शिक्षिकाले हिर्काउँदा आँखाको ज्योति गयो

lost eyeशिक्षिकाको कुटाइबाट आँखामा चोट लागेपछि एक विद्यार्थीको आँखाको ज्योति गएको छ । शिक्षिकाको किताबले हिर्काउँदा आँखामा चोट लागेका बाँके हिरमिनियाका विद्यार्थी अजय धोबीको बायाँ आँखाको ज्योति सधैंलाई गुमेको हो । आँखाको ज्योति गुमेको जनाउँदै काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालले अजयलाई डिस्चार्ज गरेको छ ।
अस्पतालबाट डिस्चार्ज भएपछि अजय बुबा मैकुलालसँग घर फर्कंदै छन् ।
हिरमिनियास्थि विद्यालयमा असार ९ गते गृहकार्य दिने क्रममा शिक्षिकाले किताबले हान्दा अजयको आँखामा चोट लागेको थियो ।
नेपालगन्जको फत्तेबाल आँखा अस्पताल र काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा अजयको उपचार भएको थियो । असार २० गतेदेखि अजयको उपचार काठमाडौंको तिलगंगा आँखा अस्पतालमा भइरहेको थियो । चिकित्सकहरुले पटकपटक प्रयास गरे पनि अजयको आँखाको ज्योति फर्कन सकेन ।