सांग्रिला समाज बेल्जियमको चौथो अधिवेशन आउँदो मार्चमा

s1बेल्जियममा नेपाली भाषा संस्कृतिको संरक्षण,संवर्द्धन तथा प्रचारप्रसारमा क्रियाशील सांग्रिला समाज बेल्जियमको चौथो अधिबेशन आउदो मार्च ९ आईतवार लुभेनमा हुने भएको छ|

बेल्जियमको लुभेनस्थित रेष्टुरेन्ट ‘टेष्ट अफ एसिया’ मा दिनको ठिक २ बजे शुरु हुने उक्त अधिबेशनमा बेल्जियम स्थित सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागी समाजले अनुरोध समेत गरेको छ|

नेपाली भाषा तथा संस्कृति संवन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको समाजको स्थापना सन् २००५ मा भएको थियो|