‘सुर्के थैली खै’लाइ पब्लिक च्वाइस अवार्ड

१८औँ इमेज अवार्डमा चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ ।शनिबार  सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो ।

नेपाली साङ्गीतिक क्षेत्रको महोत्सवका रुपमा लिइने इमेज अवार्डमा यस वर्षको सर्वोत्कृष्ट पुरुष गायनको उपाधि ‘धोका दिने’ गीतबाट गायक मनोज राज तथा महिला गायनको उपाधि ‘आकाश उही’बाट बानिका प्रधानले प्राप्त गरे ।

इमेज अवार्डमा सत्यराज आचार्यको स्वर रहेको ‘गोरी भन्दा काली’ गीतलाइ सर्वोत्कृष्ट गीत र आचार्यकै स्वर रहेको गीति सङ्ग्रह ‘मधुशाला’ले सर्वोत्कृष्ट एल्बम अवार्ड प्राप्त गर्यो । गीत–सङ्गीतको क्षेत्रमा विशेष योगदान पु¥याएबापत वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटालाई दीर्घकालीन साधना सम्मान प्रदान गरियो । २०७२ असार १ देखि २०७३ जेठ मसान्तसम्म आधिकारिक रुपमा प्रसारण भएका गीत–सङ्गीतलाई १८औँ इमेज अवार्डको प्रतिस्पर्धामा समावेश गरिएको थियो ।