१४ बर्षिय बालिका बलात्कार अभियोगमा दुईजना पक्राउ

ललितपुर उपमहागरपालिका १४ ढोलाहिटीमा घरमा काम गर्न राखेको १४ बर्षिय बालिकालाई बलात्कार गरेको अभियोगमाRape  घरबेटी भरत कार्की र उनका  सालो उमेश खत्रीलाई सातदोबाटो प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर नख्खुमा बस्दै आएका खत्रीलाई बेलाबेलामा दिदीको घरमा जादा बालिकालाई ललाइफकाई गरेर पटक पटक बलात्कार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।।

खत्रीको स्थायी ठेगाना मोरङ भएको र दिदी भिनाजुको घरमा काम गर्न उनले मोरङबाटै ती बालिका काठमाडौं ल्याएका थिए। आफू पढ्ने विद्यालयको शिक्षिकालाई आफूलाई घरबेटी र उनका सालोले बलात्कार गर्ने गरेको बताइएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

विद्यालयले प्रहरीलाई जानकारी दिएपछि ती बालिकालाई रेक्यु गरिएको डिएसपी तारा थापाले जानकारी दिईन्। कार्की र खत्री आर्थिक रूपमा निकै शक्तिशाली भएका कारण उनका परिवार र आफन्तजनले मुद्दा फिर्ता लिन बालिकाको परिवारलाई अहिले दबाब दिइरहेका छन्।

बालिकाको परिवारको आर्थिक अवस्था अत्यत्त नाजुक भएका कारण उनीहरुले बालिकाको परिवारलाई रकम लिएर प्रलोभनमा पार्दै आएका छन्। यसअघि पनि सातदोबाटो प्रहरीले छोरी बलात्कार गर्ने बाबुलाई पक्राउ गरेको थियो। ती बाबु अहिले नख्खु जेलमा छन्।