५ महत्वपूर्ण प्रश्नहरू

Tomorrowतपाईं जीवनको सफलता चाहनुहुन्छ ? आफैलाई सुधार्न चाहनुहुन्छ ? दिनको अन्तमा स्वयंलाई सोध्नुहोस यी प्रश्नहरू-

१, के भो राम्रो आज मलाइ ?

तपाईंलाई आज गर्विलो, खुशी वा धन्य के कुराले बनायो ? काम फत्ते भएको वा अनन्दित भएको क्षण याद गर्नुहोस् । त्यो क्षणलाई सराहना  गर्दै त्यस्तो अवसर पुनः प्राप्त भइरहोस् भनी प्रयत्न गर्नुहोस् ।

२, अरू राम्रो के गर्न सक्थें आज म ?

आजको अनुभवले के पाठ सिकियो ? आज के गल्ती भयो र त्यसलाई भोली कसरी सुधार्न सकिन्छ ? त्यस्तो गल्तीको बेला के गरेको भए वा के बोलेको भए राम्रो हुन्थ्यो ? सुधारका निम्ति गहनसाथ सोच्नुहोस् ।

३, भोली गर्नुपर्ने महत्वपूर्ण काम के हो ?

‘महत्वपूर्ण एउटा काम’ के हो भोली फत्ते गर्नुपर्ने ? त्यस्तो महत्वपूर्ण काम कसरी सम्पन्न गर्ने ? आफ्नो उद्देश्यमा केन्द्रीत हुनुहोस् ।

४, भोली के नयाँ कुरा गर्न सकिन्छ ?

जीवन खोजको यात्रा हो । नयाँ कुरा कोशीश गर्न र नयाँ दृष्टिकोण अँगाल्न हच्कनु हुँदैन ।

५, मेरो जीवनमा सबैभन्दा महत्वपूर्ण ब्यक्ती (वा मान्छे) को हो ? र तिनको निम्ति म के गर्दैछु ?

आफूले माया गर्ने, आदर गर्नेलाई सधैं याद गर्नुहोस् । जस्तो की, जीवनसाथी, बच्चा, अभिभावक र मायालु मान्छेहरू । तिनलाई खुशी राख्न र अचम्मीत पार्न के गर्न सकिएला, मनन गर्नुहोस् । ब्यस्ततामा हामीले आफ्ना प्यारा मान्छेहरूलाई बेवास्ता गरेको हुन सक्छौं ।

हो, सामान्य जस्ता तर घतलाग्दा छन्, यी प्रश्नहरू । जुन तपाइको जीवन सुधार्न अत्यन्त सटीक छन् । आज सुत्नुअघि आफैलाई सोध्नुहोस् यी पाँच प्रश्नहरू ।

(पल स्लोअनप्रति आभारसहित)