श्रेष्ठ सामाजिक वर्ष व्यक्ति २०१६

shreshthaगैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सचिव अर्जुनकुमार श्रेष्ठ सामाजिक वर्ष व्यक्ति युरोप २०१६ बाट सम्मानित भएका छन। कलाकारिता सम्वन्धि एक संस्थाले युरोपेली नेपाली समुदाय रहेर नेपाली समुदायका विभिन्न गतिबिधि एंव नेपाल प्रवर्द्धनमा बिशेष योगदान पुर्याएवापत श्रेष्ठलाई उक्त पुरस्कारले सम्मान गरेको हो। सामाजिक वर्ष व्यक्ति सम्मानले सामाजिक भूमिकामा जिम्वेवारी थपिएको श्रेष्ठले बताए।
झन्डै डेढदशक देखि बेल्जियममा बसोवास गर्दै आएका श्रेष्ठ सन् २००५ देखि नै सामाजिक गतिविधिमा सक्रिय थिए। सन २००९ मा पहिलो पटक नेपाली ब्यबसायी संघ बेल्जियमको अध्यक्ष भएका श्रेष्ठ लगातार दुइ पटक बेल्जियमबाट गैर(आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा निर्वाचित भएका थिए।
नेपाली समुदायमा रहेको उनको योगदानले सजिलै एनआरएन युरोप संयोजकका साथै केन्द्रीय सचिवमा निर्वाचित हुन् सफल भए।
सफल व्यावसायी एंव मिलनसार श्रेष्ठले प्रवासी नेपाली समाजमा आयोजना गरिने हरेक किसिमका नेपाल प्रवर्द्धनात्मक कार्यहरुमा सहयोगीको भूमिका निर्वाह गर्दै आएका छन। युरोप संयोजक रहदा एनआरएन युरोपका गतिबिधि समेटेर पहिलो पटक अभिलेखको रुपमा एनआरएन पुस्तिका समेत प्रकाशन गरेका थिए भने बेल्जियमको गेन्टमा सम्पन्न ५६ औ अन्तर्राष्ट्रिय व्यापारिक मेलामा नेपाललाई अतिथि राष्ट्रको रुपमा पार्न महत्वपूर्ण भूमिका निर्वाह गरी संयोजक समेत रही भव्य रुपमा सम्पन्न गरेका थिए। नेपाल प्रवर्द्धनको हिसावले उक्त कार्य महत्वपूर्ण र उपलब्धिमुलक मानिएको छ।
नेपाल पर्वत फलेवास निवासी श्रेष्ठ नेपाल रहदा लायन्स क्लब पर्वतको चार्टर सदस्य, फलेवास च्याम्वर्स अफ कमर्सको संस्थापक अध्यक्ष, पर्वत उधोग बाणिज्य संघको महासचिव, पर्वत जेसिसको उपाध्यक्ष, कुश्मा शहरी बिकास समिति सचिव र नेपाल औषधि ब्यबसायी संघ, धौलागिरी शाखाको महासचिव हुदै सामाजिक गतिविधिमा सक्रिय थिए।
श्रेष्ठ श्रीमती वर्षा श्रेष्ठ र दुई छोरा आयुषकुमार र आशिषकुमार श्रेष्ठका साथ बेल्जियमको ब्रुजमा बसोवास गर्दै आएका छन।
त्यसै गरी बेल्जियम निवासी एनआरएन महिला सह संयोजक रजनी प्रधान, युरो नेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष पार्वती अधिकारी, सीता सापकोटा पोर्तुगल निवासी गायक बिष्णु क्षेत्री, पत्रकार कमल बिष्ट, स्पेन निवासी पत्रकार भोला लामिछाने, गायक तुलसी सिवाकोटी र जर्मनी निवासी यज्ञराज सुबेदी पनि सम्मानित भएका थिए।
आईएएफ नामक संस्थाले युरोपेली मुलुकमा शाखा बिस्तारको क्रममा रहेको बेला पहिलो पटक पुरस्कार वितरण गरेको हो।