२०१४ को डि भी पर्नेमा सबैभन्दा बढी नेपाली

DV Lotteryसन् २०१४ को लागि नेपालका ६ हजार ८२ जनालाई डिभी चिठ्ठा परेको छ । संसार मै एक देशका निम्ति यो नै सर्वाधीक हो । नेपालपछि सवैभन्दा बढी चिठ्ठा पर्ने दोस्रो देशमा नाईजेरिया रहेको छ । त्यहाँका ६ हजार ४२ जनालाई डिभी चिठ्ठा परेको छ । त्यस्तै सवैभन्दा वढी डिभी चिठ्ठा पर्ने अन्य दश देशमा इरान, कङ्गो, युक्रेन, इजिप्ट, इथियोपिया, उज्वेकिस्तान, रूस र क्यामरून रहेका छन । क्यामरुनबाट ४ हजार २ सय ६८ जनालाई यो चिठ्ठा परेको छ ।
अक्टोवर २ देखी नोभेम्वर ३ सन् २०१२ सम्म विश्वभर ५५ हजार व्यक्तिको लागी दर्ता आह्वान गरिएकोमा १ करोड ४६ लाख ३३ हजार ७ सय ६७ जनाले अमेरिका जान ईच्छुक छु भन्दै चिठ्ठा भरेका थिए ।
भिसा बुलेटिनको सूचनाका अनुसार चिठ्ठाका लागि उच्च मा.वि. अर्थात १२ कक्षा वा सो सरह पास गरेको र केही वर्षको कामको अनुभव हुनुपर्छ । चिठ्ठा पर्दैमा अमेरिका सीधै जान पाइन्छ भन्ने होइन । चिठ्ठा पर्नेहरूसँग अन्तवार्ता लिइन्छ, उसको पृष्ठभूमी जाँचिन्छ र स्वास्थ्यसम्बन्धी जाँच पास गर्नुपर्छ । चिठ्ठा पर्नेहरूमध्ये आधाभन्दा ज्यादाले भिसा पाउने गरेको बताइन्छ ।
डि. भी. भिसा बन्द हुने चर्चा चले पनि सन् २०१५ को निम्ति यो खुला रहने निश्चित भएको छ । डि. भी. को आधीकारिक वेबसाइट dvlottery.state.gov हो ।
अमेरिकाको स्थायी बासिन्दा बन्न यो नै सबैभन्दा सजिलो बाटो हो । जति नेपालमा डि. भी. को क्रेज छ, त्यत्तिकै मात्रामा छानिनेको सँख्या पनि उल्लेखनिय रहेको छ । सन् २०१२ मा ३,२५८ जना र ३०१३ मा ४,३७० जनालाइ डि. भी. परेको बताइएको छ । २०१४ का निम्ति त नेपाल सबैभन्दा भाग्यशाली देश नै बन्न पुग्यो ।
नेपालमा प्रतिष्ठीत पदमा रहेकाहरू पनि डि. भी. भनेपछि हुरूक्क गर्छन् । यसका निम्ति, देशको बिग्रँदो राजनीति र अर्थतन्त्रले मलजल गरेको छ । डि.भी. परेर अमेरिकामा बसोबास गर्नेहरूको सँख्या ठुलै छ । समग्रमा नेपालीहरूको बाक्लै बस्ति छ, अमेरिकामा । अमेरिकामा करिब २ लाख नेपालीहरू बसीरहेका अनुमान गरिन्छ । त्यसबाहेक, २०१३ को जुलाइसम्ममा ६८ हजार नेपालीभाषी भुटानीहरू अमेरिकामा पुर्नस्थापित भइसकेका छन् ।
अमेरिकामा बस्ने नेपालीहरूको ठूलो हिस्सा न्यूयोर्कमा रहेको त्यहाँका बासिन्दाहरू बताउँछन् । पछिल्लो समयमा विज्ञ जनशक्ति र ब्यापार क्षेत्रमा पनि नेपालीहरूको सँख्या बढीरहेको छ ।