हिलारी क्लिन्टनद्वारा चुनावी प्रचार अभियान प्रारम्भ

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि हिलारी रोधम क्लिन्टन आफ्नो उम्मेदवारी औँपचारिक अभियान शनिबारबाट सुरु गरेकी छन् ।
ह्वाईट हाउसमा पुग्ने पहिलो महिला उम्मेदवारका रुपमा उनले आफूलाई उत्साहका साथ प्रस्तुत गरेकी हुन् ।
hillary_clintonआफ्नो समर्थकहरूमा पहिलो चुनावी अभियानमा सम्बोधन गर्दै अमेरिकावासी कसैलाई काखा र कसैलाई पाखा नर्पान र कुनै पनि अमेरिकी नागरिकलाई पिछाडिएको अवस्थामा नछोड्ने आफ्नो प्रयासलाई सघाउन समेत आह्वान गरिन् ।
भयानक आर्थिक मन्दिबाट उकासिन अझै प्रयासरत रहेका अमेरिकी नागरिकको पक्षमा कडा वकालत गर्नु हुँदै उनले मध्य न्युर्योक स्काइलाइन र नवनिर्मित वल्र्ड ट्रेड सेन्टरलाई विकसित गर्न जिम्मेवारी आफ्नो काँधमा आएको समेत बताइन् ।
वर्तमान राष्ट्रपति बाराक ओबामासहित पूर्व राष्ट्रपतिहरू फ्याङ्कलिन डि रुजभेल्र र आफ्ना पति बिल क्लिन्टनका उदार नीतिहरू आफूले पनि अवलम्बन गर्र्ने बताउँदै उनले यथार्थ र चिरस्थायी, समृद्धि हासिल गर्न सबैको प्रयास आवश्यक रहेको समेत बताइन् ।