडी छनोट गरिएको थियो | सन् २००६ देखि मेस्सीले यो अवार्ड जित्दै आएका थिए | यो पटक भने बार्सिलोनाका मेस्सीलाई पछि पार्दै म्यानचेष्टर युनाइटेडका डि मारियाले देश बाहिर खेल्ने अर्जेन्टिनी उत्कृष्ट फुटबलर बनेका छन् | स्ट्राइकर…

Comments Off on मेस्सीलाई पछि पार्दै डि मारिया बने उत्कृष्ट फुटबलर

‘सोचे भन्दा कमजोड भएछौ’ : देव गुरुङ,सचिव नेकपा–माओवादी

“जनयुद्ध हँुदै जनसत्ता ल्याउने भनेका थियौँ”–निरास मुद्रामा देखिँदै नेकपा–माओवादीका सचिव देव गुरुङले भन्नुभयो–“कुनै समयको मोहन विक्रमको मसाल पार्टीको जस्तै हालत भयो ।” दिनभरको पार्टी प्रशिक्षण सकेर सोमबार साँझपख आफ्नै पार्टी अध्यक्ष मोहन वैद्यको गृह जिल्ला प्यूठानमा उहाँले भन्नुभयो–“सोचेभन्दा कमजोर भएछौँ ।” नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको समेत गृह जिल्ला रहेको यहाँ उहाँले पटकपटक सिंहलाई सम्झँदै उहाँको पार्टी विभाजन र आफ्नो पार्टी…

Comments Off on ‘सोचे भन्दा कमजोड भएछौ’ : देव गुरुङ,सचिव नेकपा–माओवादी

ब्रसेल्समा सांस्कृतिक कार्यक्रमको आयोजना, फूटवलको लागी खर्च जुटाईने

अन्नपूर्ण ब्रसेल्स क्लव बेल्जियमले नयाँ बर्ष २०१५ को अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ| कार्यक्रम यहि डिसेम्बर २७ Rue gheude 54 मा हुदैछ| दिनको ठिक ३ बजेबाट शुरु हुने कार्यक्रमको प्रवेश शुल्क १५ रहेको छ | सांस्कृतिक कार्यक्रमबाट संकलन गरीएको रकम एनआरएन स्विजरल्याण्डद्वारा स्विजरल्याण्डमा आउदो जुन २६,२७ र २८ मा आयोजना गरीएको युरोप स्तरीय फुटबल प्रतियोगिताको लागी खर्चिने भएको छ|

Comments Off on ब्रसेल्समा सांस्कृतिक कार्यक्रमको आयोजना, फूटवलको लागी खर्च जुटाईने