नेपालमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

नेपाललाई अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना स्थलका रुपमा प्रवर्द्धन गर्न र नेपाली चलचित्रलाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउने उद्वेश्यका साथ रुसी सांस्कृतिक केन्द्र कमल पोखरीमा यहि माघ १३ गते देखि अन्तर्राष्ट्रिय चलचित्र महोत्वस हुने भएको छ| नेपाल फिल्म सोसाईटीद्वारा आयोजना गरेको उक्त महोत्सवमा नेपाल,भारत,ईजरायल,दक्षिण कोरीया, स्पेन,फ्रान्स,नर्वे,दक्षिण अफ्रीका र रुसका गरी दश देशका उत्कृष्ठ चलचित्र प्रदर्शन गरीदै छ|पाच दिन सम्म चल्ने उक्त महोत्वसमा…

Comments Off on नेपालमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

गलत विमानस्थलमा जहाज ल्यान्डीङ हुँदा

एक अमेरिकी पाइलटले आइतवार अपरान्ह गलत विमानस्थलमा यात्रुवाहक जहाज ल्यान्डीङ गरे ।  १२४ यात्रु रहेको सायथवेस्ट एयरलाइन्सको सो जहाज मिसुरी राज्यको ब्रान्सोन एयरपोर्टमा उतारिनु पर्ने थियो । तर पाइलटले १० किमी टाढाको काउन्टी एयरपोर्टमा उतारे । भाग्यवश, कुनै दुर्घटना नभएको CNN ले जनाएको छ । जहाज ल्यान्डीङ भएपछि यात्रुहरूलाइ बसबाट गन्तव्यमा पुर्याइएको थियो ।  

Comments Off on गलत विमानस्थलमा जहाज ल्यान्डीङ हुँदा

एन.आर.एन. यु.के.- शाखा एक, अध्यक्ष दुई, अपडेट सहित

गैर आवासीय नेपाली संघ बेलायतको दुबै समानान्तर कार्य समितिहरू कायम रहने भएका छन् । समानान्तर रूपमा दुइ कार्य समिति गठन भएपछि प्राध्यापक सूर्य सुवेदीको पहलमा एक सहमति बनेको थियो । सो सहमति अनुरुप वर्तमान अध्यक्ष योगेन क्षेत्री एक बर्षका लागि अध्यक्ष र महेन्द्र कंडेल अर्को वर्षका लागि अध्यक्ष बन्ने समझदारी थियो । तर सो सहमतिलाइ उल्टाउँदै अहिले दुबै समितिका पदाधिकारीहरूलाइ…

Comments Off on एन.आर.एन. यु.के.- शाखा एक, अध्यक्ष दुई, अपडेट सहित

बेल्जियमका नेपाली व्यवसायीहरूलाई सस्तो सँगीत रोयाल्टीको अवसर

बेल्जियमका व्यवसायीहरूले सँगीत प्रयोगका निम्ति महङ्गो रोयाल्टी तिर्नुपर्छ । यस्तो खर्च घटाउनका निम्ति नेपाली व्यवसायी सँघ बेल्जियमले प्रयास थालेको छ । सँगीत रोयाल्टी सँकलन गर्ने परम्परागत कम्पनी सागमको शुल्कभन्दा आधाभन्दा कम शुल्कमा सेवा दिन तयार अर्को कम्पनीसँग व्यवसायी सँघ बेल्जियमले नेगोसिएसन गरेको हो । फलस्वरूप, Eskeep नामको सो कम्पनीले वार्षिक २२५ युरोमा सेवा दिने भएको छ । Eskeep का प्रतिनिधि…

Comments Off on बेल्जियमका नेपाली व्यवसायीहरूलाई सस्तो सँगीत रोयाल्टीको अवसर

मलेसियामा अवैध कामदारलाई सोमबारदेखि धरपकड

मलेसिया सरकारले सोमबार रातिबाटै आफ्ना मुलुकमा अवैध रूपमा बस्दै आएका विदेशी कामदारविरुद्ध देशव्यापी धरपकड थाल्ने भएको छ । मलेसियाको गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका राजदूतावासलाई पत्र लेखेर सोमबार राति १२ बजेदेखि देशव्यापी रूपमा धरपकड सुरु हुने जानकारी दिएको छ । मलेसियास्थित नेपाली राजदूतावासले मलेसियाली सरकारले पठाएको यस्तो पत्र प्राप्त भएपछि आफ्ना कामदारलाई आइतबार नै सम्पर्कमा आउन आग्रह गरिसकेको…

