६० नदीमा नयाँ सीमास्तम्भ गाडिने

नेपाल-भारतबीचका सीमारेखामा पर्ने सानाठूला ६० वटा नदीमा सीमास्तम्भ गाड्ने योजना अघि बढेको छ।
sima-stambhaदुई देशका नापी विभागबीच सीमारेखामा पर्ने नदीका मध्यभागमै सीमास्तम्भ गाड्न कुराकानी भइरहेको जानकारी नापी विभाग स्रोतले दिएको छ। आठ वर्षअघि नेपाल—भारत उच्चस्तरीय संयुक्त सीमा कार्यदलले तयार गरेका सीमा नक्साअनुसार नदीमा पनि सीमास्तम्भ गाड्न सीमास्तम्भका डिजाइन भारतले नेपाली पक्षलाई हालै उपलब्ध गराएको हो।
मेची, उरियानाला, घोङ्घी, मोहना, नारायणी, राप्ती र महाकाली गरी सातवटा तथा अन्य साना ५३ वटा खोला नेपाल-भारत सीमारेखामा पर्छन्।महाकाली र नवलपरासीको सीमावर्ती नारायणी नदीमा बाहेक नेपाल-भारतबीचका अन्य सीमारेखामा पर्ने नदीमा सीमास्तम्भ गाड्ने योजना अघि बढाइएको जानकारी स्रोत प्राप्त भएको अन्नपूर्ण पोष्टले उल्लेख गरेको छ ।
नेपाल-भारतबीचको सीमामा १३ सय २५ वटा सीमास्तम्भ हराएका छन्।