स्पेनमा नयाँ राजा

171690स्पेनका राजा ज्वाँ कार्लोसले चालिस वर्षपछि विहिवार राजगद्वी परित्याग गरेपछि फिलिप छैटौ स्पेनका नरेश बनेका छन् |म्याड्रिड नजिकै जारजुयोला दरवारमा भव्य समारोह,बिदाइ तथा उत्सव मनाइयो | राजा कार्लोसले टेलिभिजनमार्फत राष्ट्रव्यापी प्रसारण गरिएको कार्यक्रममा राजगद्वी परित्याग गरेको दस्तावेजमा हस्ताक्षर गरे |उनले फिलिपलाई ठूलो हृदय र बुद्विमत्तापूर्ण तरिकाले देशको सेवा गर्न आग्रह गर्दै नयाँ नरेश फिलिपलाई जनता सामु प्रस्तुत गर्न पाएकोमा खुशी तथा कृतज्ञ भएको बताए|

सन् १९७० को प्रजातन्त्र पुनर्बहाली पछि स्पेनमा नया राजाको राज्यारोहण भएको यो पहिलो हो|सैनिक पोशाकमा सजिएका नयाँ राजा फिलिपले संबिधानको पालना गर्ने बाचा सहित संसदमा शपथ लिए|उनले बाबाको ४० बर्षेको अभिप्रेणात्मक राजगद्विको नेतृत्वपछी परित्याग गरेको र आफु गहन रुपमा कृतज्ञ भएको बताए|उनले आफु मुलुक प्रति पूर्ण बफादार रहने बताउदै बफादार राष्ट्र प्रमुखको रुपमा सबैका कुरा सुन्न,बुझ्न र सजक गराउन तत्पर रहने बताए|

४६ बर्षिय राजा फिलिपेकी पत्नी लेतेजिया अब स्पेनकि महारानी भएकी छिन |उनीहरुका जेठो छोरी ८ बर्षिया लेओनोर राजगद्वीको उत्तराधिकारीको रुपमा राजकुमारी बनेकी छिन| बाल्कोनीमा रानी लेतेजिया र छोरीहरु क्रिम कलरको स्कर्टमा देखा परेका थिए|

राजप्रासाद बाहिर हजारौ मानिस जम्मा भएका थिए| यस कार्यक्रमलाई टिभीमा लाखौले हेरेको अनुमान गरिएको छ|आर्थिक संकटको मार बेहोरी रहेको स्पेनले राज्यारोहण उत्सबलाई कम भड्किलो रुपमा मनायो|उक्त साधारण सभामा कोहि पनि बिदेशी पाहुनाहरुलाई निम्तो गरीएको थिएन |

यस अघि पनि छिमेकी राष्ट्र नेदरल्याण्डकी महारानी बेत्रिसले राजगद्वी त्यागी उनका छोरा विलेम–अलेक्जेन्डर गद्विनसिन भएका थिए|यसैगरी बेल्जियमका राजा अल्बर्टले पनि राजगद्वी त्यागी उनका छोरा फिलिप गद्विनसिन भएका थिए|

सैनिक तानाशाह फ्रान्को मृत्यु पछी कार्लोस सन् १९७५ मा स्पेनका राजा भएका थिए| कार्लोसले प्रजातन्त्र पुनर्स्थापनामा खेलेको भूमिकाका साथै उनका थुप्रै असल कार्यहरुका कारण उनि जनतामा लोकप्रिय थिए|पछिल्लो समय देश आर्थिक संकटबाट गुज्रिरहेको बेला अफ्रिकामा भएको हात्ती सफारीको बिषयलाई लिएर जनतामा राजतन्त्र प्रतिको छविमा कमि आएको थियो|सन् २०१२ मा भएको उक्त हात्ती सफारीमा निकै पैसा खर्च गरेको भन्ने समाचारहरु प्रकाशित भएका थिए| उनको यस कार्यको साथै छोरी कृष्टिनाको कर छली बिषयलाई लिएर जनतामा झनै नकारात्मक असर परेको थियो|यसै बीच कतिपय स्पेनिस नागरिकहरुले राजतन्त्रको आवश्यकताको बिषयलाई लिएर समेत प्रश्न उठाएका छन|आर्थिकसंकटको समाधानरगणतन्त्रको माग गर्नेहरुलाई मिलाएर राख्नु नयाँ राजामा चुनौती थपिएका छन|