२० युरोको नयाँ बैंक-नोट बजारमा आउने

युरोपियन सेन्ट्रल बैंकले युरो मुद्राको नयाँ २० युरो बैंक-नोट बजारमा ल्याउने जानकारी गराएको छ । सो नोट आगामी नोभेम्बर महिनाको २५ बाट प्रचलनमा ल्याइने बैंकले जनाएको छ ।

new20€सन् २००२ देखि प्रचलनमा रहेका सबै बैंक नोटहरू हटाएर नयाँ नोटहरू सर्कुलरमा ल्याउने नीति अनुरूप २० को नयाँ नोट आएको हो । नयाँ नोट नयाँ सुरक्षा कवचका साथ नक्कल गर्न गारो हुने गरी बन्नेछ । नयाँ नोट ठाडो प्रकाशमा राख्दा युरोपाको बिम्ब पारदर्शी रूपमा देखिने बैंकका अध्यक्ष मारियो ड्रागीले बताएका छन् । बैंक-नोटमा यस्तो प्रकारको बिम्ब नयाँ खोज भएको ड्रागीले बताए ।

२० युरोको बैंक-नोट अन्य नोटको तुलनामा बजारमा सर्वाधीक चल्ने गरेको छ । २० युरोको बैंक-नोटपछि क्रमशः ५०, १००, २०० र ५०० का नोटहरू पनि बदलिने युरोपियन सेन्ट्रल बैंकले जनाएको छ ।