‘सांस्कृतिक रूपान्तरणमा साहित्यको भूमिका’ विषयक विचार गोष्ठी सम्पन्न

१०५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) र संस्कृति विभागको संयुक्त आयोजनमा ‘सांस्कृतिक रूपान्तरणमा साहित्यको भूमिका’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

समारोहमा ‘नेपालका नारी साहित्यकारहरू (परिचय कोश)’को प्रारम्भिक प्रतिवेदन प्रमुख अतिथि साहित्यकार गीता केशरीले सार्वजनिक गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेको सभाध्यक्षतामा सम्पन्न गोष्ठी पानसमा दीप प्रज्वलन गरी आराम्भ भएको थियो । प्रा.डा. ज्ञानू पाण्डेले गोष्ठीको औचित्यमाथि प्रकाश पार्दै स्वागत गर्नु भएको थियो ।

goshthi-pragyaगोष्ठीमा प्रा.मोहनराज शर्माले प्रस्तुत गर्नुभएको ‘सांस्कृतिक रूपान्तरणमा साहित्यको भूमिका’ विषयक कार्यपत्रमाथि साहित्यकार सुधा त्रिपाठीले टिप्पणी गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानको परियोजना अन्तर्गत तयार गरिएको ‘नेपालका नारी साहित्यकारहरू (परिचय कोश)’को प्रारम्भिक प्रतिवेदनमाथि साहित्यकार गीता त्रिपाठीले समीक्षात्मक चर्चा गर्नुभयो । प्रतिवेदन तयारी कार्यमा डा. कुमार कोइराला र रत्नमणि नेपाल संलग्न रहनुभएको छ ।
कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति विष्णुविभु घिमिरे, साहित्यकार गीता केशरी र संस्कृतिविद डा. चुन्दा बज्राचार्यले अन्तराष्ट्रिय नारी दिवस सन्दर्भ र नेपाली साहित्यमा नारी स्रष्टाहरूको योगदानका बारेमा बोल्नु भएको थियो ।