१५० औं मोती जयन्ती बेल्जियममा मनाइयो

कवि मोतीराम भट्टको १५० औैं जन्मजयन्ती अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा २० सेप्टेम्वरका दिन युवाकविको साहित्यिक योगदानबारे चर्चाका साथ मनाइयो ।

moti jayanti belgiumप्रमुख र विशिष्ठ अतिथीका रुपमा क्रमशः एनआरएन यूरोप सँयोजक अर्जुन कुमार श्रेष्ठ र एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतमले युुवाकवि फोटोमा दीप प्रज्वलन गरी शुरु गरिएको जन्मजयन्ती कार्यक्रममा अतिथीव्दय श्रेष्ठ र गौतमका साथै अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष उज्वल के.सी., यूूरोप भ्रमणमा रहनु भएका नागरिकज्यूजकर्मी दीपेन्द्र लामा, मुुक्तककार सौरव कारञ्जित र साँग्रिला समाज लुभेनका अध्यक्ष खडक के.सी. आदिले युुवाकविको साहित्यिक योगदानबारे प्रकाश पार्नुु भएको थियो ।

अनेसास बेल्जियमका कोषाध्यक्ष परमानन्द सापकोटाले सँचालन गर्नुभएको कार्यक्रम समाजका अध्यक्ष दीपेन्द्र के.सी.को सभापतित्वमा भएको थियो ।