सांग्रिला समाजद्वारा विद्यालयलाइ सहयोग

 

सांग्रिला समाज बेल्जियमले गत वर्षको महाविनाशकारी भूकम्पबाट प्रभावित पर्वतको नाग्लिवाग स्थित एक विद्यालयलाइ सहयोग गर्ने भएको छ  । नेपालका कलाकार द्वय देविका घर्ति मगर र याम क्षेत्रीको उपस्थितिमा गरिएको च्यारिटी कार्यक्रम मार्फत संकलन गरिएको झन्डै १ लाख ५० हजार रुपैया उक्त विद्यालयलाइ उपलब्ध गराउने भएको हो  ।

कलाकारको उपस्थितिमा बेल्जियम, लक्जेम्बर्ग, पोर्चुगल र नेदरल्याण्डमा स साना च्यारीटी सम्पन्न भएका थिए  । नेपाली कला संस्कृतिको प्रवद्धनका साथै मनोरञ्जनात्मक कार्यलाई सामाजिक बनाइएको अध्यक्ष खड्क बहादुर केसीले बताए  ।13590333_1167797413262909_1469171875016118623_n13626587_1167797423262908_7241302683122226830_n