Comments Off on मलेसियामा अवैध कामदारलाई सोमबारदेखि धरपकड

अख्तियारको पत्रले राजदूतावासहरू सतर्क

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले हालै लन्डनस्थित नेपाली दूतावासलाई पत्र लेखी संभावित अनियमितताको बारेका छानविन शुरू गरेपछि विदेशमा रहेका नेपाली दूतावासहरूमा हलचल ल्याएको छ । अख्तियारले लन्डन राजदूतावासलाइ केही विषयमा केरकार र स्पष्टिकरण मागेपछि विदेशमा रहेका अन्य दूतावासहरूमा समेत चासो र चर्चा बढेको हो । अख्तियारले लन्डनस्थित नेपाली राजदूतलाई हालै पत्र लेख्दै सोधेको थियो: ‘श्रीमतिलाई सरकारी खर्चबाट किन मोबाइल उपलव्ध गराइयो…

Comments Off on अख्तियारको पत्रले राजदूतावासहरू सतर्क

कलेज परिवर्तन गर्न चाहने अस्ट्रेलियाका नेपाली विद्यार्थीलाई स्पष्टीकरण पत्र

(अपडेट- यहाँ प्रकाशित समाचारमा झैँ  भिसा रद्द भएको नभइ कलेज परिवर्तन गर्न चाहने विद्यार्थीहरूलाइ स्पष्टीकरण दिनका निम्ति पत्र आएको भन्ने खबर प्राप्त भएको छ । समाचारलाइ सोही अनुसार सच्याएर बुझ्न हुन पाठकहरूमा अनुरोध छ ।) विगत केही समय यता अस्ट्रेलियन अध्यागमनले प्रक्रिया पुरा नगरेको भन्दै सयभन्दा बढी नेपाली विद्यार्थीहरूको भिसा रद्द गरेको छ। अस्ट्रेलियामा अध्ययनरत् केहि नेपाली विद्यार्थीहरूको भिसा रद्द…

8 Comments

बुद्धिमान जनावरहरु

मानिस पृथ्वीको सर्वश्रेष्ठ प्राणी हो, तर मानिस बाहेकका अन्य जीव पनि बौद्धिक क्षमता भएका छन् । केही त्यस्ता जनावर जसले बौद्धिक क्षमताका कारण जनावर मध्ये पनि आफूलाई अग्रणी बनाएका छन् । जसमध्ये केही उत्कृष्ट जनावरहरु यस्ता छन् : १. चिम्पाञ्जी चिम्पाञ्जी जनावर मध्ये सबभन्दा बौद्धिक मानिन्छ । यसलाई मानिस जातीकै एक प्रजातीको रुपमा लिइन्छ । वैज्ञानिकका अनुसार छ मिलियन वर्ष…

Comments Off on बुद्धिमान जनावरहरु

खोसिन सक्छ ग्रिनकार्ड पनि …

रमेश श्रेष्ठ, कानुन व्यवसायी, न्युयोर्क तपाई लामो समयदेखि अमेरिकामा कानुन व्यवसायमा संलग्न हुँदा नेपालीका कानुनी समस्याहरुको अवलोकन कसरी गरिरहनुभएको छ ? नेपालीहरुको सन्दर्भमा कुरा गर्दा कोही नेपालीहरु विद्यार्थीको रुपमा त कोही पर्यटकका रुपमा अमेरिकामा आउने गर्छन् । कोही ब्यापार गर्नका लागि आउनेहरु पनि छन् । पछिल्लो चरणमा भिसा पाउन नसक्नेहरु मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका पस्नेहरु पनि प्रसस्त रुपमा…

