स्पेनबाट धुर्मुस सुन्तली फाउन्डेसनलाइ ३१०० युरो

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा नेपालको  सिन्धुपाल्चोकमा थालिएको ‘गिरान्चौर एकीकृत बस्ति’ निर्माणको लागि स्पेनमा रहेका नेपालीहरुले रु ३ लाख ७० हजार सहयोग उपलब्ध गराएका छन । संकलित रकम धुर्मुस-सुन्तली फाउन्डेसनकि कोषाध्यक्ष श्री कुन्जना घिमिरे ( सुन्तली ) लाई हस्तान्तरण गरिएको छ ।

नेपाली जनप्रगतिशिल मंच स्पेनले त्यहाँ स्थित १०० भन्दा बढी नेपालीहरुबाट झन्डै दुई महिनाको अवधिमा रकम संकलन गरेको थियो  ।