साकिरा फेरि आमा बन्दै

विश्वप्रसिद्ध गायिका साकिरा दोस्रोपटक गर्भवती हुँदैछिन् भन्ने अडकल सही सावित हुँदै गएको छ।
Shakira
साकिरा अब दोस्रो सन्तानको आमा बन्ने भएकी छिन्। फेरि आमा बन्न लागेको स्पेनिस पत्रिकालाई उनले अन्तर्वार्तामा उल्लेख गरिएको छ। ‘हो हामीले दोस्रो सन्तानको अपेक्षा गरेका छौं। मेरा शभेच्छुकहरूलाई धन्यवाद दिन चाहन्छु –स्पेनिस भाषामा प्रकाशित अन्तर्वार्तामा उनले आफ्नै मातृभाषामा भनेकी छिन्।

अन्तर्वार्तामा उनले समय व्यस्तताको कारण स्वास्थको ख्याल गर्न नपाएको समेत उल्लेख गरेकी छिन्। साकिरा लामो समयदेखि स्पेनिश फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धपछि दुई सन्तानकी आमा बन्न लागेकी हुन्।