Comments Off on खोसिन सक्छ ग्रिनकार्ड पनि …

मातै काफी छ

कविता सम्झेर तिमीलाई पिइन कहिल्यै मैले तिम्रो सम्झनाको मातै काफी छ, खोजेर तिमीलाई हिडिन कहिल्यै तिम्रो मीठो सपनाको रातै काफी छ । भरिएको त वोतलमात्रै हो हेर्दै लाग्ने तिम्रो रुपको मातै काफी छ, भो वाचा कसममा पुग्दिन म मनकै गुलाफ लजाउने वातै काफी छ । जोवनै खोजेको छैन अहिल्यै मैले सहाराको एउटा हातै काफी छ मीठो सपनाको रातै काफी छ…

Comments Off on मातै काफी छ

थारू समुदायमा ‘माघी’ को रौनक

दक्षिणी नेपालका आदिवासी थारू समुदायका गाँउबस्तीमा अहिले माघी पर्वको रौनकले छपक्कै छोपेको छ । माघको १ गतेबाट सुरु हुने सप्ताहव्यापी सो पर्वमा थारू समुदायले कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने तथा गाउँघरको सरसफाइको काम धमाधम गरिरहेको पाइन्छ । माघी पर्वका अवसरमा सो समुदायले छोराछोरीको बिहे, अंशबन्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँडसमेत गर्दछन् । सो समुदायले माघी…

Comments Off on थारू समुदायमा ‘माघी’ को रौनक

बेल्जियममा ‘रेगुलाइजेसन’ को चर्चा !

बेल्जियममा संसदीय निर्वाचनको मिति नजिकिदैँ जाँदा रेगुलाईजेसन हुनुपर्ने माग गर्दै विविध गतिविधिहरु हुन थालेका छन् । चार वर्ष अगाडि मानव अधिकारवादी संस्थाहरुको दवाव र भोक हडताल लगायतको प्रभाव स्वरुप गैरकानुनी रुपले वसोवास गरिरहेका आप्रवासीहरुलाई नियमन प्रक्रियामा ल्याउने सरकारी कदमको पुनरावृत्ति हुने आशा अझै कायमै छ र उनीहरुले विभिन्न दवावमुलक कार्यक्रमहरु सन्चालन गर्दै आइरहेका छन्। विशेषतः अफगानी मुलका आप्रवासीहरुले केही मानव…

Comments Off on बेल्जियममा ‘रेगुलाइजेसन’ को चर्चा !

प्रथम अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलनका लागि समारोह समिति गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही मार्च १ र २, २०१४ मा न्यूयोर्कमा प्रथम अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन भव्यरुपमा सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्ष श्रीमती गीता खत्रीको अध्यक्षतामा ५१ सदस्यीय मूल समारोह गठन गरिएको छ । जसमासीता पाण्डे, गंगा लिगल, आचार्य प्रभा, भगवती बस्नेत, मिना शाक्य, सावित्री श्रेष्ठ, जोत्सना राना, संचिता शर्मा, राधा बस्नेत, हरिमाया भेटवाल, बिष्णुमाया परिवार, बिष्णु थापा,…

Comments Off on प्रथम अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलनका लागि समारोह समिति गठन

व्यवसायी सँघ बेल्जियमका पूर्व उपाध्यक्ष राजकुमार लामाको स्वास्थ्य लाभ कामना

नेपाल व्यवसायी सँघ बेल्जियमका पूर्व उपाध्यक्ष राजकुमार लामा आगोले पोलेर घाइते हुनुभएकोले सँघले शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नवजात पुत्रीलाइ आगोमा सेकाउने क्रममा दुर्घटना भइ लामाको हात-खुट्टामा चोटपटक लागेको थाहा भएको छ । व्यवसायी सँघ बेल्जियमका अध्यक्ष हरी शर्मा थपलियाले लामालाइ भेटी शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । नयाँ वर्षको दिन भएको दुर्घटनाको उपचारार्थ लामाले अझै थप उपचार…

Comments Off on व्यवसायी सँघ बेल्जियमका पूर्व उपाध्यक्ष राजकुमार लामाको स्वास्थ्य लाभ कामना