संरक्षण कविता आन्दोलनको चौथो कार्यक्रम सम्पन्न

संरक्षण कविता आन्दोलन यूरोपको चौथो कार्यक्रम ९ जुलाईका दिन स्थानीय लुभेनमा सम्पन्न भयो । नेपालमा सरुभक्तको अगुवाईमा वि.स. २०५३ देखि शुरु भएको यो ग्रामीण र प्राकृतिक बिम्बमा साक्षात्कार सहित स्थलगत रचना र वाचनको नवीन प्रयोग अन्तर्राष्ट्रिय रुपमा गत वर्षदेखि बेल्जियमबाट पनि शुरुवात गरिएको छ ।

मुक्तककार बिमल गिरीको सभापतित्व, आन्दोलनका सदस्य सचिव विष्णु सापकोटा व्दारा संचालित कार्यक्रममा आन्दोलनका यूरोप संयोजक दीपेन्द्र के.सी.ले आन्दोलनको मर्मबारे प्रकाश पारेका थिए ।
सो अवसरमा बिमल गिरी, राजकुमार पुडासैनी, बिष्णु सापकोटा, परमानन्द सापकोटा, सूर्य ढकाल, डिल्ली अम्माई र दीपेन्द्र के.सी.ले स्थानीय विम्वमा रचित कविताहरु वाचन गरेका थिए ।