संविधान संशोधन हाेइन कार्यान्वयन

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको तयारीले मुलुकमा राजनीतिक र सामाजिक द्वन्द्व pradeep-gyawaliनिम्तिने खतरा बढेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, गोरखापत्र प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनको  उद्घाटन गर्दै नेता ज्ञवालीले ‘अहिलेको आवश्यकता संशोधन नभई संविधान कार्यान्वयन र निर्वाचनको घोषणा हो’ उनले भने “संविधान जारी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दोस्रो ठूलो दल एमालेलाई बाहिर राखेर कसरी सर्वस्वीकार्यता हुन्छ, यसको मानक परिभाषा सुन्ने मन छ ।”

ज्ञवालीले संविधानमा प्वाल पारेर निर्वाचन हुन नदिई अवाञ्छित स्वार्थ लाद्न खोज्ने दिनको पर्खाइ रहेकासँग सतर्क हुनुपर्नेमा जोड दिँदै सामाजिक र राष्ट्रिय एकताका लागि सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।