संरक्षण कविता आन्दोलन यूरोपको विधिवत शुरुवात ।

13445574_10202027246000541_575524307663774118_nसंरक्षण कविता आन्दोलन बेल्जियममा पनि शुरु भएको छ । बेल्जियमको दुर्वीस्थित प्रसिद्ध राधाकृष्ण मन्दिरमा एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतम र उपस्थित जेष्ठ नेपाली नागरिकव्दय टीकाभक्त खरेल तथा प्रकाश कंडेलले व्यानर अनावरण गरी हिजो १२ जुन २०१६ का दिन शुभारम्भ गर्नुभयो । 
   शुभारम्भका अवसरमा एनआरएन बेल्जियमका अध्यक्ष गौतम, एनआरएन केन्द्रीय सदस्य नेत्र मगर, अनेसास बेल्जियमका अध्यक्ष दीपकज्योति पौडेलले आन्दोलनको सफलताको कामना गर्नुभएको थियो । सो अवसरमा नेपाली राजदूतवास बेल्जियमका का.वा. राजदूत घनश्याम भण्डारी र आन्दोलनका प्रणेता—संयोजक एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका बर्तमान कुलपति वरिष्ठ साहित्यकार  सरुभक्तव्दारा प्राप्त शुभकामना शन्देस वाचन गरिएको थियो ।
 आन्दोलनको मर्म अनुसार स्थलगत रचना तथा वाचनमा स्रष्टाहरु नेदरल्याण्डबाट कवि हरि पौडेल र बेल्जियमका बिमल गिरी, दीपकज्योति पौडेल, सीता सापकोटा, नरहरि सापकोटा, सन्तोष न्यौपाने, परमानन्द सापकोटा, इश्वरा शर्मा,  माधव सापकोटा, मोहन खत्री, खडक के.सी., मँजु सापकोटा, विष्णु सापकोटा, दीपेन्द्र के.सीको सहभागिता थियो ।
 सीता सापकोटाको सभापतित्वमा आयोजित कार्यक्रममा आन्दोलनका यूरोप संयोजक दीपेन्द्र के.सी.ले आन्दोलनबारे जानकारी दिनु भएको थियो भने संचालन संचार समन्वयक बिष्णु सापकोटाले गर्नुभएको थियो । कार्यक्रमका लागि महेन्द्र पन्तबाट सौजन्य प्राप्त भएको थियो ।
 सो अवसरमा संरक्षण कविता आन्दोलन  यूरोपको घोषणापत्र पनि जारी गरिएको थियो । आगामी दिनमा प्रत्येक ४ महिनामा यस प्रकारका कार्यक्रम निरन्तर गर्ने जानकारी संयोजक के.सी.ले दिएका  छन् ।
-दीपेन्द्र केसी