स्विट्जरल्याण्डमा आप्रवासी घटाउने प्रस्ताव अस्वीकृत

स्विजरल्याण्डमा आप्रवासीहरुको संख्या घटाउने प्रस्ताव अस्वीकृत भएको छ| आप्रवासीहरुको संख्या कुल जनसंख्याको ०.२ प्रतिशत राख्ने प्रस्तावमाथि map_switzerlandभएको जनमत सग्रहको आईतवार प्राप्त आंशिक परिणाम अनुसार ७४ प्रतिशत मतदाताले उक्त प्रस्तावलाई अस्वीकृत गरीदिएका छन्|

स्विट्जरल्याण्डको ८१ लाख जनसंख्यामध्ये आप्रवासीहरुको संख्या करिब एक चौथाइ रहेको छ| यो प्रस्ताव स्वीकृत भएको भए सरकारले आप्रवासीहरुको संख्या ८० हजारबाट घटाएर १६ हजारमा झार्नु पर्थ्यो| स्विट्जरल्याण्डको प्रत्यक्ष लोकतन्त्र प्रणाली अन्तरगत नागरिकले कुनै विषयमा पर्याप्त हस्ताक्षर जुटाए जनमत संग्रह गर्नुपर्छ|